हवाई यातायात क्षेत्रको विकास

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

चौथो योजना (२०२७।२०३२)
चाथौ योजनाले नेपाल यातायात संस्थान अन्तर्गत १.सुनौली पोखरा र अन्य राजमार्गहरुमा ट्रक सेवा विस्तार गर्ने २. रेल्वे विस्तार र ३. विद्युतयान सञ्चालनमा समावेश गरिएको थियो । यस अनुसार काठमाडौदेखि भक्तपुरसम्मको १२.७३ किलोमिटर लामो बिधुत शत्तिबाट सञ्चालन हुने ट्रलि बसको निर्माण कार्य प्रारम्भ गरियो । साथै, विभिन्न राजमार्गहरुमा ट्रक सेवा उपलब्ध गरियो ।
पाचौ योजना (२०३२।२०३७)
पाचौ योजनामा विशेस गरी रेलमार्ग र रोप मार्ग जस्ता यातायातलाई सुदृढ एवं विस्तार गर्ने कार्यक्रम राखिएको थियो । यस योजना अबधिमा जनकपुर जयनगर रेल्वेतर्फ जनकपुर विजलपुरा तथा जनकपुर जयनगर दुबै खण्डहरुको आबश्यक लागि तथा स्लिपरहरुको पुनः निर्माण गर्नुको अतिरित्त रेल्वे वागन तथा वोगीहरुको उपलब्धी तथा मर्मत कार्य गरियो । साथै यस रेल मार्गलाई लालगढसम्म विस्तार गर्ने आर्थिक तथा प्राबिधिक सर्बेक्षण कार्य पनि सम्पन्न गरिएको थियो । रोप मार्ग विकास सम्बन्धि अध्ययन कार्यतर्फ जोमसोम बाग्लुङ, भोजपुर धनकुटा र सुर्खेत दैलेख जुम्ला खण्डहरुको विस्तृत आर्थिक तथा प्राबिधिक सम्भाव्यता अध्ययन कार्य पुरा गरियो । काठमाज्डौ भत्तपुर ट्रली बससम्बन्धि बाकी सम्पुर्ण कार्य पुरा गरी ट्रली बस सञ्चालनसम्बन्धी प्रतिक्षण कार्यहरु पनि गरियो । कन्टेनर ट्रक सेवा सञ्चालनसम्बन्धी आयोजना कार्यान्वयन हुन नसके पनि कलकता र नेपाल बीच मालसमान ढुवानी कार्यको लागि केही ट्रकहरुलाई कण्टेनर भ्यानको रुप दिई सेवा उपलब्ध गरिएको थियो ।
छैटौ योजना (२०३७।२०४२)
छैटौ योजनाले अन्य यातायात विकासतर्फ रोप मार्ग, रेलमार्ग, जलमार्ग जस्तो यातायातका साधनहरुको क्रमिक रुपमा विकास एवं सुदृडीकरण गर्ने, विद्युत शत्तिमा आधारित र कम तैल्य पदार्थ खपत गर्ने र वैकल्पिक इन्धनमा आधारित यातायात प्रणालीको विकासको लागि ठोस कार्यक्रमहरु तर्जुमा गर्ने र सार्वजनिक यातायात सेवालाई व्यवस्थित गर्न उधेश्य रादि रोप मार्ग सुदृढीकरण तथा विकास, रेलमार्ग सुदृढीकरण तथा विकास, ट्रली बस सेवा विस्तार, शहरी क्षेत्र यातायात व्यवस्थाको विकास, जल मार्ग विकास तथा कण्टेनराइज्ड यातायातको विकास जस्ता कार्यक्रमहरु समावेश गरिएको थियो । यस योजनाले सञ्चालनमा रहेका रेल तथा रोप मार्गहरुको आबश्यक सुधार तथा पुनः निर्माण गरी ह«ास हुदै गईरहेको ढुवानी क्षमतामा वृद्धि गर्नुका साथै आन्तरिक जल मार्गहरुको अध्ययनको आधारमा कार्य गरी उपयुक्त आयोजनाहरुको तर्जुमा गरी कार्यान्वयन गर्ने, सीमित क्षेत्रमा सञ्चालन
भैरहेको बिद्युत शत्तिमा आधारित ट्रली बस सेवालाई क्रमशः अन्य मार्गहरुमा पनि विस्तार गर्दै लग्ने, सार्वजनिक यातायात सेवा सञ्चालनलाई बढी नियमित, सुगम र सुरक्षित गर्न आबश्यक व्यवस्था गर्ने तथा शहरी क्षेत्रहरुमा सार्वजनिक यातायात सेवा विस्तार गर्नमा निजि क्षेत्रको लगानी बढी आकर्षित गराउने उपायहरुलाई समेत ध्यान दिने जस्ता नीतिहरु लिएको थियो ।
यस योजनाकालमा ४२ किलोमिटर लामो काठमान्डौ हेटौडा रोपलाईनको सुदृढीकरण कार्य तथा ५३ किलोमिटर लामो जनकपुर जयनगर विजलपुर रेल मार्गको सुदृढीकरण कार्य लक्ष्यानुसार पुरा गरिएको थियो ।
विराटनगर धरान, भैरहवा बुटबल तथा अन्य राजमार्गहरुमा ट्रलिबस विस्तार बारेमा प्रारम्भिक अध्ययन कार्य गरियो । शहरी क्षेत्र यातायात व्यवस्थाको विकासको हकमा काठमाडौमा बस बिसौनी तथा बस स्टपहरुको निर्माण गरी ३० वटा थप बसहरु उपयोगमा ल्याईयो । जल मार्गतर्फ कोशी, नारायणी जस्ता ठुला ठुला नदीहरुलाई जलमार्गको रुपमा प्रयोग गर्ने सम्बन्धी प्रारम्भिक अध्ययन कार्य पुरा गरियो । ४. विगत २५ वर्षका उपलब्धि, समीक्षा तथा महत्वपुर्ण आयोजना पञ्चायत व्यवस्थाको विगत २५ वर्षको अबधिमा रेलमार्गको लम्बाईमा केही घटी हुन गएको भए तापनि रोपमार्गको लम्बाईमा झण्डै दुई गुनाले बृद्धि भएको छ । विधुत शत्तिमा आधारित ट्रली बस सेवा काठमाडौं उपत्यकामा उपलब्ध गरी शहरी यातायात व्यवस्थाको विकासमा एक नया आयाम थपियो । सार्बजनिक यातायातको क्षेत्रमा भएको उपलब्धि महत्वपुर्ण देखिन आएको छ । सार्बजनिक बस सेवा उपलब्ध गर्ने कार्यमा नेपाल यातायात संस्थानको अतिरिक्त साझा यातायात र निजि क्षेत्रका फर्म, कम्पनि आदि सक्रिय रुपमा संलग्न भएको पाईएको छ । जल यातायातको विकासको लागि ठोस कार्यक्रमहरु तर्जुमा गर्न विभिन्न नदीहरुको प्राबिधिक तथा आर्थिक पक्षसित सम्बन्धित प्रारम्भिक अध्ययन गरियो । गएको २५ वर्षमा सञ्चालित प्रमुख एवं महत्वपुर्ण आयोजनामा ट्रली बस सेवा आयोजना र काठमाडौं हेटौडा रोप मार्ग आयोजनालाई लिन सकिन्छ । यसको विवरण तल प्रस्तुत गरिएको छ ।
१. ट्रली बस सेवा आयोजना
मित्रराष्ट्र चीन सरकारको अनुदान सहायताबाट ट्रली बस सेवा सञ्चालन सम्बधी निर्माण कार्य चौथो योजनाकालमा प्रारम्भ गरिएको थियो । र पाचौ योजनाको प्रथम वर्ष २०३२।३३ मा यो सेवा उपलब्ध गरिएको थियो । कुल लम्बाई १२.७३ किलोमिटर रहेको यस ट्रली बसले काठमाडौं र भक्तपुरलाई जोडेको छ । यो काठमाडौंको त्रिपुरेश्वरबाट शुरु भै भत्तपुरको सुर्यविनायकमा हुन्छ । २२ वटा सिंगल ट्रली बसहरु रहेको यस बसको क्षमता १५ हजार यात्रु प्रतिदिन ढुवानी गर्ने रहेको छ । रेखाङ्कनको हकमा यो त्रिपुरेश्वरबाट शुरु भै थापाथली, बबरमहल, बानेश्वर, ठिमी आदि हुदै सुर्य विनायकमा टुगिन्छ । यसको ८०० किलोमिटर बिधुत शत्ति खपत गर्दछ । छैटौ योजना कालमा यसको त्रिपुरेश्वर र सुर्यविनायक बिसौनीलाई उपयुत्त स्थानहरुमा विस्तार गर्ने अध्ययन गरिएको थियो ।
२. काठमाडौं हेटौडा रोप मार्ग आयोजना
मध्यमाञ्चल विकास क्षेत्रको काठमान्डौ र हेटौडालाई जोड्ने राप मार्गको कुल लम्बाई ४२.१४किलोमिटर रहेको छ । यसको निर्माण कार्य प्रथम योजना कालमा प्रारम्भ गरिएको भएतापनि यसको सम्पुर्ण बाकी निर्माण कार्यहरु दोस्रो योजनाकालमा पुरा गरिएको थियो । यस रोप मार्गको डिजाईन क्षमता २२ टन प्रति सञ्चालन घण्टा रहेको छ र यो एक वाई केबल प्रणालीको रोप मार्ग हो । बिद्युत् शत्तिमा आधारित भएको हुदा हाम्रो देशका लागि यसको निकै महत्व हुनु स्वाभाविक हो । यो रोप मार्ग स्थापना गर्ने कार्य पुरा भएपछि पुरानो रोप मार्ग बन्द गरियो । २०२१ सालदेखि यसै रोप मार्गबाट मालसमान ढुवानी सेवा मार्गहरु मालसमान ढुवानी सेवा उपलब्ध गरिएको छ । यस रोप मार्गको आवश्यक सुधार तथा मर्मत कार्यहरु हुदै आईरहेको छ ।(क्रमशः)

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *