हाम्रा महान पर्वहरुको शुभकामना

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

मन प्रफुल्ल र तरंगित भईरहेको छ । अशान्त मनमा उल्लाश र उमंग छाएको छ । गौरा पर्व समेत हाम्रा महान पर्वहरुको मंगलमय शुभकामना ।
उसरी कही जादैन, पर्व मनाईने ठाउँहरुमा पनि धेरै कम अभिरुचि रहन्छ, प्रायः एक्लै हुन्छु तथापि मनमा शान्तिको अनुभूति किन र के कारणले भएको होला ?
आज भन्दा ५५ वर्ष पहिले एस.एल.सी. कक्षा ९ मा पढ्दा अंग्रेज कवि विलीयम वर्ड्स को”Lucy Grary” लुसी ग्रे भन्ने पद्य पढेको थिए । कवि प्रकृति हेर्न बुझ्न जंगल विचरण गर्दा एउटा सुरिलो मर्म स्पर्शी गीत सुने त्यो के भाषामा थियो के भनिएको थियो पटक्कै थाहा भएन तर त्यसको प्रतिध्वनिबाट कवि ह्दय स्वन्दीत, आलहदित भयो । उनी एकाग्र भएर त्यो सुरिलो प्रतिध्वनि सुनिरहे र पद्यको रचना गरे ।
हाम्रा भौतिक देखिने इन्द्रिय एक भन्दा पनि अचेतन मन, जागृत मन भएर दीप्तीमान भइरहन्छ । त्यसैले अनुभूति गर्ने विषय ध्यान हो जहाँ, कर्म, विचार, भावना शुन्य हुन्छन्, यिनको गति स्थिर हुन्छ त्यही ध्यानस्थ अवस्था हो ।”No action felling, Thinking doing all are gone, you lust are that is what meditation is” यस्तै ध्यान मग्न भएर अकारण यी पर्वहरुको प्रतिक्षा गरी रहन्छु त्यसैमा सुखको अनुभूति भइरहन्छ । मन्दिरहरुमा नगण्य जान्छु तर पवित्र स्थलप्रति आस्था र विश्वास यथेष्ट छ । कुलदेवीका पर्वहरुमा श्रद्धा राख्दछु, तर कथित ब्रत बस्दैन के यो अन्तर विरोध हो ? त्यस्तो पनि होइन, बस्तुतः यथार्थ के हो भने एक्लै भए पनि प्रकृति ब्रह्सँग एकाकार भएर आवद्ध छौं, यस चराचर जगतमा सबै एक अर्काबाट, पृथक हुनै सक्दैनौ, परमहंस रामकृष्णको पीठमा चावुकले हानेका निशान देखिए उनि कराए कारण नदी पारी पट्टि एउटा अंग्रेजले मजदूरलाई चावुकले पीठमा हिर्काइ रहेको थियो उनी परम ज्ञानी थिए, त्यसैले गहिरो अनुभूतिबाट अर्काको पीडालाई आत्मसात गर्न सके ।
सुफी फकीर एउटा सानो बजारमा पुगेछन् उनी त्यही अपरिचित थिए र धर्मशालामा नचिनेको व्यक्तिलाई ठाउँ मिलेन, त्यहाँबाट रातको समय नजिकै रहेको जंगल भनि साच्दै थिए अचानक एक जना अपरिचित देखा पर्यो फकीरले उनलाई अपरिचित हुँदा धर्मशालामा ठाउँ नमिलेको व्यहोरा बताए । त्यस व्यक्तिले उनलाई गोरुले हेर्दै भन्यो पहिले म आफ्नो परिचय दिन्छु स्वयम एक चोर हुँ राति चोरीको धन्दाका लागि जान लागेको छु । मेरो नजिकै घर छ चाहेमा त्यही राति बास बसे हुन्छ फरिदले सोचे एउटा चोरको घरमा बँसु कि नबसु त्यत्तिकैमा अनजान व्यक्तिले भन्यो के सोच्दैछौ बस्ने भए यो साँचो समात र गएर आराम गर, म त धन्दाबाट विहान मात्र आउछु, फकीरले साँचो समाति चोरको घरमा रात विताए विहान चोर आयो उसको अनुहारमा त्यही चमक थियो फरीदले साधे केही हात लाग्यो ? चोरले भन्यो आज त हात लागेन फेरी कोशिस गरौला, अव फरीदका मनमा उत्सुकता जाग्यो ७ दिनसम्म त्यही बसे दिनहुँ त्यही सवाल र जवाव, अन्तमा फरीदलाई ज्ञानको उदय भयो एउटा चोरले जावो सम्पत्ति चोर्न नपाएर पनि प्रयत्न गरी रहे ।
निराश भएन स्वयम परमेश्वरको खोजीमा निराश भएछु, उनले कालान्तरमा भने त्यही चोर उनको पहिलो गुरु थियो जसले निराश हुन जानेन् ।
हामी संसारिश चक्रव्यूहमा अलमलिएका छौं, अन्तिम गन्तव्य त देह विसर्जन नै हो, त्यसैले जुन समाजमा छौ त्यसैका सुख दुःखमा शंलग्न रहन सिक्न बुझ्न र अनुभव गर्न सके युक्तिको मार्ग खोज्न कुनै मन्दिर मस्जिद पदवी धन सम्पदा ऐश्वर्यमा दौडी रहनु पर्ने छैन । आत्मानुभूति नै मुक्तिको मार्ग हो ?
आज सन्दर्भ भिन्दै लेखेको थिए तर चाडपर्वहरुप्रतिको आकर्षण मोह र शुभकामना ढीला हुन्छ कि भनि पुर्व सन्ध्यामा विषयान्तर गरे, अर्को अंकमा त्यही लेख सम्प्रेषण गर्नेछु जुन महान जीवन्त समाजको प्रतिध्वनि हुनेछ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *