द्वन्द्ध पीडित तथा एकल महिला विकास केन्द्रको ११ औं वार्षिक साधारण सभा सम्पन्न

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

दिशानिर्देश समाचार/ महेन्द्रनगर,८ भदौ
द्वन्द्व पिडित तथा एकल महिला बिकास केन्द्र महेन्द्रनगर कञ्चनपुरको ११ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । द्वन्द्व पीडित तथा एकल महिला विकास केन्द्र कञ्चनपुरकी अध्यक्ष सीता बोहराको सभापतित्व एवं नेपाल पत्रकार महासंघ शाखा कञ्चनपुरका अध्यक्ष विष्णु अवस्थीको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो । विशिष्ठ अतिथिमा बेदकोट नगरपालिका वडा नं. १ का अध्यक्ष हरि गिरी, संस्थाका सल्लाहकार भवराज रेग्मी
रहेका थिए । त्यस्तै कञ्चनपुरका प्रहरी जवान सपना ऐर लगायत अतिथि रहेका थिए । कार्यक्रममा स्वागत मन्तव्य संस्थाकी कोषाध्यक्ष पार्वती भट्टले राखेकी थिईन । द्वन्द्व पीडित तथा एकल महिला विकास केन्द्रकी उपाध्यक्ष पार्वती भट्टले वार्षिक प्रगति प्रतिवेदन पेश गरेकी हुन् । कार्यक्रमको सञ्चालन द्वन्द्व पीडित तथा एकल महिला विकास केन्द्रकी संयोजक डम्बरी विष्टले गरेकी हुन् ।
यस संस्थाले प्रत्येक वर्ष ५ जनालाई सम्मान गर्ने गरेको छ । यस वर्ष पनि विभिन्न क्षेत्रका व्यक्तित्वहरुलाई सम्मानित गरेको छ । सम्मानित हुनेहरुमा बेदकोट नगरपालिका वडा नं. १ का वडा अध्यक्ष हरि गिरी, रेडियो महाकालीका पत्रकार सरस्वती जीसी, जनसरोकार पोष्ट दैनिकका पत्रकार वीर सिंह ऐर, प्रहरी जवान सपना ऐर, संस्थाका सल्लाहकार भवराज रेग्मीलाई संस्थाले सम्मान गरेको छ ।
यसैगरी प्रहरी जवान सपना ऐरले समाजमा भएका विकृति विसंगतिलाई अन्त्य गरी अपराध न्युनिकरण गर्न आवश्यक पहल कदमी अगाडि बढाउने प्रतिबद्धना व्यक्त गर्दै सबैले आ–आफ्नो क्षेत्रबाट अपराध न्यूनिकरण गर्ने भूमिका खेल्नुपर्ने बताए । महिला हिंसा दिनप्रतिदिन बढीरहेका बेला महिलाले पनि सचेत हुनु जरुरी रहेको उनले बताईन ।
त्यसैगरी कार्यक्रममा यस संस्थाका सल्लाहकार भवराज रेग्मीले सबैसँग सहकार्य गरी प्रत्येक व्यक्तिलाई क्षमता अभिवृद्धि गरी अभियानकै रुपमा अगाडि बढाउनुपर्ने बताएका छन् । त्यसैगरी बेदकोट नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष हरि गिरीले भेदभावलाई न्यूनिकरण गर्ने, १ नम्बर वडा छाउपडी गोठ मुक्त भएको बताएका छन् । समाजमा भएका कुरीतिहरु विस्तारै हट्दै जाने गरेका छन् । नेपाल पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष विष्णु अवस्थीले वेपत्ता परिवारको लागि नयाँ कानून ( मुलुकी ऐन र देवानी संहिता भाद्र १ गतेबाट लागु भएको ऐनमा १२ वर्ष सम्म पत्ता नलागे मृत घोषणा गरी राज्यले दिने सेवा सुविधा सजिलैसँग परिवारले प्राप्त गर्न सक्नेछन् । मिडियाको क्षेत्रबाट गर्न सक्ने सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
त्यसैगरी द्वन्द्व पीडित तथा एकल महिला विकास केन्द्रकी अध्यक्षले एकल महिलाको पीडालाई हातेमालो गरे अगाडी बढ्ने र समस्याको समाधानब तर्फ लाग्ने बताए । पीडितहरुका हरेक मुद्धालाई निश्पक्ष छानविन गर्नको लागि हातेमालो गरेर अगाडि बढने उनले प्रतिबद्धता व्यक्त
गरिन । यस संस्थाले एकल महिलाको हकहितमा सधै अग्रसर भएर लाग्ने गरेको छ । समस्यामा परेका हरेक जो कोही मानिसहरुलाई पनि उद्दार गरी सहयोग गर्ने र जीविकोपार्जनमा सहयोग पुर्याउदै आएको छ । यस संस्थाले जिविकोपार्जनमा सहयोग, छाउपडी प्रथालाई अन्त्य गर्ने विषयमा गम्भिर भएर लागेको छ । बालविवाहलाई निरुत्साहित पारी बाल विवाह हुनबाट रोक्न जनचेतना फैलाउने काम गरेको संस्थाकी अध्यक्ष सिता बोहराले बताईन । समाजमा हुने गरेका विकृति विसंगति, लैंगिक हिंसा, कुरिति कुसंस्कारलाई अन्त्य गर्न सहयोग
पुर्याउनमा ठूलो योगदान दिएको छ । आस्था परियोजना लगायतका विभिन्न संस्थाहरुसँग समन्वय गरी आयमुलक कामहरु गरेको छ ।
बार्षिक प्रगति प्रतिवेदन २०७५ प्रस्तुत
द्धन्द्धपिडित तथा एकल महिला बिकास केन्द्रको खास गरेर एकल महिलाहरुको हकहितमा कार्य गर्ने मुख्य उद्देश्य
रहेकोको छ । मिति २०६५ साल असार ३० गतेका दिन संस्थाको बिधान जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा दर्ता भएपछि संस्थाले बैधानिकता प्रदान गरेको हो । संस्थाका पदाधिकारीहरुले यसै संस्थाको नामबाट कार्यक्षेत्रमा अग्रसर भएको र यस संस्थाको अहिले एघारौ बार्षिक साधारण सभा सम्पन्न भएको छ । यस संस्थाले बिगत १० बर्षमा राष्ट्रिय, जिल्ला तथा स्थानिय स्तरमा एकल महिलाका सवालमा, आवाज उठाउर्दै आईरहेको छ । यसैगरी महिला हिंसाका सवालमा पनि वकालत गर्दै उनीहरुको जिविकोपार्जनको लागि पनि बिभिन्न सीपमुलक तालिमको आयोजना गर्दै आइरहेको छ । विपन्नहरुका लागी जीविकोपार्जन सम्बन्धि सहयोग गर्दै आएको छ । २०७४ कार्तिक १५ गतेका दिन बसेको कार्य समितिको बैठकको निर्णय अनुसार यस संस्थाद्वारा सञ्चालित आस्था परियोजना अन्तरगत सम्बन्धित कायक्षेत्रमा लैङ्गिक हिशां सम्बन्धि भित्तेलेखन गर्न जिल्लामा
रहेका विभिन्न आर्टसहरुमा काटेसन आवहान गर्ने निर्णय गरेको थियो । त्यसैगरी ०७४ कार्तिक २० गतेका दिन बसेको कार्य समितिको बैठकले शान्तिका लागी स्थानीय क्षमता कार्यक्रमका लागी मनोविमर्सकर्ता पदमा शुक्लाफांटा न.पा.९ वस्ने चन्द्र बहादुर सुनारलाइ मनोविमर्सकर्ता पदमा नियुक्त गर्ने निर्णय समेत गरेको थियो ।
०७४ मंसिर ५ गतेका दिन बसेको कार्य समितिको बैठकको निर्णय अनुसार नागरिक आवाज काठमाण्डौ संग बेदकोट र शुक्लाफाटा नगरपालीकामा र आस्था परियोजना लागु भएका बेलौरी बेदकोट र कृष्णपुर नगरपालिकामा महिला हिसां बिरुद्धको १६ दिने अभियान मनाउने र वेदकोट नगरपालीकाको वडा न. १ र २ लाइ छाउपडी प्रथा मुक्त घोषणाका लागी वडा न. १ र २ को वडा कार्यालयसंग समन्वय गरेको थियो । ०७४ पुष ३ गतेका दिन वेदकोट नगरपालीकाको वडा न. १ र २ लाई छाउपडीप्रथा मुक्त घोषणा गरिएको थियो । २०७४ फगुन ६ गतेका दिन बसेको कार्यसमितीको बैठकको निर्णय अनुसार भिमदत्त नगरपालीकामा नमकिन र पापड बनाउने तालीमका लागी प्रस्ताव पेश गर्ने निर्णय गरेको थियो । २०७४ चैत्र ७ गतेका दिन बसेको कार्यसमितिको निर्णय अनुसार शान्तिका लागी स्थानीय क्षमता कार्यक्रममा मनोविमर्सकर्ता पदमा कार्यरत चन्द्र ब. सुनारले पदबाट दिएको राजिनामा स्विकृत गरिएको र पदपुर्तीको लागी आवश्यक प्रकृया अगाडी बढाउने निर्णय गरेको थियो । ०७४ चैत्र १७ गते का दिन बसेको कार्य समितिको बैठकको निर्णय अनुसार शान्तिका लागी स्थानीय क्षमता कार्यक्रममा मनोविमर्सकर्ता पदकोलागी पुर्नवास नगरपालीका वडा न. ४ घ गाउं वस्ने कल्पना लुइटेल वडुलाई मनोविमर्सकर्ता पदमा नियुक्त गर्ने निर्णय गरेको थियो । ०७५ साल बैसाख १२ गतेका दिन बसेको कार्य समितिको बैठकको निर्णय अनुसार शान्तिका लागी स्थानीय क्षमता कार्यक्रम अन्र्तरगत सामुदायिक शान्ति केन्द्र शुक्लाफांटा नगरपालीकामा कार्यरत शान्तिदुत
राजेन्द्र चौधरी, पार्वती पाण्डेय र खेमराज विस्टको राजिनामा स्विकृत गर्दै शान्तिदुत छनोट प्रकृयालाई अगाडी बढाउने निर्णय, ०७५ बैसाख १९ गते का दिन बसेको कार्य समितिको बैठकको निर्णय अनुसार सामुदायिक शान्ति केन्द्र शुक्लाफांटा नगरपालीकामा टिकाराम तिवारी, नवराज जोशी र हिरा नेपालीलाई अन्तरवार्ताद्धारा शान्तिदुत पदमा छनोट गरिएको निर्णय, ०७५ बैसाख २६ गतेका दिन बसेको कार्य समितिको बैठकको निर्णय अनुसार आस्था परियोजनामा सामाजिक परिचालक पदमा कार्यरत मञ्जु चौधरी र शान्तिकालागी स्थानीय क्षमता कार्यक्रममा कार्यक्रम तथा लेखा साहायक पदमा कार्यरत सुस्मा रेग्मीले पदबाट दिइएको राजिनामा स्विकृत गरिएको निर्णय, मिति २०७५ जेठ १ गतेका दिन बसेको कार्य समितिको बैठकको निर्णय अनुसार आस्था परियोजनाकालागी रिक्त रहेको सामाजिक परिचालक पदमा संस्थामा कार्यरत स्वयम सेवकहरु मध्ये अन्तरवार्ताको आधारमा वे.न.पा. १ चम्फापुर बस्ने बिन्दु कुमारी बोहरालाई सो पदमा नियुक्त गर्ने र शान्तिकालागी स्थानीय क्षमता कार्यक्रममा रिक्त रहेको कार्यक्रम तथा लेखा साहायक पदमा आस्था परियोजनामा प्रसासन तथा लेखा अधिकृत पदमा कार्यरत दीपक भट्ट लाइ कार्यक्रम तथा लेखा साहायक पदमा नियुक्त गर्ने निर्णय, २०७५ जेठ ३ गतेका दिन बसेको कार्यसमितिको बैठकको निर्णय अनुसार भिमदत्त नगरपालीकामा ३ दिने बेमौसमी तरकारी खेती तालीमकालागी प्रस्ताव पेश गर्ने निर्णय, सस्थांद्धारा विगत सन, २०१६ जनवरी १ देखी वेदकोट, कृष्णपुर, र वेलौरी नगरपालीकामा संचालित महिलाको प्रगतीमा सामाजिक बाधाहरुको सम्बोधन (आस्था परियोजना) मा सम्पन्न भएको थियो । नागरीक आवाज संगको साझेदारीमा संचालित शान्तिकालागी स्थानीय क्षमता कार्यक्रम अन्र्तरगत बेदकोट नगरपालीका र शुक्लाफांटा नगरपालीकामा जीविकोपार्जन सम्बन्धि २ जना र आपतकालीन राहात सहयोग ४ जनालाई प्रदान गरेको थियो । साथी संस्था काठमाण्डौसंगको साझेदारीमा संंचालित आस्था परियोजनाद्धारा बेदकोट, कृष्णपुर र बेलौरी नगरपालीकामा ४ जनालाई आपतकालीन सहयोग प्रदान गरेको थियो ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *