नेतृत्व विहीनको झलक

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

आज २०४२ सालमा जन्मेको बालक ३३ वर्ष भैसक्यो उसलाई २०४६ सालसम्मको सम्झाना १÷२ कुरा होला बाँकी छैन । देशमा शान्ति सुरक्षाको व्यवस्था कस्तो हुनुपर्छ भन्ने कुरा थाहा होला तर यिनले २०४१÷४२ सम्मको शान्ति शुव्यवस्था र आजको शान्ति सुव्यवस्थाको बारेमा तुलना गर्न सक्दैन त्यस कारण तुलनात्मक हिसावले पनि हाम्रा नवयुवाहरु माझ केही झलक राख्नु पर्ने आवश्यकता ठानेको छु ।
२००७ पुर्व राणाहरुको जहानिया शासन थियो । त्यो शासन २ कारणबाट चलेको अनुमान लगाउन सकिन्छ । प्रथम पारिवारिक शासन राणाहरुमा पुर्ण देश निर्देशित हुनु र देशको दोहन गरी आफैले मात्र मोजमस्ती गर्नु, दोस्रो तर्फ असल नियत अर्थात अरु कसैप्रति विश्वास नगरी स्वयम जंग बहादुर कै तनसन्तानले राज्य सञ्चालन गरेमा जो भाई भतिजाले मनमानी गर्यो उसलाई झिकि प्रमुख प्रधान मन्त्रिकै समिपमा राख्ने एकछत्र राज मात्र होइन एक पारिवारिकको शासन चलेमा राम्रो नराम्रो जे भए पनि देश चलाउन र दवाउन सकिन्छ भन्ने मनसाय भएको अरुले आफ्नो पक्ष लिन्छ कि लिदैन भनि अधिराज्य भरी जहानिया सरकारको सञ्चालन हुँदा १०४ वर्ष पुग्यो प्रजातन्त्रमा त ५ वर्ष भन्दा बढी शासन गर्न कमै पाइन्छ । जे भए पनि राम्रो नेतृत्व भएर टिकएकै भने हुदै होइन ।
जसरी पनि लामो समयसम्म राज्य सञ्चालन गर्ने राणाहरुको नीति थियो जनताको लागी सोचेको भए छिमेकी इष्टइन्ण्डिया कम्पनीको सरकार थियो उनीहरुले भारतीयहरुलाई अनुशासितमा रमाउन खोजे पनि बेग्लै रुपले हेरेकाले लामो समयपछि भारतमा आन्दोलन भयो र अंग्रेजहरु फर्केका हुन् । राणाहरुको नेतृत्व जनताको खातिर भएको देखिएन । जनतालाई शिक्षा र शासनबाट टाढा राखे कै हुन । कुल मिलाएर नेतृत्व असफल थियो तै पनि आफ्नो राष्ट्रप्रतिको इमान धर्म भने अटुट थियो राष्ट्रियताको भारी बोक्न तयार थिए राष्ट्र रहोस राजसंस्था पनि कायम रहोस् भन्ने लक्षणहरु थिए राणा शासकहरुमा ।
राणाहरुले चाहेमा नेपाल कुनै राष्ट्रमा विलय गराउन र राजसंस्था उन्मुलन गर्न सक्थ्यो शासन आफैले गरे पनि राजालाई भने जनताको सामु विष्णुकै अंश भनिरहे सम्मान दिई रहे पनि बन्दी सरहको जीवन जीउन बाध्य पारेकै थिए । विश्वासघात गरेको इतिहास छैन केवल शाहवंश सित ।
अवश्य पनि राजसंस्थालाई फक्रन नदिए पनि वंश सुरक्षित राखेकै हुन पृथ्वीनारायण शाह राष्ट्र निर्माताको कदर गरेकै हुन् । त्यस्तो जहानिया शासनको समयमा पनि देशमा शान्ति सुव्यवस्था कायम थियो भने २००७ सालमा राणा शासनको अन्त प्रजातन्त्रको आगमन भएपछि २०१५÷१६ साल सम्मको अवस्था हेर्दा देश भारतको उपनिवेश भित्र अटाएको नेपाली नेताहरुलाई आफ्नो गफमा लिई नेपालप्रति अहित हुन लागेका लक्षणहरु देखिएकै कारण राजा महेन्द्रले शासन भर आफ्नो हातमा लिई राज्य सञ्चालन गरेका थिए । राणाशासनमा प्रधानमन्त्री प्रधान सेनापति आफै रहने तर राज संस्थामा प्रधानमन्त्रिको छनोट जनताले चुनेका प्रतिनिधिबाट हुने गरेको थियो पंचायत व्यवस्थाको सुधार गर्दै २०४६ सालसम्म पंचायत निर्दलीय व्यवस्था कायम रह्यो भने जनताले चाहेको भनेर २०४६ देखि संवैधानिक राजतन्त्र राजालाई गोवर गणेश मानी शासन जुन नेताहरुको हातमा शासन व्यवस्था आज छ उनकै हातमा थियो तै पनि फलदायी नेतृत्व थियो ।
आज यो देशमा नेतृत्व नभएको झलक देखिन थालेको छ । नेपालको नेतृत्वलाई सहि दिशा तर्फ लैजान सहयोग गर्ने राजा विरेन्द्रको हत्या गरी गराए पनि विदेशीले निर्धक्क भएर नेपालको बारेमा विदेशीले गुरुयोजना बनाउन थाले त्यही गुरुयोजना भित्र हाम्रा केही प्रमुख नेताहरु आवद्ध हुन पुगे । ९०% सभासदहरुको सहभागिता तर जनताको सुन्य सहभागितामा नेपालको संविधान बन्यो, आज वैज्ञानिक तरिकाले पनि गाउँपािलका नगरपालिका बाहेक बीचको प्रदेश सभा प्रदेश मन्त्रिमण्डलको खारेजीको माग निर्माण भएसँगै उठी सकेको छ । पञ्चायतकाल अर्थात राजाको नेतृत्व रहेसम्मको शान्ति सुरक्षाको त अव कल्पना सम्म पनि गर्न सकिदैन । विकासको कुरा गर्दा पनि ७५ जिल्लामा हवाई सर्विस थियो काठमाडौं तातोपानी, विराटनगर देखि बैतडी सम्म सडक पुगी सकेका थिए । ७२ जिल्लामा मोटर बाटो पुगिसकेको थियो देशमा एउटा मेडिकल कलेज स्तरीय थियो विस्तार विस्तार योजनाबद्ध विकास भईरहेको थियो ।
एसियाको पछि पछि दगुरेकै थियो तर राजा विरेन्द्रको वंश नाश हुनेगरी भएको हत्यापछि देशले नेतृत्व पाउन सकेको देखिदैन । प्रजातन्त्रको नाममा जव देश गिरिजालाई दियो गिरिजाको नाम होइनकी नेपालको नाम गिनिजबुकमा लेखियो । विश्वभरीका होटल, कोठी घरमा नेपाली महिलाहरुको बलात्कारपछि हत्या भयो र आत्महत्याको संज्ञा दियो । कही बलात्कारपछि चोरीको अभियोग त कही हत्याको अभियोग लगाई मुस्लिम नवावहरुले नेपाली महिला घरेलु कामदारलाई जेल राखेको छ भने कैयौं हत्या र फासीको सजायमा फसेका छन् । त्यहाँ मात्र हैन स्वदेशका प्रत्येक जिल्ला गाउँमा पनि उमेर नपुगेकी किशोरीको बलात्कारपछि हत्या गरेका घटनाहरुको संख्यामा बढोत्तरी भएको छ । जनता र सरकारका यस्ता काममा नाङ्गिएका छन् ।
जनताले अपराध लुकाउने प्रयास गरेकै छैन हामी भन्न सक्दैनौं । जनतालाई अपराधी थाहा हुन्छ तर खतरा मोललिन चाहर्दैनन् किन कि सुरक्षाको ज्ञारेन्टी छैन । त्यस कुराको प्रमाण हो महेन्द्रनगरमा निर्मलाको बलात्कार पछि हत्या र नेपाली जनताको साँझा सम्पत्ति नगर विकास समितिको जिम्मामा रहेको जनताको साँझा सम्पत्तिको लुटपाट जो तपाई हामी सबैको सामु छ ।
अख्तियार र जिल्ला प्रशासनबाट पनि कारवाही नभएको प्रमाण घटनास्थल आफै बोली रहेको छ । भ्रष्टाचारको सामु कसैको केही चल्दैन भन्ने प्रमाण पनि देखिएको छ । गाउँ गाउँमा योजना बनेका छन्, निर्माणमा उपभोक्ता गठन पनि भएका छन् केवल भागवण्डा बृद्धिको लागी मात्र पहिले कमिसन काम दिने र लिनेले पाउथे भने आज काम दिने र उपभोक्ता समितिले पाउछन् बरु ठेकेदार खाली हात फर्कन्छ । बल्ल बल्लपुजी बचाई पेशा छोड्दै गरेका घटनाहरुबाट प्रष्ट हुन्छ कि भ्रष्टाचार गाउँघरमा पुगी सक्यो जहाँ विकास कामयाप भएको छैन । त्यहाँ झन पुगेको छ । त्यसैले र युवा युवतीहरुले देश छोडदै गएको घटनाले नेतृत्व विहिनको झलक दिई रहेको छ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *