अशान्तिको विउ रोपिएको दिन








हुन त यी सबै कुरा जो वर्तमान समाजमा घटी रहेका छन् । यी सबै समयको गतिसितै दगुरिरहेका छन्, जे जतिसुकै अर्ति पुर्तिका कुरा गरे पनि आजको विश्वले नेपालको परम्परा धर्मसंस्कृति एक अर्का सितको सद्भाव भाईचरा खलबलाउनमा मदत पुर्याएको होईन भन्ने आधार छैन । अझै यी कुराहरुको बढोत्तरी हुनेछ तर कमी हुनेछैन । हामीलाई अनुमान लगाउन मुस्किल छ कि नेपालमा असान्तीको बीउ कहिले रोपियो । २०४६ सालमा प्रजातन्त्रको र २०६२/६३ मा लोकतन्त्रको विउ रोपीयो भने २०५२ मा त झन जनक्रान्तिको भने आजसम्म शान्ति किन फर्केन, हत्या हिंसा बलात्कारमा बृद्धि भएको छ । के हामी पाषाण यूगमा पुगेका हौ ? सभ्य समाज कानूनी राज्यको थालनीको पर्खाईमा रहदा रहदै केही सीप नलागी यो देशमा बस्नु उपयुक्त छैन भनि नेपालमा रहेको धनसम्पत्ति विक्रि गरेर वा छोडेर गए पनि जो ऐन कानून मान्दथे कानूनी राज्यमा आस्था राख्नेमा धेरैले देश छोडी सके यो देशको हिस्सा म माग्दैन, तपाईहरु नै प्रयोग गर्नु भनेर लाजसरम पचाई सकेकाहरुले बृद्ध आमाबुवालाई बृद्धाश्रममा स्थान बनाई गएका छन् भने कसैले आफ्नो सम्पत्ति निसर्त घर जग्गा उपभोग गर्नु मेरा आमाबुवाको लागि रेखदेख गरी दिनु भनि पुर्व कमैया भनिने थारुको जिम्मामा लगाई आफू हातपाखुरी बजाई खान विदेशीएका छन् । कानूनी राज्यको प्रयोग राष्ट्रिपति देखि साधारण नागरिक सम्मकाले गर्न पाउनु पर्दछ । विश्वमा धेरै राष्ट्रहरु छन् । जनताले उपचार शिक्षा पाउने ज्ञारेन्टी गरेको छ भने नेपालमा कुरा गर्दा आफैलाई लाज लागी रहेको छ । एक विरामी केही दिन पुर्व स्वास्थ्य
परिक्षण गराउन वीर अस्पताल पुगेछ चेक जा“च गर्दा यो मृगौलामा ठूलो पत्थरी भएर मृगौला खराव भएको छ झिक्नु पर्छ भनेको रहेछ वीर अस्पतालले । यो १०/१२ दिन भित्रकै कुरा हो तर अप्रेसन गर्ने मिति २०७५/९/२२ गते दिएको छ भने निजामति अस्पतालले त झन २०७६ जेठको समय दिएको प्रमाण हामी सित भएर पनि के गर्ने ।
काठमाडौंमा विरामीको चाप यस्तो छ भने डा. गोविन्द केशीको भनाईमा अस्पताल र डा. धेरै भईसकेको भन्नेछ । भए होलान आरक्षण सीटबाट तर योग्यता पुगेर नभएकाले त्यस्तो होला ।
अव शान्ति सुरक्षाको कुरा गर्दा २०४५/४६ सम्म त जति ठूलो अपराधी भए पनि नेपालमा अपराध गर्न डराउथ्यो । २०४६ सालको प्रजातन्त्र अपराध ढाकछोपको लागी भने पक्कै भएको होईन तर देशको सम्पत्ति लुट्ने लुटाहाको करोडौको मात्र हैन अरवौको सम्पत्ति सरकारले राष्ट्रियकरण गरेपछि नेताहरुले २०४७ पछि फिर्ता दिई पार्टीलाई सहयोग गर्न लगाएका छन् ।
त्यस्तै २०६२/६३ पछि पनि जातीय राज्य अर्थात सबै नागरिकको समान अधिकारलाई कटौती गरी देश आज योग्यताले चलाउनु पर्नेमा आरक्षणले चलाई रहेको छ । जाती रंग वर्ण भेद हट्नु पर्नेमा मौलाएर आएको छ । दलीत वर्गलाई शिक्षा दिक्षा उद्योग धन्दामा पहुच
पुर्याएर सबै सरह २ छाक खान पाउने उपचार गराउन केटाकेटीलाई पढाउन सक्ने बनाउने हो । विद्यालय लोकसेवा अस्पतालमा आरक्षण सिट राखी देशलाई असक्षम बनाउने प्राकृति कानूनको अर्थ होईन ।
सरकारले त नागरिकको योग्यता अनुसारको रोजगारी दिने हो ।
रोजगारीको लागी सक्षम बनाउने हो । बेरोजगारले यदि उद्योग स्थापना गर्न चाहन्छ भने स्वदेश विदेशद्वारा तालिम दिलाई सक्षम बनाउने हो । यहा त मेडिकल डाक्टरको लागी समेत आरक्षण गरिन्छ भने स्वास्थ्य सेवाको के हाल होला । हाम्रै छिमेकी भारतको छिमेकी खटिमाको सरकारी स्वास्थ्य केन्द्रमा एक जना सर्जन थिए एक जना हड्डीको डाक्टर आज ती दुवै जना डाक्टर सेवानिवृत भएर पिलिभितमा नर्सिङ होम राखेका छन् । काठमाडौंका अस्पतालले ५ महिनामा गर्ने काम एकल डा. पिडि सिंहको नर्सिङ होममा ७ दिन भित्रै काम गरिन्छ । त्यस्तै हड्डीको डा. गोखले ले पनि विरामीको अप्रेसन चाडै गरिदिन्छ महिनौ दिनसम्म वीर अस्पतालको झै कुराउदैन ।
महेन्द्रनगर र खटिमा बनवसा ५०/५५ कि.मि. मात्र टाढा छ । उताका डा. र महेन्द्रनगरका डा. एकै मेडिकल कलेजमा पढेका हन । यहाका डा. ले पिडिसिंह र गोखले सित विरामी रिफर गर्नु उताका वालाले यहा हेलाले हेर्नु कस्तो विडम्बना शान्तिको कुरा गर्दा अपराधिक क्रियाकलाप भने २०४७ देखि सुरु सुरु चलिआएको राज्य व्यवस्थालाई खलबल्याउन २०५२ फागुन १ गतेको शाईत सारियो भने पुर्ण रुपमा खलबलिन बाकी रहेपनि अन्तिम अवस्थामा पुगेको छ । कुनै घर, गाउ“, शहर कही पनि शान्ति सुव्यवस्था कायम गरिएको छैन । चारैतर्फ भ्रष्टाचार आतंक फैलिएको छ । त्यसकारण राज्य सञ्चालकहरुले विशेष चनाखो भएन भने देशको नै खतरा उत्पन्न भएको छ ।







