इमान्दारिता गुमेको बेलाको पीडा, आन्दोलनका क्रममा प्रहरीको गोली लागी १ जनाको मृत्यु

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

दिशानिर्देश / महेन्द्रनगर, ९ भाद्र
कञ्चनपुरको भीमदत्त नगरपालिका १८ सालघारीका १७ वर्षिय सन्नी खुनाको मृत्यु भएको हो । शुक्रबार महाकाली अञ्चल अस्पताल नपु¥याउँदै उनको मृत्यु भएको थियो । भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ बर्षिया निर्मला पन्त हत्याकाण्ड प्रकरणले उग्ररुप लिएको थियो । सरकारले कञ्चनपुरका डिएपी, एसपी र सिडिओलाई सरुवा गरि नयाँ पठाउनुका साथै एसएसपी विक्रम चन्दले कमाण्ड सम्हाल्ने मात्र नभई सह–सचिव हरि प्रशाद मैनालीको नेतृत्वमा गठन गरिएको उच्च स्तरिय छानबिन समिति जिल्ला पुगेको छ । कञ्चनपुरको अवस्था समान्य हुन नसक्दा कफ्र्यू लगाईएको छ । प्रहरीले नेतृत्व बिहिन आन्दोलनका कारण प्रहरी माथी आक्र्रमण गर्न थालेपछि भिड नियन्त्रण गर्नका लागि हवाई फायर चलाएको थियो । आन्दोलनका क्रममा ३० भन्दा बढि प्रर्दशनकारी घाईते भएका छन् । शनिबार पनि कफ्र्यु जारी रहेको छ । कफ्र्यु जारी नै रहेकोले शनिबार बजारसुनसान भएको थियो । टाढाबाट आएका र भारतबाट मजदुरी गरी घर फर्कने यात्रुहरु बजारमा अलपत्रमा परेका छन् । होटल लगायत यातायातका साधन सुचारु हुन नसक्दा यात्रुहर गन्तव्यसम्म जान सकिरहेका छैनन् ।
आइतबार जनैपूर्णिमा तथा रक्षा बन्धन भएकाले विहान ५ बजेदेखि विहान १० बजेसम्म कफ्र्यु नलगाउने प्रशासनले जनाएको छ । स्थिति शान्त नहुन्जेलसम्म फेरी विहान १० देखि कफ्र्यू जारी रहने प्रशासनले जनाएको छ । महेन्द्रनगरमा एक एम्बुलेन्स समेत तोडफोड गरिएको छ । म १ प ४४६ नम्बरको एम्बुलेन्स तोडफोड गरिएको छ । महाकाली अञ्चल अस्पताल स्रोतका अनुसार सुरेन्द्र चटौत, चेतन भट्ट, उमेश देउवा, दामोदर खाती, कविन्द्र सिहको उप उपचारका लागि रेफर गरेको छ । कञ्चनपुर प्रहरीका अनुसार प्रहरी र सशस्त्र प्रंहरी तर्फ पनि घाईते भएको जनाएको छ । तर घाईतेको नाम प्रहरीले सार्वजनिक गरेको छैन् । शुक्रबार जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा बसेको बैठकले शुक्रबार राती ८ बजेदेखि लागु हुुने गरी अनिश्चितकालिन कफ्र्यु आदेश जारी गरेको हो । स्थिति नियन्त्रणमा लिनका लागि स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (क) बमोजिम कफ्र्यु आदेश जारी गरिएको हो । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जारी गरेको सुचना अनुसार पुर्व भीमदत्त नगरपालिका १८ भाँसी चोक हुँदै कारागार, मदन भण्डारी स्मृति प्राविको नहर पछाडी, पश्चिम भीमदत्त नगरपालिका ६ ऐठपुर त्रिपुरा युवा क्लब बनगाउँ कार्यालयदेखि भीनपा ४ निङ्गलाशैनी माविको पछाडीको नहरसम्म, उत्तर भीमदत्त नगरपालिका २ भाँसीदेखि उत्तर भीनपा ६ खैरेनी हुँदै त्रिपुरा क्बलसम्म र दक्षिण भीमदत्त नगरपालिका १८ मदन स्मृती प्राविको दक्षिण नहर हुँदै सिप विकास तालिम केन्द्र निङ्गलाशैनी माविको पछाडीको नहरसम्मको एसियामा कफ्यु जारी गरिएको छ । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीद्वारा हस्ताक्षरित गरिएको सुचना पत्रमा अर्को आदेश नभएसम्म कसैले पनि बाहिर ननिस्कन, आवत जावत गर्न भेला नहुन आदेश जारी गरिएको छ । गोली चलाएको नचलाएको बारे कञ्चनपुर प्रहरीले पुष्टी गरेको छैन् । शुक्रबार पनि महेन्द्रनगरमा सयौँ अश्रुग्यासँ र दर्जनौँ गोली प्रहार गरिएका छन् ।

आज नेपालका हरेक क्षेत्रमा इमान्दारिता गुमेको छ । त्यही इमान धर्म विक्रि भएको कारणले सबैले दुःख पाएका छन्, इमानधर्म विक्रि गर्नेले पनि दुःख पाएकै छन् तर सतर्क भएका छैनन् । प्रशासन, प्रहरी जनता सबैको मनमा कालो परिसकेको छ । सबै आत्तिएका छन् । यहि श्रावण १० गते १३ वर्षिय बालिका निर्मला पन्तको सामुहिक बलात्कारपछि हत्या भएको पुष्टि प्रहरी निकायबाट पनि स्वीकार भयो । प्रहरीको आफ्नै ल्याव डिएनए प्रतिवेदनले त्यस कुराको पुष्टि अवश्य गर्छ यो मनगणन्त्य नभई वैज्ञानिकबाट प्रमाणित भैसकेको कुरा हो । सामुहिक बलात्कार भएको भन्ने प्रहरी, विज्ञानको निष्कर्षमा कोही प्रश्न गर्न सक्दैन, केवल मेडिकल विज्ञान, वैज्ञानिक बाहेकका त्यसपछि यौटा व्यक्तिलाई बलात्कारी र हत्यारा भनि प्रहरी प्रशासनले नियन्त्रणमा लियो सामान्य तथा सार्वजनिक गरिएको छ । कुनै पनि पत्रकारलाई प्रश्न सोध्ने मौका दिएन । कालो कपडाको बुर्का हाली सार्वजनिक गरियो तर कसलाई गर्यो, अनुहारबाट चिन्न नसकि नामबाट चिनेका थिए दिलिप विष्ट जसको न कही स्थायी रुपले बस्ने ठेगान छ न मन मष्तिष्क ठेगानमा छ, उ लोभी छ एक छाँक खान सय पचास रुपैयाको उसले आजसम्म आसयकरणी सम्म गरेका प्रमाण नभए पनि कुरासम्म सुनिएका छैनन् । उसको दिमाग एक नासको छैन उसलाई मोजमस्ती जवरजस्तीको मतलव नभएको संसारमा जिवित मात्र रहेको देखिन्छ । इमान्दारिता गुमेको बेला विष्ट फेला परेको रहेछ । निकटवर्ति निर्मलाका आफन्त र निकट वर्ती जनताले पनि के कुन कारणले इमान्दारिता गुमाउन पुगे । त्यो अनुसन्धानको विषय रहेको छ, जव जनताले समयमा वाँच गरि दिएन प्रहरीमा लिखित जोहरी दिएन त्यसबेलादेखि प्रहरीमा पनि इमान्दारिता गुम्यो । जव जनता र प्रहरीले आफ्नो इमान्दारिता गुमायो अनि सबैले दुःख पायो । हल्दुखाल बेलौरी, गड्डाचौकी, पुनर्वासका जनताले थाहा नपाउन सक्छन् तर पीडित निर्मलाको घर देखि निर्मलाकी साथीका घरसम्मका जनतालाई त केही संकेत हुनै पर्ने थियो किन भएन निर्मलाको परिवार र पडोसीहरुले पनि उसका साथीकै घरबाट खानतलासी कारवाही गराउनुपर्ने थियो किन गराएन किटानी वा संकास्पद भनेर जाहेरी दरखास्त दिएन कि प्रहरीले लिएन ? त्यसबारेमा स्थानीय निकाय तथा स्थानीय निकायका पदाधिकारी किन मौन रहे ।
आज जनता र प्रहरी स्थानीय निकायका पदाधिकारीहरुले इमान्दारीता गुमाएपछि निरअपराध असंलग्न जनता, व्यापारी, अन्य व्यवसायीहरुले कति दुःख पायो त्यसको पीडा कसलाई थाहा हुनु ? खुकुरीको पीडा अचानोलाई थाहा हुन्छ भनेझै निर्मलाको त विभत्स ज्यान गुमाउनु पर्यो भने कैयौं व्यवसायीहरुले आफ्नो रोजी रोटी गुमाउनु पर्यो, गोलीको पीडा सहनु पर्यो कसको हो त्यो गल्ती के निर्मलाको थियो कि नियतहीन भएका कर्मकाण्डीहरुको यसको इन्साफ र क्षति पुर्ति कसले भर्ने ? गोली लागी उपचारमा रहेकाहरुको खर्च जनताको रगत पसिनाबाट पुर्ति गरे पनि उसका व्यवसायको क्षति तथा अन्य व्यवसायीहरुलाई परेको क्षति कसले व्यवहोर्ने ? कहिको पनि आन्दोलनले इमान्दारिता देखाउदैन । त्यस्तै निर्मला पन्तको हत्याको विरोधमा र अप्रसांगिक अल्पदिमागी दिलिप विष्टलाई हत्या अभियोगमा सार्वजनिक गरेको विरोध जुलुसमा रहेका केहीले भानुचोकदेखि मदनचोकसम्मका सडक विरुवाहरुलाई तोडी भाची फालि दिएका छन् । त्यस्तै हुलमा कुभलो चाहनेहरुले ढुंगामुडा पनि गरेका हुँदा त्यही निहुँमा प्रहरीबाट चलेको गोली लागी कैयौं घाइते भएका छन् । यी सव कुरा प्रशासन प्रहरीको इमान गुमेपछि भएका हुन् । भिड हटाउन गोली हान्नु मात्र एकल उपाय हैन । अश्रु ग्याँस पानीका फोहरा त्यसपछि लाठी चार्ज अनिमात्र हवाई फायर र त्यसबाट पनि नहटे घुडामुनी रवरका गोली हान्ने भन्ने हो । इमान धर्म चारैतर्फबाट गुमेको बेला जनताले पाएको पीडा कहाँबाट पुर्ति हुने ? यो आन्दोलन एक्कासी नभएर सांकेतिक रुपमा घटना भएदेखि नै केही जनता आन्दोलित थिए फलानो भनेर किटान गर्न सकि रहेका थिएनन् व्यक्तिगत रिसीवी किन बोक्ने भनेर अन्तमा यौटा भीड निर्मलाको साथी भनिने बमको घरमा गएकि थिईन त्यो घरमा आगो लगाउने भनि भीड गयो जहाँ प्रहरीले नै बचायो बचाई राखेकै छन् । त्यो घरका सदस्य माथि र उसकी दिदीलाई औपचारिक सोधपुछ छानवीन गरेको भए उसैबाट सही तथ्य आउथ्यो भन्ने जनताको भनाई देखिन्छ र आन्दोलनमा उत्रने कारण पनि त्यही हो सार्वजनिक गरिएको भनिने पत्रकारलाई सोधपुछ गर्न नदिनु जहाँ मुख्य घटनाको प्रारम्भिक संका थियो त्यस क्षेत्रको घर र लास भेटिएको ठाउँको घेराबन्दी सुरक्षामा नराख्नु नै आन्दोलनको जड रहेको थियो । आन्दोलन सिथिल पार्ने तरिका गोली होइन गोली त झन उत्तेजना बढाउने काम गर्ने हो ।
स्थानीय नेता नगरपालिकाका पदाधिकारी, पुर्व सभासद, हालका सभाषद् तथा प्रान्तिय सरकारका सभासद र सरकारले वार्ता इन्साफद्वारा सिथिल पार्ने हो भन्ने कुरा शासकहरु र जनप्रतिनिधिहरुले बुझ्ने र जनता धोकामा परे । चारै तर्फबाट इमान्दारीता गुम्यो पीडित पक्ष पनि तानातान झन दुःखमा रहेका छ । जनता र सरकारको साँझेदारी भयो भने अवश्य खास अपराधी फेला पर्नेछ । सामुहिक बलात्कार प्रमाणित भएको बेलामा हिरासतमा रहेको व्यक्ति पनि थियो भने बताउन सक्छ प्रयोगशालाले सामुहिक बलात्कार प्रमाणित गरी २/३ का अलग अलग सुक्रकिट डिएनएबाट देखिए भने विष्ट एक्लै कसरी हुन सक्छ भन्ने जनधारणा रहेको पाइन्छ । अनुसन्धानको लागि थप व्यक्तिहरुलाई पक्रने प्रयास भइरहेकोछ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *