होली खेल्दै गर्दा ट्रकको ठक्कर








बैतडी, २८ फाल्गुन
होलीले चारैतिर उमङ्ग छाएको बेला बैतडी मा भने एउटा बालिका त्यही होलीको कारण मृत्युको मुखमा परेकी छन् । बैतडीको न्वालीमा होली खेलिरहेकी बालिकाको ट्रकको ठक्करबाट ज्यान गएको छ ।
शनिबार दिउँसो १२ बजे बैतडी–दार्चुला सडकखण्ड अन्तर्गत न्वाली गाविसको बितकम सडकमा होली खेलिरहेका बेला दार्चुलाबाट धनगडीका लागि छुटेको ना ७ ख ३२७ नम्बरको ट्रकले ठक्कर दिँदा न्वाली–७ कि १३ वर्षकी हिराकुमारी ऐरीको निधन भएको जिल्ला प्रहरी कार्यलय बैतडीले जनाएको छ ।
ट्रक चालक जपेन्द्र सादउ इलाका प्रहरी कार्यलय पाटनले पक्राउ गरेको प्रहरी प्रमुख प्रहरी नावय उपरीक्षक हेरम्ब शर्माले जानकारी दिनुभयो ।
पुनर्वास नगरपालिका क्षेत्रमा निषेधाज्ञा जारी
दिशानिर्देश समाचार
महेन्द्रनगर, २८ फागुन
भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले स्थानीय गोविन्द गौतमको हत्या गरेको विरोधमा प्रर्दशन जारी भएपछि कञ्चनपुरको पुनर्वास नगरपालिका क्षेत्रमा निषेधाज्ञा जारी भएको छ ।
जिल्ला प्रशासन कार्यालय कञ्चनपुर ले स्थानियले विरोधको प्रर्दशन जारी राखेकोले प्रदर्शन उग्र हुन नदिन निषेधाज्ञा जारी गरेको जनाएको छ । आदेश नहुन्जेल सम्मका लागि पुनर्वास नगरपालिका क्षेत्रमा निषेधाज्ञा जारी रहने प्रमुख जिल्ला अधिकारी मनोहर प्रसाद खनालले जानकारी दिए ।
गत बिहीबार भारतीय एसएसबीले कल्र्भट निर्माण विषयमा भएको झगडगामा अन्धाधुन्दा गोली प्रहार गरि पुनर्वास नगरपालिका ८ का ३० वर्षीय गोविन्द गौतमको हत्या गरेको थिए ।
शनिबार सु्दूरपश्चिमका प्रमुख नाका गड्डाचौकी, गौरीफन्टा सहित कञ्चनपुर, कैलालीका सीमा नाका बन्द गरिएको छ ।
सरकारले गौतमलाई शहिद घोषणा गर्दै परिवारलाई १० लाख राहत दिने, परिवारको एक सदस्यलाई रोजगारीको व्यवस्था गर्ने र बालबच्चालाई निःशुल्क उच्च शिक्षा सम्म पढाउने निर्णय गरिसकेको छ भन्ने समाचार प्राप्त भएको छ ।







