यौटा जिउँदो इतिहास नारायणहिटी भित्र

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

दिशानिर्देश समाचार
महेन्द्रनगर, २ भाद्र
समय परिस्थितिले मानिस संसारलाई कहाँ पुर्याउछ कसैलाई थाहा हुदैन । हामी नेपालको पनि सम्पूर्ण होईन, एक पेज तर्फ मात्र गएर पढ्यौ भने पनि २००७ सालमा प्रजातन्त्र आयो नेताहरुले भने अनुसार २०१७ सालमा गयो फेरी २०४६ सालमा आयो २०४७ मा प्रजातन्त्रको नयाँ घरबार भयो । २०६२/०६३ मा प्रजातन्त्र उजाड्यो लोकतन्त्रको प्रवेश भयो । अवको परिवर्तन कहिले कुन रुपलिएर कहिले हुने हो वा होईन एकिन भन्ने हिम्मत कसैलाई छैन । राजा त्रिभुवन नारायणहिटी दरबाररुपी जेलमा राणा सरकारको अघोषित नजरबन्द जस्तै निरिह जीवन विताई रहेका थिए । पंडित जवाहरलाल नेहरुको अलौकिक षडयन्त्रमा नेपालमा प्रजातन्त्रको बहानामा १९५० को नेपाल भारत मैत्री सन्धी गर्न पुग्यो । पुरानो सन्धी अंग्रेज सित भएको थियो त्यसबेलामा पनि भारत भरी सामान्य परिचय रुपी राहादानीले नेपालीहरु व्रिटिस शासित भारतमा निर्धक्कका साथ रोजगारी गर्न पाई राखेकै थिए आवत जावत अनुसाशित थियो ।
२००७ साल फागुन ७ गते राजा त्रिभुवनले खल्तीबाट यौटा कागज झिकि सार्वजनिक समारोहमा प्रजातन्त्रको घोषणा गर्यो । अव नेपालमा गणतन्त्र हुनेछ भन्ने सन्देश जनताले पाउदा नेताले जे भन्यो रामै्र होला भन्ने हाम्रो परम्परा नै थियो जो बलियो देखियो उसैको गुणगान गाउने बानी पनि पर्दै जाँदा देशमा गणतन्त्र होईन कि प्रजातन्त्र आएछ ।
विदेशी प्रभाव त्यसवेला पनि हावी थियो नेपालको गुह्यि कुरा बुझी राख्न र भारत विरोधी काम कुरा नहुन भन्नलाई पनि निगरानी रेखदेख भैरहनु पर्ने थियो । नेपालमा प्रजातन्त्र ल्याउन भारतको दार्जिलिङ, आसाम, भाग्सु र सिक्किम यू.पी.का प्रवासी नेपालीका साथै भारतमा दरवान र कुल्ली काम गर्न गएका नेपालीहरुलाई तालिम दिएर मुक्ति नामको निर्माण सेना भनी आन्दोलनमा लगाएको थियो पछि त्यही सेना प्रहरीमा बदलि भयो जीवी याक्थुम्बा प्रहरी महानिरिक्षक भए ।
राजा त्रिभुवनका प्रमुख सचिव गोविन्द नारायाण सिंह भारतीय थिए । महत्वपुर्ण निर्णय गर्न नेताहरु भारत नयाँ दिल्ली जान्थे । राजा त्रिभुवन प्रजातन्त्र ल्याई दिनेको फन्दामा परेकाले ठोस निर्णय आफै गर्न सक्ने भएपनि हच्किने गर्दथे । पछि युवराज महेन्द्र र वि.पी. कोईरालाको साँझा प्रयासमा राजाका भारतीय सविचलाई फिर्ता पठायो । प्रजातन्त्रले १० वर्ष नेपाललाई घुमायो अन्तमा राजा महेन्द्रले केवल नेपालको हकहितको लागी उत्तरको पनि सहयोग पाउने आशाले व्यापक परिवर्तन गर्यो नेपालको स्वतन्त्र पहिचान विश्वभरी फैलियो नेपाललाई संयुक्त राष्ट्र संघको सदस्य बनायो । नेपालको सार्वभौम स्वतन्त्र राष्ट्रको पहिचान रहन दिनमा थप मदत पुर्यायो ।
राजसंस्थामा राजाहरुले दुई विवाहा नगर्ने नियम बनाएका राजा महेन्द्रले नै हुन प्रथम विवाहबाट राजा विरेन्द्र समेतको जन्मपछि बडामहारानीको स्वर्ग भयो । बाध्य भएर रत्नराज्य लक्ष्मी देवी सित राजा महेन्द्रको विवाह भयो । उनै मुमावडा महारानी आज सम्म पनि महेन्द्र मन्जीलमा बसी रहेकी छन् । उनको जन्म दिन भाद्र ४ गते भएको सन्तान नजन्माउने प्रतिबद्धता हुँदा नेपालको ढुकुटीबाट नभई चन्दा दानबाट ७५ जिल्लामा बाल मन्दिरको स्थापना गरी शिशु कक्षा सम्म पढाउने उनको इच्छा थियो । बालक प्रति आमाको ममता देखाउन गरेका प्रयास प्रजातन्त्र गणतन्त्रपछि खोसिए ।
नारायणहिटी खोसियो तर महेन्द्र मन्जील खोसिएन, मुमावडामहारानी रत्नराज्यलक्ष्मी देवी शाहले यही भाद्र ४ गते ९१ औं वर्षमा प्रवेश गर्नेछन । यही नै जिउदो नारायणहिटीको इतिहास हो सम्मान गर्नु पर्दछ भन्नु हुन्छ कृष्णानन्द भट्ट । त्यस्तै उहाँले पाउने सुविधा दिनु नेपाल सरकारको अहोभाग्य हो, राज्य सञ्चालनमा रहेकी राजमाताको आज ९१ औं जन्मदिन मनाउन सकिन्छ भने अधिराज्यभरीका बाल मन्दिरहरुले उत्साहजनक अगाडि बढ्नुपर्छ । उहाँले जति मानसम्मान पायो, त्यो नेपाली जनताले पाए सरह हुनेछ । किनभने जेष्ठ नागरिकको हैसियतले पनि सर्वमान्य हुँदा नेपाल सरकारका उच्च पदस्थ पदाधिकारीहरुले जन्मदिनको शुभकामना दिनैपर्ने देखिन्छ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *