हाम्रो जीवन्त समाज

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

आम सर्वसाधारणलाई मूल कानून संविधानले सार्वभौम भनि किताबमा लेखे पनि बाहुबली, नौकर शाह राजनेताको पगरी भिर्ने लगायत सुरक्षा संयन्त्रमा रहेका केही दुषित, आपराधिक मनोबृत्तिका व्यक्तिहरुको कारण दुर्गन्धित पार्ने कुचेष्टा गर्न खोजे पनि ढिलो चाणो समयक्रमले त्यसलाई प्रकाशित गरी छोड्छ । विगतका घटनाक्रमहरुले हाम्रो समाज जीवन्त छ थिचोमिचो सहन सक्तैन प्रतिकार गर्ने क्षमता राख्दछ भनि प्रमाणित गरी दिएको छ । अवोध बालिकाको निर्मम अन्त भए पनि त्यसको प्रतिध्वनिले समाज तरंगित बन्न पुगेको छ । प्रतिकार आक्रोशको ज्वालामुखी विष्फोट नहुदो हो त डभी बुख्याचा बनाई अपराधी घोषित गराउने दुष्प्रयास सफल हुने थियो । अव एक एक गरी खुल्दै गरेका षडयन्त्रहरुबाट भ्रष्ट आतंकवादीहरुले के सम्म गरेछन् भनि आम सर्वसाधारणको जानकारीमा आउदै गर्दा आक्रोश बढी रहेको छ । को हुन वास्तविक अपराधि ? यत्तिका दिनसम्म केही खुलासा हुन नसक्दा वा नगर्दाको परिणाम पनि देखिन थालेको र जे गर्दा पनि हुन्छ भन्ने भ्रम टुटेको हुनाले यो प्रतिकात्मक सन्देश पनि हो । पीडितहरुप्रति न्याय हुने भरोशा पैदा गर्ने महान जनतालाई सादर नमन ।
आश्चर्यजनक अनपेक्षित तवरले आपराधिक मनसाय राख्ने सुरक्षाकर्मीहरुबाट प्रदर्शन गरिएका कुकृत्य यदि सबै वास्तविक हुन भने यो सामान्य विषय हुन सक्तैन, अवोध प्रतिको वर्वरता गर्ने अपराधि अवश्य बाहिर आउन सक्ला तर निश्चित रुपमा छानविनको प्रारम्भ निर्दोष निमुखा ठानिएका अशक्त विरामी मानसिक रोगी किशोर किशोरीहरुलाई थुन्दै जीवन बर्बाद गर्ने सम्मका धम्की दिने अपराधिहरुलाई सार्वजनिक रुपमा उपस्थित गराउनु पर्दछ, यसको लागि त सरकार स्वयम प्रमाण बनेको छ । सामाजिक सञ्जालमा आएका सबै सामग्री यथार्थ परक नै हुन भनि सहजै स्वीकार गर्नु पनि उचित हुने छैन । किनभने परिवर्तित परिस्थितिको लाभ उठाई चरीत्र हनन् गर्ने स्वयमलाई समाजसेवी राजनेता दर्शाइ अनपेक्षित उत्तेजना फैलाउने गतिविधि सामान्य रुपमा घटित भएका नै हुन्छन् तर वास्तविकता छिप्न सक्तैन ।
सामुदायिक सेवा केन्द्र महेन्द्रनगरले बैठक बसी निर्णय नै गरी प्रधानमन्त्रीलाई ज्ञापन दिने र त्यसमा समूहगत रुपमा गई प्र.जि.अ. मार्फत लिखित अनुरोध माग गर्ने क्रममा उक्त केन्द्र प्रहरीसँगको समन्वयमा पनि रहने हुनाले प्रहरीले सामुदायिकको लेटर पैडमा नलेख्न त्यहाँ कार्यरत नायव निरीक्षकलाई चेतावनी को भाषामा धम्क्याएकोले ती बिचरा स.ई.को अनुरोधमा सादा पेपरमा ज्ञापन दिएका थियौं । तर माईन्यूट त सामुदायिक कै छ त्यो अभिलेखका रुपमा छ । हाम्रा अध्यक्ष कृष्ण बोगटी ज्यू सहितको टीमले गर्नु भएको बुद्धिमत्तापुर्ण कार्यका लागि धन्यवाद छ ।
सन्दिग्ध भूमिकामा रहेका कथित सी.बी.आई टीम समेतले त्यसो ढाकछोप गर्नुपर्ने कारण के थियो ? किन सोझा मानिसहरुलाई धम्क्याउने काम भयो यसका लागि प्रमाण त स्वयम यिनीहरु नै बन्न पुगेका छन् । जे गरे पनि हुन्छ भन्ने बाहुबली सोच, वास्तविकता लुकाउनु पर्ने कारण किन र के का लागि कसको हितमा अनुसन्धान निश्क्रिय पार्ने काम भयो यसको उत्तर जीवन्त समाजले खोजी रहेको छ । यो आफैमा एक अपराध परिभाषित भएको छ । नयाँ बनेको मुलुकी अपराध संहिता ऐनले कैद जरीवाना र क्षतिपुर्तिको यथेष्ट व्यवस्था गरेको छ । यसका अयोग्य भ्रष्ट बाहुबलीहरुलाई भिन्नै कार्वाही चलाउनै पर्दछ । पत्रकार, नागरिक समाज महिला दिदी बहिनीहरुका सामुन्ने अपराधि यी हुन भन्दै बुख्याचा दशी खडा गर्नु गंभीर कसूर हो । एउटा पक्ष मात्र होइन प्रत्यक्ष परोक्ष रुपमा देखिएका कुपात्रहरु दण्डित भएको आम सर्वसाधारण देख्न चाहि रहेका छौं । अन्यथा परिणाम के सम्म हुन सक्छ जीवन्त समाजले शिद्ध गरी सकेको छ । यसमा सजग रहनै पर्ने विषय पनि निवेदन गर्नु सान्दर्भिक हुनेछ । इमान्दार जनमतमा घुसपैठ गरी स्वार्थ शिद्ध गर्ने कतिपय वर्गबाट निरपराधहरुको चरित्र हनन् गर्ने प्रवृत्ति पनि देखिदा निर्दोषहरु आजीवन उठ्नै नसक्ने गरी जिउदै मरेको अवस्था नआओस त्यसो हुन गए भिन्नै दुष्परिणाम पनि स्वतः निस्कने हुनाले यस तर्फ पनि सचेत हुनु न्यायपुर्ण हुनेछ भन्ने सादर प्राथना छ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *