पहिलो चरण र दोस्रो चरणमा नेपाल

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

पहिलो चरणमा नेपाल डुवाउने काम नेपाली कांग्रेस र एमालेले गर्यो भने दोस्रो चरणमा बाम गठबन्धनले गर्नेछ । नेपालमा प्रजातन्त्र २००७ सालमा होईन कि २०१५ सालमा चाहिएको थियो तर भारतका प्रधान मन्त्री जवाहरलाल नेहरुलाई २००६ सालमा नै चाहिएको थियो । नेपालमा प्रजातन्त्र राणाहरुले जहानिया शासनको ठाउँमा सर्वपक्ष शासनको घोषणा गरी गोलमेच सम्मेलन गरी राजा अघोषित बन्धन मुक्त बनाई सत्ता साझेदारी गरी दिएको भए देशको एकता मजबुद हुन पाउने र त्यसपछि २०१५ सालमा बहुदलिय वा एक दलिय, निर्दलिय प्रजातन्त्रको बहाली सुरुवात गरेको भए आज हामी मजबुद स्वाभिमानी रहने थियौं । त्यही हुन्छ भन्ने शंका र अनुमानले नेपालले धोका खायो ।
विश्व सामु २०४६ पछिको परिवर्तनले विश्व चकित थियो भारत निरास थियो । निराश हुनुपर्ने मुख्य कारण हो जसरी नेपालमा बहुदलिय व्यवस्थाको पुनरवहाली पुनः दिल्ली बाट नै हुने आशामा रहे पनि राजा विरेन्द्रले जे जनता नेता भन्छन त्यही म मान्छु विदेश सित झुक्नु भन्दा आफ्ना जनता सित झुक्नुपर्ने उपयुक्र हुन्छ भनेका थिए त्यसको प्रमाण हो जव माओवादीलाई हतियार तालिम ड्रेसबाट सुसज्जीत पारी बाबुराम र प्रचण्डको फौजलाई राजा जनता विरुद्ध उभ्याउन भारत सफल भयो तर पनि राजा विरेन्द्रले मात्र होइन कि राजा ज्ञानेन्द्रले पनि माओवादी लडाकु सित भिडन्त गर्ने सैनिक योजना नै राखेन, अन्त सम्ममा सेना माथि जाई लागे पनि बरु फाटफुट सैनिक क्याम्पहरु ध्वस्त पारिए तर तामजामका साथ सेनाले माओवादी सित आत्मरक्षा बाहेक लडाई गरेन त्यो नीति राजसंस्थाको नै थियो सेना परिचालन गर्न दिएन भनेर प्रधानमन्त्री गिरिजा राजासित रिसाएर चक्नाचुर भए ।
राजीव गान्धी र राजाको माझको जस्तो तिकडमबाजी चलायो गिरिजाले राजा राजनीतिमा सक्रिय नभएकोले कसै सित बोल्न पनि नपाउने तर गिरिजा र निजका सहयोगी गाउँ ठाउँ जाने जनता सित राम्रा नराम्रा सही झुटा सबै कुरा गर्न पाउने हुँदा राजा र बाम पक्षधरलाई यौटै नजरले हेर्ने गिरिजाको पतन अन्तमा बाम बाट नै भयो । हामी सोच्दै गयौं भने हाम्रो समाजमा दुई थरी बस्दछन् यौटा हो आफ्ना छोरा छोरीलाई राम्रो राम्रो खाना लाउन मोजमस्ती गर्नमा सघाउने छ भने अर्को छ सादा खाना पोशाक दिने, राम्रो पढाई गराउने र भविष्य उज्जवल होस भन्ने । बालक छदा घर त्यागी पढ्न पठाएको भन्दा राम्रो मिठो खाना खुवाई घरमा बसालेको राम्रो लाग्ला बालकालमा । हो त्यस्तै भयो राजसंस्थाले जनतालाई फुल्याउने भएन देश र जनताको रक्षामा लागी रहने हुँदा बालकरुपी जनतालाई के थाहा सबै कुरा । नेपालले पहिलो चरणमा भयावहको स्थितिको सामना गर्नु पर्यो । प्रजातन्त्रवादी मानव अधिकारका रक्षक हु भन्ने प्रजातन्त्रका वफादारहरुले क्रान्ति जनआन्दोलनको नाममा माओवादी कै नामबाट देशमा के कस्तो ताण्डव लिला मचायो त्यो कुरा संयुक्त राष्ट्रसंघलाई थाहा भएको मात्र नभई अन्तमा सम्झोताको नाममा साँझेदारी नै रहे । २०४६ सालका आन्दोलनको विश्राम नेता राजा मिलेर स्वदेशमा नै गरिएको हुँदा भारतका केही नेताहरुको चित्त बुझेको थिएन । अन्तमा माओवादीका नेता तथा सरकारी पक्षका नेता राजा बीच सम्झौता सहमति हुन दिएन । रोल्पा, डोल्पा, सुर्खेत, काठमाडौं गोदावरी लगायतका अनेक ठाउँमा सर्वपक्षिय वार्ताका अथक प्रयास भए तर २०४६ को जस्तो सफल भएन अन्तमा दिल्ली हेडक्वाटर न्वईडा र नयाँ दिल्ली कै इच्छा अनुसार आतंक द्वन्द्वले केही विश्राम पायो । एकथरी भारतीय नेताहरुको इच्छा पुरा भयो दिल्लीमा ७ दल बीच १२ बुँदे सम्झौता गरायो जो नेपालको शोकका रुपमा रही नेपाल नेपालीको स्वाभिमानमा बज्र प्रहार भयो । त्यो भन्दा ठूलो ऐतिहासिक गोप्य बज्रपात प¥यो । गिरिजा प्रसाद कोईरालाले टनकपुरको सन्धीद्वारा जुन कुरा प्रत्यक्ष नेपाली जनताले महसुस गर्ने मौका आजसम्म पाएको छैन् ।
निम्न केही हरफहरु “अनुभूति र अभिव्यक्ति पुस्तकको पेज नं. २४९ बाट लिएका छौं जसका लेखक रेवतीरमण खनाल हुन । लेखिएको छ ः
२०४७ सालको निर्वाचनमा भट्टराईलाई अन्तर्घात गरेको दोष लागेपछि पनि तेस्रो पटकको निर्वाचन जित्नका लागि भट्टराई प्रधानमन्त्रीको उम्मेदवार बनाई चुनाव जित्न प्रयोग गरियो । छ महिनापछि भट्टराईलाई हटाएर राजनीतिमा अस्थिरता ल्याउने काम पनि गिरिजाबाटै भएको हो । यसरी गिरिजाले प्रजातन्त्रको राम्रो बाटो लागेको नेपालको राजनीतिलाई विगार्नु भयो भन्ने धेरै बुद्धिजीवीको भनाई छ ।
२०५३ सालमा संसदबाट महाकाली सन्धि पारित गराउन सो महाकाली आयोजनाबाट नेपाललाई वार्षिक १ खरब २० अरब आम्दानी हुन्छ भनि एमाले नेता खड्गप्रसाद वली र विद्या भण्डारीले वक्यव्य दिएका थिए तर सो आयोजना धेरै वर्षसम्म बन्न सकेन ।
भारत स्थित अंग्रेज र नेपाल सरकारका बीचमा भएका सन्धि सम्झौताहरु १९५० को नेपाल भारत मैत्री सन्धिको दफा ८ ले खारेज
गरकाले सुगौली सन्धि पनि खारेज भयो । सो सन्धिले कायम गरेको सीमा पनि समाप्त भएकोले नेपालले कुनै बेला पश्चिममा किल्ला काँगडा र पुर्वमा टिस्टा नदीसम्म दावा गरी दुःख देला भनने भारतलाई भएको भए भने यस सन्धिले हटायो । भारतलाई तत्काल फाइदा त्यही भयो ।
यी विविध घटनाले के बुझिन्छ भने हाम्रा नेताहरुमा को यस देशको खातिर लागेका छन् को परदेशको लागी । अंग्रेज नेपाल सित भएको सुगौली सन्धीको बारेमा भारत सित गिरिजा प्रसाद कोईरालाले किन एकल निर्णय गर्नु पर्दथ्यो त्यस कारण उनी कातर र देशद्रोही थिए साच्चै भन्नु पर्दा अराष्ट्रवादी तत्व मध्येका होईन भन्ने आधार केही छैन । पंडित जवाहरलाल नेहरुको पालादेखि अन्तिम हाम्रो गिरिजाको पालासम्म टनकपुरकै लागी महाकाली निँहु थियो । १९५० मा भएको नेपाल भारतको मैत्री सन्धीको धारा ८ ले सुगौली सन्धी पनि खारेज गरेकोले गिरिजाले जीवित गराई दिदा एमालेको उपस्थितिमा सदनमा पास गराउनु पनि कम अपराध थिएन । जे भए पनि यस देशको खातिर को थिए थिएन भन्ने कुरा उक्त पुस्तकका केही पाना र अन्य दस्तावेजले पनि पुष्टी गरेको छ । गिरिजा बाबुले पुर्ण संविधान बनाउन नपाए पनि अन्तरिम संविधान २०६३÷६४ बनाएकै हुन् । देशका प्रमुख पदहरु निजामति, डाक्टर, इन्जीनियर, सेना, प्रहरी, न्यायाधीश सरकारी वकील जस्ता पदहरुमा आरक्षणको व्यवस्था गरी सोझै एकातर्फ संविधानको उल्लंघन गरेको छ भने अकोंतर्फ अयोग्य व्यक्तिको छनोट गरिएको छ । राजनीतितर्फ स्थानीय तथा राष्ट्रिय स्तर तर्फ सहभागी गराउनु राम्रै हो किन भने तालि बजाउनेको पनि आवश्यकता पर्दछ तर बाँकी अरु वैज्ञानिक प्राविधिक पदहरुमा आरक्षण दिनु भनेको देशको प्रगती गर्न नदिनु हो । दलित, गरीव महिलालाई शिक्षा दिएर निपुर्ण योज्ञ बनाउने हो निशुल्क शिक्षा औषधी उपचार दिने हो भन्ने कुरा दिल्लीको १२ बुँदे सहमतिले बनेको सरकार र पछि नेपालको संविधान बमोजिम बनेको सरकारले बुझ्ने हो ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *