सुदूरपश्चिमाञ्चल विश्व विद्यालयको ताला खुल्यो

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

जगदिश प्रसाद अवस्थी
महेन्द्रनगर, २७ फाल्गुन
विगत १९ दिनयता सुदूरपश्चिमाञ्चाल विश्वविद्यालयको केन्द्रिय कार्यालयमा लागेको ताला फाल्गुन २७ गते शुक्रबार विद्यार्थी र विश्वविद्यालय प्रशासन प्रतिनिधि बिच वार्ता भएपछि खुलेको छ ।
फाल्गुन ८ गते इन्जिनियरिङ्ग संकाय अन्तर्गतका विद्यार्थीहरुले विभिन्न मागहरु विश्वविद्यालय प्रशासन समक्ष राखेको र अटेर गरेको भनी तालाबन्दी सुरु गरेका थिए । प्राध्यापक, ल्याब आदि विभिन्न मागहरु पुरा गर्नुपर्ने भनी माग राख्दा सुरुमा विश्वविद्यालय प्रशासनले अटेर गरेका थिए ।
शुक्रबार मात्रै विश्वविद्यालयको वार्ता टोली संग इन्जिनियरिङ्गका विद्यार्थी प्रतिनिधिको सकारात्मक वार्ता भएपछि ताला खुलेको हो । विश्वविद्यालयका तर्फबाट डा. किशनदत्त भट्ट वार्ता टोलीका संयोजक थिए भने सुशिल चापागाई विद्यार्थीहरुका वार्ता टोलीका संयोजक थिए ।
अध्यापक नपाइएमा विशेष अध्यापक समेत बोलाइ पठनपाठन गराइने, उपप्राध्यापकको लागि लिइएको लिखित परिक्षाको नतिजा तत्काल प्रकाशन गरिने, सर्भे तथा फिल्ड भिजिटका लागि यातायातको व्यवस्था विश्वविद्यालयले मिलाइ दिने, नेपाल इन्जिनियरिङ्ग परिषद्को मापदयड अनुसार आवश्यक पर्ने ल्याब स्थापना कार्य तुरुन्त थालनी गर्ने, एक महिना भित्र कम्प्युटर लगायत आवश्यक पाठ्यपुस्तकको व्यवस्था गर्ने लगायतका विभिन्न १३ बुँदामा विश्व विद्यालय र इन्जिनियरिङ्ग विद्यार्थी प्रतिनिधि बिच सम्झौता भएपछि तालाबन्दी खुलेको वार्ता टोलीका विद्यार्थी प्रतिनिधिका संयोजक सुशिल चापागाईले जानकारी दिए ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *