हवाई यातायात क्षेत्रको विकास

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

हवाई सेवा संचालनतर्फ यस निगमले २०१७।१८ मा आन्तरिक सेवा तर्फ ७ वटा विभिन्न हवाई मैदानहरुमा बाह्य सेवा अन्तर्गत छिमेकी राष्ट्र भारततर्फ कलकत्ता, पाटन र दिल्ली गरी ३ स्थानहरुमा अन्तराष्ट्रिय विमान सेवा संचालन गर्ने गरेको थियो । छैटौ योजनाको अन्तिम वर्ष आ.ब. २०४१।४२ मा यस निगमबाट प्रदान गर्ने गरेको आन्तरिक र बाह्य नियमित हवाई सेवामा निकै नै बृद्धि भएको पाईएको छ । यस निगमबाट अधिराज्यका ३६ हवाई मैदानहरुमा नियमित हवाई सेवा प्रदान गर्नुका साथै बाह्य सेवातर्फ भारत, शृलङका, थाईलैन्ड, हङकङ, बंगलादेश, बर्मा, पाकिस्तान, संयुक्त अरब इमिरेट र सिंगापुर गरी ९ वटा मुलुकहरु र ११ वटा शहरहरुमा सिधा विमान सेवा संचालन गरियो । बमह्य सेवाबाट नेपालको पर्यटन क्षेत्र र अन्तराष्ट्रिय व्यापार तथा समझदारीको अभिमुखीकरणको अभिबृद्धि गर्नमा महत्वपुर्ण योगदान पुग्न गएको स्पस्ट छ । शाही नेपाल वायु सेवा निगमले २०१७।१८ मा ४०९१ घण्टाको उडानमा ६१९५५ यात्रुहरुलाई सेवा पुर्याउनुको साथै १२८७.४१ मेट्रीक टन् मालसमान ढुवानी गरेको थियो भने आ.ब. २०४०।४१ मा यसले आन्तरिक र अन्तराष्ट्रिय यात्रुहरु गरी ३८०१८२ जवानलाई हवाई सेवा पुर्याएको थियो । मालसमान ढुवानीतर्फ सो आर्थिक वर्षमा २८७७ मेट्रीक टन ढुवानी गरेको थियो । यसरी शाही नेपाल वायु सेवा निगमले स्थिती र कार्यकलापमा पंचायत व्यवस्थाको उदय भएपछि निकै नै वृद्धि भएको छ ।
११. अन्य यातायात विकास
१. भुमिका
यातायात साधनहरुमा सडक यातायात बाहेक रेल यातायात बाहेक रेल मार्ग, रोप मार्ग, ट्रली मार्ग, जल मार्ग आदिको महत्व पनि कम छौ । नेपालमा पनि यी विभिन्न यातायातका साधनहरुको सेवा सिमित मात्रामा भएपनि उपलब्ध छन् । अन्य यातायात अन्तर्गत रहेका विभिन्न प्रकारका यातायात साधनहरुको विकासमा हाम्रा राष्ट्रिय आबधिक योजनाहरुले ध्यान पुर्याउदै आएका छन् ।
रेल मार्ग र रोप मार्ग स्थापना राणकालीन युगमा नै भएको भएतापनि यिनिहरुको विस्तार र सुधार कार्य २००७ सालपछि लागु गरिएको योजनाबद्ध बिकास प्रक्रियाको थालनीबाट नै भएको देखिन्छ । २०१७ सालपछिका विकास योजनाहरुले यी यातायातका साधनहरुको विकासमा अझ बढी ध्यान पुर्याउदै आएका छन् ।
२. पंचायत व्यवस्था अघिको स्थिती
नेपालको पंचायत व्यवस्था सुत्रपात हुनुअघि रेल मार्ग र रोप मार्गहरु स्थापना गरिएको थियो । रेल मार्गको हकमा रक्सौला अम्लेगंज र जनकपुर जयनगर बिजलपुरा न्यारो गेज रेल मार्गहरु थिए । रक्सौलदेखि अम्लेखगंजसम्मको ४६ किलोमिटरको रेल मार्गको निर्माण कार्य सन् १९२७ मा भएको थियो । नेपालको गर्भनमेन्ट रेल्बे नामाकरण गरिएको यो रेल मार्ग नेपालको दक्षिण भाग तराईको मैदानमा चार कोसे झाडीलाई वारपार गर्दै चुरेको फेदी अम्लेखगंजमा टुंगिएको थियो । प्रथम योजना कालमा यस न्यारोगेज रेल मार्गलाई मीटर गेजमा परिणत गरी हेटौडासम्म विस्तार गर्ने बारे प्रारम्भिक सर्भे गरिएको थियो । तर सर्भे प्रतिबेदन अनुसार उक्त कार्य पाईदाजनक नहुनाको साथै खर्चिलो हुने भएको स्थगित गरिएको थियो । अर्को रेल मार्ग हो जनकपुरमा पर्ने जनकपुर जनयनगर विजलपरु । जनकपुरदेखि जयनगरसम्म २९ किलोमिटर र जनकपुर विजलपुरसम्म करीब २४ किलोमिटर गरी करीब ५३ किलोमिटर लामो नेपाल जनकपुर जयनगर रेल्वे नामकरण गरिउको यस रेल मार्गको स्थापना सन् १९३७ मा गरिएको थियो । यसको चौडाई २ फिट ६ ईन्च रहेको छ । प्रथम योजना कालमा यस रेल मार्गको सुधार कार्य भएको थियो । यसको पुरानो लोकोमोटिभहरु नराम्रो अबस्थामा पुगिसकेकोले २ वटा नया लोकोमोटिभ र केही वाईगहरु उपलब्ध गर्ने कार्य भएको थियो । जनकपुर विजलपुरसम्मको खण्ड करीब १६ मीलमा पुल तथा पुलेसोको कमीले गर्दा रेल सेवा बन्द भैसकेको थियो । यसलाई मर्मत गरी २०१५ साल चैत्रदेखि उक्त सेवा पुन ः चालु गरिएको थियो । रोप मार्गतर्फ सन् १९२८ देखि नै राणाकालिन समयमा काठमान्डौ उपत्यकाको निमित्त चाहिने आबश्यक पदार्थहरु भारतबाट ल्याउन धोसिङ्गदेखि मातातीर्थसम्म करीब २३ किलोमिटर लामो घण्टामा ८ टन सामान ओसार्ने क्षमता भउको रोप मार्गको सेवा उपलब्ध गराईएको थियो । यसलाई दृष्टिगत गरी प्रथम योजनाकालमा हेटौडादेखि टेकुसम्म ४२.१४ किलोमिटर लामो २५ टन प्रति घण्टा ओसार्ने क्षमता भएको रोप मार्गको निर्माण कार्य प्रारम्भ गरिएको थियो । यसरी पंचायत व्यवस्थाको सुत्रपात हुनुअघि २०१७।१८ मा नेपाल
अधिराज्यमा रेल मार्गतर्फ करीब ९९ किलोमिटरको न्यारो गेजको रेल तथा करीब २३ किलोमिटरको रोप मार्ग रहेको थियो ।
३. पञ्चायत व्यवस्थाका २५ वर्षका उपलब्धि
पञ्चायत व्यवस्थाको विगत २५ वर्षको अबधिका विभिन्न राष्ट्रिय आबधिक योजनाहरुमा अन्य यातायात विकासको क्षेत्रमा भए गरेको उपलब्धिहरु निम्नानुसार रहेका छन् ।
दोस्रो योजना(२०१९।२०२२)
दोस्रो योजनाले अन्य यातायातको क्षेत्रमा नेपाल जनकपुर जयनगर रेल्वे अन्तर्गत जनकपुर विजलपुर खण्डमा रहेको पुल पुलेसाहरुको निर्माण कार्य पुरा गर्ने रोप मार्गतर्फ हेटौडा टेकुसम्मको रोपमार्गको बाकी सम्पुर्ण निर्माण कार्य पुरा गर्ने लक्ष्य राखिएको थियो । यस लक्ष्य अनुसार जनकपुरदेखि विजलपुरसम्म ७० वटा पुलेसा र जनकपुर स्टेशनमा लोकोसेड निर्माण, प्लेठ फार्म पक्की कंक्रीट गर्ने जस्ता कार्यहरु समेत पुरा गरियो । हेटौडादेखि टेकुसम्मको करीब ४५ किलोमिटर २५ टन प्रतिघण्टा सामान ओसार्ने क्षमता भएको नया रोप मार्गको सम्पुर्ण निर्माण कार्य पुरा गरियो । यसका साथै आवश्यक स्टोर तथा कर्मचारी आबास गृहहरु समेतको निर्माण गरी रोपबे सञचालन कार्य पुरा गरिएको थियो । परिवहनको क्षेत्रमा अग्रगामी बनाउने उद्देश्यबाट सरकारी संस्थाको रुपमा २०२१ सालमा नेपाल यातायात संस्थाको स्थापना गरिएको थियो । यस संस्थाबाट रेल, रोप, बस, ट्रक जस्ता भिन्न प्रकारका सार्वजनिक महत्वका यातायात सेवाहरु उलब्ध गराउन यस अन्तर्गत नेपाल यातायात, नेपाल जनकपुर जयनगर रेलवे, नेपाल गर्भनर रेलवे तथा काठमाडौं उपत्यका र अन्य राजमार्गहरुमा बस ट्रक सेवाहरु सञ्चालन गर्ने कार्य सञ्चालन गरियो ।
तेस्रो योजना (२०२२–२०२७)–
तेस्रो योजना कालमा रेल मार्गतर्फ एन. जे.जे.आर. को जयनगरदेखि जनकपुरसम्मको मर्मत सुधार तथा नेपाल यातायात संस्थालाई दरिलो पार्न आबश्यक कदाहरु चालिएको थियो । त्रिभुवन राजमार्गको निर्माणपछि रक्सौलदेखि अमलेखगंज रेलमार्गको महत्व क्रमिक रुपबाट कम हुदै गएको थियो । रोप मार्गसम्बन्धी केयल सर्बेक्षण कार्य मात्र हुन सकेको थियो ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *