खानेपानी मन्त्री विना पीडित परिवारसँग भेटघाटमा








दिशानिर्देश समाचार
महेन्द्रनगर, १६ भदौ
खानेपानी मन्त्री बिना मगरले बलात्कारपछि हत्या गरिएकी निर्मला पन्त र शहिद सन्नी खुनाको घर परिवारसंग भेटघाट गरेकी छिन् । शनिबार खानेपानी मन्त्री बिना मगरले भीमदत्त नगरपालिका–२ उल्टाखाम स्थित निर्मला पन्त र भीमदत्त नगरपालिका १८ सालघारी स्थित शहिद सन्नी खुनाको परिवारसंग भेटघाट गरेकी हुन् ।
मन्त्री बिना मगर निर्मलाको घर पुग्दा निर्मलाकी आमाद्वय दुर्गादेवि पन्त र लक्ष्मी पन्त रुदै सरकारले घटनाको छानबिन गर्दा पनि दोषि पत्ता नलागेको गुनासो गरेका छन् । खानेपानी मन्त्री मगरले निर्मलाकी आमालाई सम्झाउदै सरकार घटनाप्रति गम्भिर भएको बताउदै दोषि उपर कार्बाही गर्न सरकार लागि परेको बताए । निर्मलाकी कान्छी आमा लक्ष्मी भक्कानीदा बिनाले आँगालो हाल्दै हिम्मत नहार्न अनुरोध गरेकी थिईन् ।
‘सरकारले निर्मला हत्याकाण्ड छानबिन गर्छ, ‘खानेपानी मन्त्री बिना मगरले भनिन्, ‘दोषिलाई कुनैपनि हालतमा उन्मुक्ति दिईदैन् ।’ यस्तै खानेपानी मन्त्री बिना मगरले शहिद सन्नी खुनाकी कान्छी आमा मञ्जु खुनालाई समेत भेटेर दुखद घटनाप्रति समवेदना प्रकट गर्दै शहिद परिवारप्रति सदाचर्यता देखाउनुभयो ।
घटना बारेमा प्रहरी प्रशासनसंग भेटघाट गरेर मन्त्री मगरले घटनाका बारेमा जानकारी लिएकी थिईन् ।
खानेपानी मन्त्री बिहिबार राती १७ बर्षिया किशोरी बलात्कृतको घर परिवारसंग भेटघाट गर्न जाने कार्यक्रम पनि रहेको थियो । खानेपानी मन्त्री बिना मगरसंगै प्रतिनिधी सभा सदस्य डा. दिपक प्रकास भट्ट, निरु पाल, प्रदेश सभा सदस्य प्रकास रावल र मान ब. बहादुर सुनार सहभागी थिए ।







