ध्वस्त संरचनाहरु एकै रातमा किन बनेन ?








समयको परिवर्तनसँगै जनजीवनमा आएको परिवर्तनको वास्ता नेपाल सरकारले राख्न सकेको छैन । ७ नम्बर प्रदेशका जनताले सुविधा पाएपनि यहाँका पर्यटकीय क्षेत्रले कुनै सुविधा नेपाल सरकारबाट पाउन सकेको छैन । अपि हिमाल साईपाल हिमाल जस्ता पर्यटकीय क्षेत्रहरु पर्यटनकहरुको पर्खाइमा छन् ।
हामी सबैलाई अचम्ब लाग्न सक्छ पञ्चायत कालमा पाएको सुविधाबाट जनता अवश्य पनि बन्चित भएका खछन् । देशको सर्वत्र भागमा मोटर बाटो पुर्याउन समय लाग्ने भएकोले देशभरीका सबै जिल्लाहरुलाई पायक पर्ने गरी हवाई सेनाको विकास भएको थियो ।
अत्यन्त जरुरी कार्य परेको र विरामी परेकाहरुको विशेष सुविधाको लागि निरन्तरता दिएका हवाई मैदानहरु सुप भरी नै २०४८ सालपछि बन्द गरिएका थिए । धनगढीको हवाई मैदान अञ्चालाधीशहरुको सक्रियतामा जिविसहरु तथा अन्य संघ संस्थाहरुको आर्थिक लगानीमा हवाई मैदानको विस्तार तथा पक्की गर्ने काम भयो त्यसपछिका दिनहरुमा पनि निरन्तर विकासको क्रममा रहयो गेटा विमानस्थल तर पहाडी जिल्लाहरुका विमानस्थल भने सर्वप्रथम २०४७ को परिवर्तनले भत्कायो भने त्यसपछि २०५२ सालमा स्थापना भएको माओवादी आक्रमणले भत्कायो ।
आज बैतडीको विमानस्थलको भने पुनरनिर्माण कार्य सुरु भएको छ । वर्तमानको सरकार पनि धन्यवादको भागी छ तर दार्चुला गोकुलेमा रहेको विमानस्थलको टरमिनल भवनतर्फ आ“खा पर्दा उही माओवादीको आगो अझै दन्की रहेकैछ । पुराना संरचना ध्वस्त पारी एकैरातमा निर्माण गर्छौ भन्ने माओवादी द्वन्द्वका चपेटामा परेको गोकुले विमानस्थलको धुवा अझै उडीरहेको छ । कसै नेताहरु तथा अन्य जिम्मेवार व्यक्ति पदाधिकारीहरुको नजर परेको देखिदैन ।
धेरै पटक दार्चुला बैतडीमा जनताको आग्रहमा मन्त्रिहरुले म बनाई दिन्छु भन्दै एक पटक त पर्यटकीय मन्त्रिले परिक्षण र प्रतिबद्धता दर्साउन विमान नै लगेर गोकुले विमानस्थलमा पुगे तर आशामा रहेका जनताका तुरुन्तै निरासा छायो । यो देशमा गत विगतको सरकारबाट गरिएका कामहरुलाई निरन्तरता दिनु छोडेर भत्काउने काम मात्र भएका छन् । पाटन र दार्चुलाका विमानस्थल २०५६ को आन्दोलनपछि पुरै बन्द भएका छन् ।
अब बसहरु चलिसके विमानको आवश्यकता छैन भन्ने हो भने त्यो एकदम गलत कुरा हुनेछ । व्यापारी, विरामी, पर्यटक तथा जेष्ठ नागरिकहरुको लागी विमान सेवाको खाचो महसुस गरिएको कुरा यथार्थ हो । यस कुरालाई ध्यानमा राखी बैतडी, दार्चुला, कञ्चनपुर, कैलाली, बझाङका जनप्रतिनिधहरुले विमानस्थलको पुनरनिर्माणमा सरकारलाई स्थानिय निकायबाट सहयोग गरेर भए पनि भत्काईएका र बन्द गरिएका विमानस्थलहरुको पुनरनिर्माण गरी विमान सेवा सञ्चालन गर्न जनताको आग्रह रहेको पाइन्छ ।







