निर्मला हत्याकाण्ड (सबै चम्कने सुन हुदैन)








आत्म हत्या गर्नै पर्ने निर्णय गर्दा आत्महत्याले जे सजिलो ठान्छ त्यही गर्छ, कोही बसको अगाडी झ्वाम्म हाम फल्छन्, कोही रेलको पटरीमा सुति दिन्छन्, कोही डोरी, नदी, विष प्रयोग गर्छन । कोही बाच्न चाहन्छन बसी बसी विना परिश्रम खान खोज्दछन् मर्न चाहदैनन् । ती मध्येका एक हुन दिलिप विष्ट आधा दिमागी कुनै बेला राम्रै कुनै बेला जंगिने । उनी भिनाजु मारेको ज्यान मुद्दामा पनि निरअपराध भएर पनि परिबन्दले अपराधीको सजाय भोगे । आनन्दले जेलमा बस्न र खान खाए । उनको दिमागी पेसाले महेन्द्रनगर उल्टाखाम महुलियामा निर्मला हत्याकाण्डका हत्यारा सावित हुन मन लाग्यो । त्यस्तो व्यक्तिको पत्ता लगाउने सिआईवी प्रहरीलाई धन्यवाद छ । उनको मेडिकल जाँचसम्म भएन । उनी नपुंसक सरह छन भन्ने कुरा उ आफैलाई पनि थाहा छैन । घटनास्थलमा कण्डम फाल्ने देखि नक्कली कार्यहरु भएका छन् भनिन्छ, बलात्कार गर्नेले कण्डम खोज्दैन झन मार्नेलाई त त्यस्तो सामाग्रीको आवश्यक नै पर्दैन । त्यो मूल बाटो हो २ मिनेट पनि बाटो खाली रहदैन, १३÷१४ वर्ष की केटीलाई नचिच्याउने गरी काबु गर्न असम्भव हुन्छ यौटा २÷४ वर्षे बालकले पनि आत्म रक्षा गर्नको लागी दातले टोक्छ रुन्छ कराउछ चिथोर्छ भने त्यो दिलिपलाई सिकारी बनाउनु हास्यास्पद छ । उसको दिमाग ठिक छ छैन मानसिक अस्पतालको विशेषज्ञ चिकित्सकको रोहवरमा परिक्षण लिए हुन्छ उसको टाउको सिटिस्केन गर्यो भने झन प्रष्ट हुनेछ । उसले बलात्कार गरे नगरको मेडिकल साइन्सले पनि बताउन सक्छ त्यस्तो जघन्य अपराध लुकाउनु हुदैन भवितव्य अर्कै कुरा हो कर्तव्य ज्यान अर्कै हो । यदि त्यसलाई अपराधी सावित गराउने हो भने मेडिकल डाक्टर, मानसिक चिकित्सक र पत्रकारहरुले त्यो अपराध स्वीकार गरेको भनिने दिलिप विष्ट सित प्रश्न सोध्न पाउनु पर्यो, उ महिला, केटी माथि आक्रमण गर्ने व्यक्ति हो भनि समाज र माथिको निकायले स्वीकार गर्नु पर्यो ।
बबर शम्शेरको समयको कुरा सबैले सुनेकै होला यौटाको भाई मरेकोले अपुतालिमा एक छत्र हक लिन भाई बुहारीलाई यौटा लुहारको बात लगाएको । सबै तहबाट मुद्दा हारी सकेकी महिला राणा प्रधानमन्त्री सित कराउन गईछन साथमा जेठाजु र लुहार पनि रहेछन् । आईमाईलाई प्रधानमन्त्रीले सोधेछ को सित आएकि छौ अरु को छन साथमा भनेपछि हजुर उनै जेठाउनु र लुहार पनि मेरै पछि पछि आएका छन भनेपछि जेठाजु लुहारलाई बोलाएछन र जेठाजुलाई भने छन् यो लुहार तिम्रो जार भयो हैन भनेपछि हो सरकार भनेपछि जेठाजुको हातमा तलबार दिएछ जारलाई मेरा सामुन्यमा काट भनेर । त्यतिबेला जार काट्ने चलन र नियम थियो, लुहार दुई हातमा टोपी समात्दै भनेछ हजुर मैले त यिनका जेठाजुले म सित डगेकी हुन भनि देउ भनि खर्च दिएकोले भनेको हुँ मैले केही गरेको छैन उनी सुद्ध निर्दोष हुन भनेपछि लुहार र उसको जेठाजुलाई जेल हाली महिलालाई स–सम्मान घरमा पु्र्याई सुरक्षा दिएको थियो । राणा सरकारको पालामा भने आजको न्यायिक कानूनि राज्यमा यस्तो न्याय यस्तो अनुसन्धान, जुन देशको प्रहरी आइजीपी भ्रष्टाचारमा जेल पर्छन, त्यो देशका जनताको मन मष्तिष्क कस्तो भएको होला ?
कति कमजोरी देखियो न घटनास्थललाई प्रहरीले घेरामा राख्यो न निर्मलाका कापी किताव साईकलको सुरक्षित अनुसन्धान गरायो, त्यो साईकलको चैन निस्कने वाला थियो थिएन त्यस बारेमा कहिकतै अनुसन्धान नै नहुनु ठूलो त्रुटी भएको छ । अनुसन्धान त घटनास्थलबाट सुरु हुनु पर्छ घटनास्थलको पहिचान हुनुपर्छ । दिउसै त्यस्तो गरेको थियो भने त्यसपछि दिलिप कहाँ गए कसले देख्यो डिएनए परिक्षण किन गरिएन गरिएको भए किन लुकाई राखिएको छ । सर्वप्रथम त्यो व्यक्तिको उत्तेजना सेक्स शक्तिको परिक्षण हुनपर्ने किन थियो भने त्यो पूर्ण रुपले मानसिक सन्तुलनमा छैन भन्ने सर्वमान्य रहेको पाइन्छ ।







