अन्तरात्माको आवाज

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

सनातन शाश्वत ब्रह्मले उत्प्रेरित गर्ने तत्व नै अन्तरात्माको आवाज हुनु पर्दछ । जतिसुकै आवरणमा राखे पनि कुनै न कुनै रुपमा प्रत्यक्ष वा अप्रत्यक्ष त्यो आवाज प्रकट नभई रहन सक्तैन । चलायमान मन दौडी रहन्छ । यसमा गतिरोध भएमा नमन अर्थात मन समाप्त भएर जान्छ । त्यसैका लागि साधना अभ्यास, योग, प्रणायाम ध्यान जान्छ समाधिको अन्तिम विन्दुमा पुग्न संभव छ । तत्वदर्शिहरुले यसलाई शिद्ध गरेर देखाएका छन् । प्रभु कृष्णाको गीता यो सवको सार हो यसलाई आत्मसात गर्न सकेमा कुनै मान पदवी धन दौलतको तृष्णा बाँकी रहदैन, यसमा कुनै द्धिविधा पनि हुन सक्तैन ।
अकस्मात विविध विषय हुँदा हुदै कानूनी राजनैतिक सामाजिक नैतिक विषय ज्वलन्त रुपमा प्रकट भई रहदा यो विषय किन अभिव्यक्त गर्न उत्प्रेरित गर्ने कारक के रहेछ भनि जिज्ञासा हुनु स्वाभाविक रहला त्यसैमा केन्द्रित रहनु उपयुक्त हुनेछ ।
झण्डै १ हप्ता अगाडी बीबीसी नेपाली सेवामा इसाई पाश्चर बनेका केभी रोकाया भन्ने व्यक्तिको अन्तरवार्ता सुरु हुँदा एक क्षण त बन्द गर्न इच्छा भयो तर अलि रोकिदा त आश्चर्यजनक ध्वनि आउन थाल्यो । ति रोकाया अर्थात जाजरकोट जन्मेका खश क्षेत्री नेपाली के कुन कारणबाट इसाई पाश्चर अर्थात अगुवा बन्न पुगेछन् उनी इन्जिनियरिङ्गका प्रिन्सिपल अन्तराष्ट्रिय मानव अधिकार आयोगका सदस्य समेत रहेका डाक्टरको अभिव्यक्तिमा नेपाल
हिन्दुराष्ट्र हुनु पर्दछ कथित उपलब्धि भनेका धर्म निरपेक्षता, संघीयता समेत प्रति उनको घोर विरोध थियो, नेपाल धर्म सापेक्ष हुनु पर्दछ भनि अन्तरवार्ताको आवाज प्रकट भई रहेको थियो ।
मोहनचन्द्र अधिकारी हिंसात्मक राजनीतिको यथार्थ जस्तै थिए, हरिद्वार लगायतका विभिन्न धार्मिक स्थलहरुमा साधनारत भई जीवनको उन्तरार्धमा विवाह गरी गृहस्थि बने । डाँकु रत्नाकर महर्षि बाल्मिकिमा रुपान्तरित हुन्छन् “दुरात्मा पनि एकत्व लिई मुद्रभक्त भो भने ।
साधु हो व्यवसायी छ त्यसको पार लगाउने चाणै त्यो हुन्छ धर्मात्मा सर्वदा शान्ति पाउँछ । पार्थ यो सम्झना राखे झक्त को के विनाश छ”
मानव ह्दय भित्र विराजमान अविनाशी तत्वले समय क्रममा रुपान्तरण गराउँछ नै समयको अन्तराल बढी वा घटी हुन सक्छ तर प्रत्येकको अधिकार यो भित्र पर्दछ ।
“न ज्ञान भो भक्ति न भो विवेक,
आखिर श्रीकृष्ण रहेछ एक”
महाकवि लक्ष्मी प्रसाद देवकोटाबाट रचित जीवनको अन्तिम क्षणमा अन्तरात्माको आवाज थियो ।
यसै अन्तरात्माको आवाज पाउनका लागि विभिन्न परम्पराहरुको प्रादुर्भाव भयो
त्यसलाई धर्म भनेर संवोधन गरियो, विडम्बनाको विषय यो छ कि मानव हत्या र हिंसा सर्वाधिक यिनै कथित धर्महरुका नाममा भएको क्रम अटूट छ, भष्मासूर दानवको पौराणिक कथा प्रतिकात्मक भए पनि चेतना भएको मानव स्वयं भष्मासूर बनेर अन्तरात्माको आवाज समाप्त पार्न यथाशक्य लागि परेको छ । यो दुःखद जस्तो भए पनि रेचन अर्थात ऋबतजबचकष्क भईरहेको छ । अध्यात्मिक जगतमा खास गरी ध्यान साधनामा यसको ठूलो महत्व छ । रेचन नभई ध्यान असंभव जस्तै रहेछ । ध्यान नै शिद्ध नभई अन्तिम लक्ष्यमा समाधिसम्म पुग्न सकिदैन ।
नेपाल आध्यात्मको भूमी मानिएको छ । महात्मा बुद्ध जन्मेको देशमा आज सर्वत्र अनाचार हिंसा र बाहुबली भ्रष्टहरुको बोल वाला छ । एक प्रकार समग्र देशमा रेचन प्रकृया अर्थात भित्र गुम्सिएर रहेका विकार बाहिर प्रकट भईरहेका छन् । स्वार्थ लोभ लालशाको वंशीभूत भएर विभिन्न माध्यमहरुबाट ऐश्वर्यमय जीवनको खोजीमा दौडी रहेको मानव समाज अन्तरात्माको आवाज भूली रहेको देखिन्छ । नैतिक मूल्य र मान्यता रेगिस्तान मरुभूमिमा पानी खोजे झै मृगतृष्णा बनि रहेको देख्दा यसको परिणाम के कुन रुपमा प्रकट होला यसै भन्न नसकिएर पनि यथास्थितिमा रहन सक्तैन त्यो संभव नै
छैन ।
निकट भविष्यमा अकल्पनीय अनपेक्षित दृश्यहरु प्रकट हुने निश्चित छ । आवरणमा रहेका रत्नाकर डाँकुहरु महर्षि नभएरसम्म अन्तरात्माको आवाज नसुनेसम्म शान्त हुने छैन । यो तठस्थ अभिव्यक्ति हो र निजि हो शान्त मनमा उत्पन्न भएका यी भावना अकारण हुन सक्तैनन्, मेरो अन्तरात्माको आवााजबाट यही सुनिन्छ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *