किन बन्यो महेन्द्रनगर वेवारिसे

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

यो शिर्षकबाट सम्झना दिलाउछ यौटा कविता
कैको रैछ:

यो महेन्द्रनगर तिम्रो हाम्रो होईन रैछ
यो महेन्द्रनगर लावारिस रहेछ,
या त डडेल्धुरे वैतडाको रहेछ ।
या बझाङ्ी दार्चुलेको रैछ
यो महेन्द्रनगर उनकै रैछ ।
चुनावको बेला थाहा हुन्छ
थाहा हुन्छ राजनीतिक नियुक्तिमा
कि त थाहा हुन्छ प्रमुख चाड पर्वमा
यो महेन्द्रनगर कसको रैछ ।
यो महेन्द्रनगर महेन्द्रनगरबासीको होइनरैछ ।
यो महेन्द्रनगर पुर्वे पश्चिमेको रैछ
तिम्रो हाम्रो होइन रैछ,
त्यसैले हे युवा वारेस वन
यस नगरीका ।।
उक्त कविता स्वाभिमान कविता संग्रहबाट लिएका हौ । सम्झदै खिन्न लाग्छ, सर्वप्रथम महेन्द्रनगरको नाम मेटी भिमदत्त नगर राख्ने सडयन्त्र गरी राजा महेन्द्रको शालिक तोडियो भीमदत्त राखेर पनि महेन्द्रनगर छदा नघटेका घटना दुर्घटना घटाईदै छन् । मानौं यो महेन्द्रनगर महेन्द्रनगरबासीको नभए जस्तो भयो ।
निर्मला जो १३ वर्षकि बालिका थिईन । गरिव परिवार एकल, बसाईमा रहेकी उनकी आमा साईकलमा सामान बोकी जेनतेन गुजरा चलाई रहेकी । साथी बनाउदा आफै समानका मानिस कि छोरीहरुलाई बनाउनु हामी गरिवलाई धनपतिहरुले हेप्छन हेला गर्छन भन्ने गर्दथिन उनकी आमा सिकाउदा सिकाउदै खै के भएछ कहा किन गईछन किन कसले मार्यो त्यसको गहन सुक्ष्म अध्ययन भैरहेको छ । अव हुने नै छ भन्ने पूर्ण आशा गरौं ।
नगर बासीलाई मात्र होइन कि निर्मलाको बलात्कारपछि हत्या डिएनए रिपोर्टबाट पनि अपराधी त अवश्य प्रमाणित हुने नै छ । त्यसको पीडा संसारभरीका मानव जातीलाई छ । महेन्द्रनगरबासीले सबै झै आफ्ना जनप्रतिनिधि चुनेकै हुन, नगर सरकारको गठन गरेकै हुन कस्तो त्यो नगर सरकार कसको हित गर्दैछ । प्रदेश सरकार थप भएको छ । जनताले शान्ती सुरक्षाको अनुभूति गर्न पाउनुको बदला बालिकाहरुको बलात्कार पछि हत्या भैरहेको छ । नगर सरकार र प्रान्तिय सरकारलाई कुनै वास्ता छैन । सिंहदरबारको अधिकार आफ्नो नगर भित्र बन्दी बनाई पुनः सिंहदरबार कै पर्खाईमा छन । यदि सिंहदरबारकै भरोसा पर्खाईमा रहने हो भने सिंहदरबारलाई किन महेन्द्रनगरमा तानेको ? यौटा सिंहदवारलाई गाउ गाउमा लुछाचुडी गरेर मात्र पुग्दैन स्थानीय र प्रान्तिय सरकारले कर्मनिष्ट भएर काम गर्नुपर्दछ । कम्युनिष्ट मात्र भएर पुग्दैन । यो महेन्द्रनगरको नाम जति पटक बदले पनि महेन्द्रनगर महेन्द्रनगर नै रहनेछ । यसको जिम्मा यहाका युवाले नै लिने छन् । आशा छ पुर्वे पश्चिमे भनिनेहरुका् लहडले यहाको भौगोलिक, ऐतिहासिक, सामाजिक नाम रुपरेखा धर्म संस्कृति बदलिने छैन । आज महेन्द्रनगरमा बलात्कार, हत्या र आन्दोलनको बेलामा प्रहरीमाथि ढुंगामुडा अभद्र उच्छीङ्खल कार्यमा बालबालिका प्रयोग गरी प्रहरीको गोलीको सिकार बनाउनु अदूरदर्शिता क्षणिक स्वार्थ बढुल्ने प्रयास होइन भन्न हामी सक्दैनौं हे युवाहरु हो यो महेन्द्रनगरको शान्ति शुव्यवस्था कायम राख्ने काममा जिम्मेवार बनौं हाम्रा युवा नभएको कुनै गाउ ठाउ छैन सर्वत्र हुदा हुदै फेरी युवायुवती कै हत्या हिंसा हुनु शोभा दिदैन । नेताहरु त जनतालाई फुट गराई आतंकमा फसाई राज गर्ने हुन भन्ने कुरा यही श्रावण १० गते निर्मला हत्याकाण्ड र त्यसपछि प्रहरी गोलीबाट भएको हत्याको पुष्ट्याई गर्दछ । यसो भन्दैमा उनीमाथि जाई लाग्ने होईनकी समयका साथ धैर्यधारण गरी हामीले दिएका मतबाट छानिएका नेतृत्वलाई चिन्ने हो पहिचान गर्ने हो बसाई सरी आएकाहरुलाई महेन्द्रनगरको माया नहोला उनीहरुको जन्मभूमि अन्तहोला यिनबाट जन्मेका युवायुवतीको जन्मभूमी यही महेन्द्रनगर हो त्यस कारण आफ्नो जन्मभूमिको रक्षा गर्ने काम तपाई युवाहरुको हो भने मातृभूमिको सोवा रक्षा गर्ने काम हामी सबैको हो । छिमेकीहरु हास्छन हेव्छन निर्मलाका साथी जस्तै हाम्रा छिमेकी पनि छन छिमेकीको सामुन्यमा आत्म गौरवका साथ हामी रहन सकौं सिकौ आपसी मेलमिलापमा देशको गाउठाउको रक्षामा समर्पित बनौं । नगर सरकारको उपस्थिति गाउ“ गाउ“ टोल टोलमा भएपनि नभए जस्तो छ ।
सबै सिंहदरबार र जनताको दोहन गर्नेमा मात्र तल्लीन देखिने काम गर्नु भएन । तपाईहरुको उपस्थितिमा गौ हत्या बालिका हत्यामा बढोत्तरी किन भयो किनभई रहेको छ । सिंहदरबारको पुरा अधिकार आफैमा हिंसा, बलात्कार, गाई त्याग, आमा बुवाको धर्म संस्कृतिको त्याग किन चली रहेको छ । गहन अध्ययन गरी सुधार नियन्त्रण गरौं ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *