अभूत पुर्व सामाजिक परिवर्तन

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

तीज पर्व भनेर सञ्चार माध्यमहरुमा यसको महिमा, गरीमा विविध क्रियाकलाप पुजा अर्चना भक्तिभावमूलक महिलाहरुका अन्तरवार्ता सुनेर मनमा तरंगा पैदा भएको छ । जुन उद्देश्य कारणबाट यस्ता पर्वहरु मनाइने गरिन्छन्, आजको समय सन्दर्भले प्रहसनमा रुपान्तरण भइरहेको अनुभूति हुन्छ । समाज भौतिकवादी चिन्तनले आक्रान्त भइ सकेको छ । जाशुसी उपन्यास पढ्ने मेरो ठूलो शौख थियो र आज पनि सीआईवी जस्ता श्रृङ्खला अभिरुचि पुर्वक हेरी रहन्छु । यसै सन्दर्भमा लेखकले एउटा वार्तालाप लेखेको पढे ।
आजको समयमा कोही प्रेम दर्शाएर गला लिा मिति रहन्छ भने यस भ्रममा नपर्नु कि माया गरेर त्यसो गर्दैछ, वस्तुतः उसले पीठमा छामी रहन्छ कि कुन ठाउँमा छुरा प्रहार गर्दा चाणै समाप्त पार्न सकिन्छ । सव देखावटी मिथ्या आडम्बर कोही कसैप्रति अन्तर मनले विश्वास स्नेह र श्रद्धा गरी रहेको हुदैन । कसबाट कुन माध्यमबाट लाभ लिन सकिन्छ भनि खोजी गरी रहेको वास्तविकता इन्कार गर्न सकिदैन । बुवाको मुख हेर्ने दिन अस्ति २४ गतेको स्मरण हुन्छ जुन बाबु आमा बृद्धाश्रममा छन् तिनको मुख हेर्न कति वात्सत्यपूर्ण सन्तति होलान । तीजमा महिलाले पतिको दीर्घायुको कामना राखी ब्रत बस्ने सुनिन्छ ऐन कानून सामाजिक सोचका प्रतिविम्ब हुन मुलुकी अपराध संहितामा लोग्ने स्वास्नीको वैवाहिक जीवन पवित्र अनि अतिक्रम्यू अर्थात अटूट भन्ने अर्थमा उल्लेख छ । लगत्तै सम्बन्ध विच्छेद गर्न सकिने र पति पत्निका बीच हुने स्वाभाविक यौन सम्बन्धलाई वैवाहिक बलात्कार पनि हुन सक्ने गरी व्यवस्था गरिएको छ । पत्निको इच्छा विरुद्ध गरे सरकारवादी फौजदारी अपराध मानी कैद जरीवाना सम्बन्ध विच्छेद समेत हुन सक्ने व्यवस्थालाई आजको तीज परम्परासँग मिलाएर हेर्दा समाज रुपान्तरणको झलक सहजै मिल्न सक्दछ । वरीष्ठ वकील भए पनि यस्ता कानूनी व्यवस्थाले मेरो मन मस्तिष्कलाई हल्लाई दिएको छ ।
परिवर्तनको कथित दौडले हाम्रा मान्यता परम्परा सामाजिक पारिवारिक मर्यादाहरुलाई ध्वस्त बनाउदै लगेको छ । लोग्ने स्वास्नीको पवित्र
रिश्ता परिवार नामको आदर्श व्यवस्था धराशायी भइसकेका छन् । कोही कसैप्रति स्नेह इज्जत अपनत्व राख्दछ भनि गहिरिएर चिन्तन गर्नै पर्ने अवस्थामा समाज द्रुतगतिमा बढ्दै छ तर विडम्बनाको विषय त अर्को पक्ष छ चाँडपर्व धार्मीक परम्पराहरु एकातर्फ व्यवहारिक गतिविधि ऐन कानून भिन्न दिशातर्फ गएको स्पष्ट अनुभूति हुन्छ । बाबुआमाले कष्ट गरी पालित सन्ततिको मनोविज्ञान कसरी परिवर्तित हुदैछ यो लेखेर भन्दा पनि अुनभवबाट जो कोहिले पनि अनुभूति गर्न सक्दछ । ऐन कानूनहरुमा पनि अन्तर विरोधी व्यवस्था देखिन्छन । एक तर्फ लोग्ने स्वास्निको परिवारको बन्धन पवित्र हुन्छ भनि शब्दावली प्रयोग भएको पाइन्छ । अर्कोतर्फ सम्बन्ध विच्छेद गर्दा अंशभाग छुट्याएर मात्र गर्न पर्ने बाध्यकारी व्यवस्था छ । विवाद भएको अल्प समयमा नै सम्बन्ध विच्छेद मुद्धा गरी अपार सम्पत्ति हात पारेका कतिपय विवाद आफ्नो व्यववसायिक जीवनमा प्रत्यक्ष देखिको हुनाले मनमा अन्तरद्वन्द्व मच्चिएर प्रस्तुत विषय सान्दर्भिक संझी अभिव्यक्त गरिएको हो । पुरातनवादी सोच भनेर कथित आधुनिक चिन्तकहरुका प्रलाप सुन्नमा आउछन्, यस्ता विषयहरुमा प्रष्ट हुन जरुरी भईसकेको छ ।
विना विवाह पनि महिला पुरुष साथ
रहने बस्ने यौन सम्पर्क हुन कतिपय शहरी संस्कृतिको विकास हिन्दु परम्पराहरु धराशायी पार्ने षडयन्त्रका हिस्सा हुन सक्छन् । नारी मुक्तिका आवाज उठ्ने गर्छन ती स्वाभाविक नै हुन हाम्रो समाजमा महिलाहरु ऋधिकांश रुपमा उत्पीडनको शिकार भएकै छन् तर शहरी मेमहरुका एनजीओ सफल पार्न मात्र यस्ता आवाज गुन्जन हुदैमा नारी मुक्ति संभव हुन सक्तैन । कथित धार्मीक मान्यताहरु एकातर्फ ऐन कानून व्वावहारिक धरातल भिन्नै दिशामा प्रवाहित भई रहदा सामाजिक परिवर्तन खतरनाक दिशातर्फ पनि जान सक्ने यर्थाथ बुझ्नु आजको ठूलो समीक्षात्मक विषय हुनु पर्नेमा त्यसो नहुँदा सामाजिक संरचना ध्वस्त हुन बेर लाग्दैन । व्यर्थका आडम्बर प्रदर्शन र दंभले असल परिणाम दिन पनि त सक्तैन् ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *