निर्मला र सन्नीको परिवारलाई १० लाख राहत, निलम्बनमा परे एसपी विष्ट

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

कञ्चनपुरको भीमदत्त नगरपालिका २ की १३ वर्षीया निर्मला पन्तको परिवारलाई १० लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ । पन्तको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै भएको आन्दोलनका क्रममा प्रहरीको गोलीबाट मारिएका सन्नी खुनाको परिवारलाई पनि १० लाख राहत दिइनेछ । शनिबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले गृह मन्त्रालयको प्रस्तावमा दुबै परिवारलाई राहत दिने निर्णय गरेको हो । खुनालाई सहिद घोषणा गरेको
छ । घाइतेहरुको निःशुल्क उपचार गर्ने र अंगभंग भएकालाई आर्थिक सहायता दिइनेछ । साथै निर्मला हत्याबारे छानविन गर्न सहसचिवको नेतृत्वमा बनेको समितिलाई नै गोलीकाण्डबारे पनि अनुसन्धान गर्ने जिम्मेवारी दिएको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोकुल बास्कोटाले जानकारी दिए । सर्वदलीय बैठकले गरेका निर्णयहरुलाई सरकारले सकारात्मक रुपमा लिएको उनले बताए ।
निलम्बनमा परे एसपी विष्ट
यसैबीच एसपी डिल्लीराज विष्टलाई निलम्बनमा परेका छन् । पन्तको बलात्कारपछि हत्या हुँदा कञ्चनपुरमा रहेका उनीमाथि घटनाको छाविनमा लापरवाही गरेको आरोप छ । स्थानीयले उनकै छोराको भूमिका समेत शंकास्पद भएको भन्दै छानविन गर्न माग गरेपछि डीएसपी विष्टले सुनवाई गरेका थिएनन् ।
आन्दोलन चर्किएपछि गृह मन्त्रालयले एसपी विष्टसँगै प्रमुख जिल्ला अधिकारी परिर्वतन र्गयो । तर, आन्दोलन नरोकिएपछि अनुसन्धान पुरा नहुँदासम्म विष्टलाई निलम्बन गर्ने निर्णय भएको छ । यसअघि गृह मन्त्रालयले डीएसपी ज्ञानबहादुर सेटी र मुद्दा फाँटका इन्स्पेक्टर एकेन्द्र खड्कालाई हेडक्वार्टर तान्न प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको थियो ।
बम दिदीबहिनी पक्राउ
आन्दोलन स्थनीयको माग थियो, निर्मला गृहकार्य गएको घरका दिदीबहिनीलाई पक्राउ गर्नुर्पयो । लामो समय प्रहरीले स्थानीयको माग सुनुवाई गरेन । तर, शनिबार बबिता बम र आँचल भनिने रोशनी बमलाई प्रहरीले नियन्त्रणमा लिएको छ । शनिबार नै कञ्चनपुरमा सर्वदलीय बैठक बसेको थियो, जसले आन्दोलन फिर्ता लिन आहृवान गरेको छ । स्थानीय प्रशासनले राजनीतिक दलहरुलाई आन्दोलन फिर्ता लिन आहृवान गरेको थियो । तर, उनीहरुले आफूहरुको आहृवानमा नभई स्वस्फुर्त भएको भन्दै विरोधका कार्यक्रम स्थगित गर्न सबैलाई आग्रह गरेको छ । सर्वदलीय बैठकले मृतकलाई सहिद घोषणा गर्न र पीडित परिजवारलाई उचित राहत उपलब्धि गराउन स्थानीय, प्रदेश र केन्द्र सरकारलाई आग्रह गरेको छ । साथै आन्दोलनका क्रममा घाइते भएकाहरुको निःशुल्क उपचार गर्न र शारीरिक रुपमा अशक्त भएमा जीवन निर्वाहका लागि सचित व्यवस्था गर्न माग गरेको छ । आन्दोलनका क्रममा भएको तोडफोड तथा प्रहरीले गोली चलाएको विषयमा निश्पक्ष छानविनका लागि समिति गठन गर्न गृहमन्त्रालयलाई अनुरोध गरेको छ । कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी शंकरबहादुर विष्टले स्थानीयका अधिकांश माग सम्बोधन भएको भन्दै अब स्थिति समान्य हुने विश्वास व्यक्त गरे ।
कञ्चनपुर घटनाका दोषीलाई कारबाही हुन्छ : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले कञ्चनपुर घटनाका दोसीलाई कारबाहीको दायरामा ल्याउन सरकारले कुनै कसर बाँकी नराख्ने बताएका छन् ।
घटनाका बिषयमा प्रधानमन्त्री ओली र नेपाल कम्यूनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई ध्यानआकर्षण गर्न आएका नेकपाका तर्फबाट कैलाली र कञ्चनपुरका सांसद र नेकपाका केन्द्रीय सदस्यहरुसंग कुरा गर्दे प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।
प्रधानमन्त्री ओलीले घटनालाई सरकारले गम्भिर रुपमा लिएकोले छानविन समिती गठन गरेर काम अघि बढाएको बताएको छ । ‘यस घटनाको आवरणमा हिंसा भड्काउने प्रयास भएका छन् । यसमा सरकार गम्भिर छ ।’ प्रधानमन्त्री ओलीले भने, ‘यस्ता व्यक्तिहरुको पहिचान गरी कारबाही गर्न र स्थितिलाई सहज बनाउन सुरक्षा निकायलाई निर्देशन दिइसकिएको छ ।’
घटनामा आशंका गरिएका व्यक्तिहरुलाई अनुसन्धानको घेरामा ल्याउन र दोषी भए कडा कानुनी कारबाही गर्न प्रधानमन्त्रीको निर्देशन छ । प्रधानमन्त्री ओलीले आन्दोलनको बहानामा व्यक्तिगत र सार्वजनिक सम्पत्तिको तोडफोड गर्नेलाई कानुन बमोजिम कारबाही गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन् ।
‘बालिकाको बलात्कार गरी हत्या गर्ने,आन्दोलनका नाममा तोडफोड गर्ने र हिंसा मच्चाउने सबैलाई कारबाही हुन्छ । यसमा सरकारले कुनै कसर बाँकी राख्दैन ।’ प्रधानमन्त्ती ओलीले घटनालाई राजनीतिकरण गर्नेहरुबाट सजग हुन आग्रह गरेका छन् ।
नेकपाका स्थायी समिती सदस्य भिम रावलको नेतृत्वको टोलीले प्रधानमन्त्री ओली र अध्यक्ष दाहाललाई शनिबार बालुवाटारमा भेटेर घटनाको बारेमा जानकारी गराउँदै दोषी पत्ता लगाउन र कारबाही गर्न माग गरेको थियो ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *