हरेक अनुसन्धानमा सहयोग पु¥याऊन








अनुसन्धानबाट जे देखिएको छ भने पनि सहनै पर्ने बाध्यता छ । मृतक कमजोरको साथ कोही दिदैनन् यही महेन्द्रनगरमा ढोका थुनी बालबालिका पिटिएका छन् । बालकहरुलाई मार्ने धम्की सौतेनी आमाहरुबाट भै रहेको बुवाले टुलु टुलु हेरी रहेका घटना यही महेन्द्रनगरमा पनि छन् । एक जना महिला प्रहरी साँझ सौतेनी आमाको घरमा गई बालिकालाई धम्काउनमा साथ दिएका घटना पनि यही महेन्द्रनगरमा छन् न समाजसेवीहरुले वाँच गरिहेको छ न प्रहरीका गुप्तचरहरुले बालिकालाई सोधे महिला प्रहरीलाई चिनाई दिन सक्नेछन् । मरे र मारेपछि नक्कली या सक्कली कारवाही गरे पनि काम छैन । महिला तथा बालबालिकालाई दिइने गरेको पिडा दर्दनाक रहने छ ।
अव निर्मला कै कुरा गर्दा पनि निर्मला आफ्नो घरबाट बम दिदी बहिनीको घरमा गएको उसको घरमा पुगेको प्रमाण हामी सबै सामु छ । त्यो कुरा निर्विवाद छ तर फर्केको प्रमाण सुन्य छ छैन फर्केको प्रमाण दिदी बहिनीहरुले किन दिन सकेनन् । ११.३० बजे दिदी बहिनीको घरमा पुगेकी निर्मला २ः३० मा फर्केकी भने कि छन् ३ घण्टाको लागी मात्र गएकी हुन भन्ने प्रमाण केही छैन बम दिदी बहिनी भन्दा अरु देख्ने को छन् ? साईकल पाइएको ठाउँ मूलबाटोको ४÷५ मिटर टाढा पनि छैन निर्मलाकी आमा त्यही बाटो छोरीको खोजतलासको लागी २÷३ पटक ओहोर दोहोर गर्यो त्यो दिन निर्मलाकी आमा तथा अरुले किन देखेन ११ गते साउनमा मात्र अरुले कसरी देख्यो साईकल फेला पर्दाको खबर पाउनासाथ त्यसो भए लास पनि त्यही होला भन्नुको अर्थ के हो अव बयानमा नभने पनि पहिले त भनेकै हुन् भन्ने कुरा सार्वजनिक भई सकेको छ ।
अपराध स्वीकार गर्ने थोरै हुन सक्छन यसमा पनि अनुसन्धानकर्मीको सक्षमताले मात्र । इन्कार बयान गर्ने बढी हुने हुँदा भवितव्यबाट मर्नु मार्नु, रीसको आवेशमा आएर हान्दा केही गर्दा मर्नु मार्नु अलग कुरा हो तर निरअपराध एक नावालिकालाई विभत्स तरिकाले दानवीय तरिकाले बलात्कार गरी तडपाई मारी बाढीको रुप लिएको पानी बगी रहेको उखुबारीमा लास छोड्नुको अर्थ हो त्यही उखुबारीमा बलात्कार गरेको हो भन्ने
जनाउनलाई । त्यो दिन रातीको पानी सबैलाई थाहा छ कस्तो थियो जलचरले पनि त्यस्तो पानी त्यो पनि बाढीतुल्य भलमा यौनक्रिडा गर्न सक्दैन ।
मानिस जतिसुकै बदमास भएपनि त्यो सम्भव छैन । विश्वका कुनै पनि अनुसन्धानकर्तालाई सोधे प्रष्ट पारिदिनेछ । मैले बलात्कार गरी मारेको हु भनेर प्रमाण लिएर कोही अपराधी पनि अनुसन्धान अधिकृत सित आउदैन ।
हरेकले बम दिदी बहिनीका घरको भिडियो देखाई रहन्छ त्यो वाहियात हो । अनुसन्धानकर्ताले माथिल्लो तलामा जादा सिडिको दाया तर्फको भित्ताको र बाँया तर्फको भित्ताको अध्ययन गरेको प्रष्ट हुनेछ । प्रारम्भिक अनुसन्धानमा सबै खुल्नु पर्छ जजले आफै जजमेन्ट गरिहाल्छन् । घटनाको अनुसन्धानको बारेमा न्यायाधीश अवश्य स्वयम प्रष्ट हुनेछन् । जसरी निर्मला साथीको घरमा जाँदाको प्रष्ट प्रमाण छ । त्यस्तै फर्कदा खेरीको फर्केको प्रमाण हुनैपर्छ नत्र जिउदै फर्केकि हुन भन्ने के आधार छ ? सामर्थवान धनवानको साथमा सबै छन तर मृतकको साथमा आमा बाबु छोरा छोरी पनि हुदैन, केवल न्याय हुन्छ त्यसकारण न्यायको पालना गर्ने काम हाम्रो हामी सबैको हो ।







