हाम्रो दायित्व कर्मनिष्ट

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

समय परिस्थिति अनुसार राज्य व्यवस्था बदलिन्छ । देशहरुका सिमाना हेरफेर हुन सक्छन्, तर मनुष्य जसले जनताको काम गर्न जनताबाट कर उठाएर तलब सुविधा लिने गरेका छन्, छौ, निजामती, सेवानिवृत्त राष्ट्रसेवक बहालवाला जो सुकै भएपनि देश र जनताको हितमा रहनै पर्दछ । सेवामा रहेकाहरुले त बरु दैनिक काम गरिरहेका हुन्छन् भने निवृत्तहरुले आफ्नो बालो बैस सरकारलाई अर्पण गरे पनि निवृत्त जीवनमा केही गर्न नपाएरै एक विचारले सोच्दा सुविधा लिने काम मात्र भएको छ भन्ने दृष्टिकोण हुनु पनि स्वभाविक नै हो तर जुन अवस्थामा सेवामा प्रवेश पाएका थिए त्यो अवस्थामा जे पनि व्यवसाय गर्न सक्ने खालको थियो । देशमा भएका परिवर्तनहरु के कति परिवर्तन प्रजातान्त्रिक तरिकाले भएका छन् । के कति परिवर्तन बारुदको आतंकबाट भएका छन्, यो कुरा नेपालको लागी मात्र नभई विश्वभरीकै लागी हो । जुनसुकै परिवर्तन व्यवस्था भए पनि
राष्ट्रसेवकहरुले कर्मनिष्ट भएर काम गर्नु पर्दछ राष्ट्रसेवकहरुले मात्र पुग्दैन । सिद्धान्त हेर्दा कर्मनिष्ट गरिवहरुको लागी राम्रो व्यवस्था हो भनेका छन् तर ऐन नियम र सिद्धान्तले मात्र के गर्नु जव सम्म सत प्रयोगमा आउदैन तबसम्म कुनै बेलपत्र पाकेपछि कागलाई के काम भनेझै हुन्छ । हाम्रो कर्तव्य हो देश र जनता प्रति बफादारीका साथ काग गर्नु । आजका कर्मचारी, सेना, प्रहरीलाई प्रसस्त तलब मिलेको छ । ३०÷४० वर्ष पुर्व एक कार्यालय सहायकको तलब रु ७० प्रति महिनाको थियो भने आज १७ हजार भन्दा माथि पेन्सन पाउने गरेका छौं । हामी सेवा निवृत्त पेन्सन पाउने गरेका छौं । हामी सेवा निवृत्तलाई जनताले त्यो अवस्थामा पनि पालेका छन् जवकी एक छोरा छोरीहरुले आमा बुवाको पालन पोषण रेखदेख गर्न सकिरहेका छैनन् । त्यतिबेला सेवामा रहेका कर्मचारीहरुको थोरै तलबले गर्दा आफ्ना छोरा छोरीहरुलाई राम्रो शिक्षा दिक्षा दिने विद्यालयमा पठनपाठन गर्न गराउन सकिएन । धेरै राष्ट्रसेवकहरुले जो उच्च पदमा छन् र जसले अतिरिक्त अवैधानिक आय गर्ने मौका पायो उसले मात्र देश विदेशमा पठाउन सक्यो भने आज त्यो अवस्था छैन । राज्यले निजामति तथा अन्य राष्ट्रसेवकहरुलाई यथोचित सुविधा दिएको छ । पहिले गाउँफर्क भन्ने नारा थियो नारामा मात्रै लगभग सिमित रह्यो भने आज सिंहदरबार नै गाउँ फर्क भएको छ । जिल्लामा दगुरी रहनु पर्ने अवश्यकता छैन । गाउँघरमा सुविधा दिन कर्मचारी खटाईएको छ । यो बेलामा म गाउँमा जान्न भन्नु हाम्रो कर्मनिष्ठता होईन । जवसम्म सेवा सुविधा दिएको हुन्छ जानै पर्छ हाम्रो गाउँ हो निवृत्त जीवन पनि हामी गाउँमा नै विताउने हुँदा त्यो गाउँको विकासमा योगदान गर्नु हामी सबैको कर्तव्य हो ।
साधारणतया अध्ययन गर्दा बहालवाला कर्मचारी गाउँ घरमा गई सेवा दिन अपठ्यारो मानिरहेका समाचार पनि आएका छन् । देश र जनतालाई सेवा दिन पुगेका राष्ट्रसेवक जो कोहीले पनि खुसी साथ बहाल हुनु अहो भाग्य हो । म यदि बहालवाला कर्मचारी भई दिएको भए मेरो जन्मस्थान मातृभूमि बैतडीको पुर्चौडीमा गएर नै खुसीका साथ सेवा गर्दथे भन्ने आत्म विश्वास अझै बोकेको छु । निजामती सेवा दिवसकै समय सन्दर्भमा समग्र राष्ट्रसेवकहरुको साझा योगदान सदाझै रहि रहोस् ठूलो क्षेत्र ओगटेको शिक्षण पेशामा रहेका राष्ट्रसेवक शान्ति सुरक्षाको जिम्मा लिएका राष्ट्रसेवक सम्पूर्ण हामी सबैको साझा चौतारी नेपाल र नेपाली जनताको हित हुने कार्यले मात्र आत्म शान्ती आत्म गौरव हुन सक्दछ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *