गाईगोरु डोर्याउदै मञ्चमा पुर्याउदै

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

दिशानिर्देश समाचार
महेन्द्रनगर, २ भाद्र
चारपाँच दिन पुर्व देखि महेन्द्रनगरको चारैतर्फबाट स्थानीय मञ्चमा आफ्नो घरगोठमा पालिएका गाईगोरुहरु डोर्याएर मञ्चमा ल्याई रहेका छन् । ३/४ दिन पुर्व व्यापकता रह्यो भने आज भोली फ्याट्ट फुट्ट पुर्याई रहेका छन् । शिवधामको बाटो हुँदै गाई बहर बाच्छी ल्याउने ४/५ जनालाई सोध्दा उनी भन्छन् नगरपालिकाले ल्याउ पहाडबाट लैजाने मानिस आएका छन भनेकाले ल्याएका हौ भनेपछि हाम्रो मानिस मञ्चमा गयो बाजुरा पहाडतर्फ लैजान्छौ भनि हजारौ गाईगोरुको बथानबाट छाटी छाटी बाहिर निकाली हरियो रंगको निसान लगाई रहेका थिए ।
आजको समाज के कति विकृति आईरहेको छ यो सबैको सामु छ, सरकारले पनि पशुपंछीहरुलाई पिडा हुने गरी प्रयोगमा ल्याउन नहुने जस्ता सांकेतिक कुरा उल्लेख गरेको छ ।
यदि त्यसैबाट पनि कानूनको प्रयोग गर्ने हो भने यसरी आफूले पालि आएका गाईहरुलाई घाँस पानी नदिएर यो टन्टलापुर घाँममा सुकाएर मार्नु ठूलो अपराध हो, यसतर्फ स्थानीय सरकार तथा नेपाल सरकारको कुनै ध्यान गएको छैन् । यहि भाद्र १ गतेदेखि यसरी पशुपंछीलाई दुःख नदिनु भन्ने सांकेतिक दण्डसजायको कुरा उल्लेख गरेकै छ, जसले पिडा दिनेगरी पशुहरुलाई घरबाट निकाला गर्दछ उसले सजाय पाउनै पर्छ भन्ने
जनधाराण रहेको पाइन्छ । गाईगोरुहरु घरमा पाल्न सक्दैनन् भने सरकारले कडा नियम बनाउनुपर्छ, आजसम्म पालि आएकाहरुको लागि घरबाट छोड्ने हो भने सरकारले प्रसस्त चरन भएको घरेलु पशुको लागि भनेर पहाडी भेगको चुरे पर्वततर्फको जंगल किटान गरी उनीहरुको लागि चरन तथा पानी घाँटको बन्दोबस्त मिलाई संरक्षित क्षेत्र किटान गरिदिनु पर्यो त्यो क्षेत्रको संरक्षणको लागि सेनाका व्यारेकहरु त्यसैतर्फ राख्नुपर्ने देखिन्छ । जंगली जनावरहरुको लागि आरक्ष निकुञ्ज, संरक्षित क्षेत्रको व्यवस्था गरेको छ भने घर पालुवा तर छोडुवा पशुहरुको लागि मानवीय धर्म निभाउनकै लागि भएपनि सरकारले त्यसतर्फ बृहत छलफल गरी व्यवस्था मिलाउनुपर्ने देखिन्छ । गाईगोरु व्यवस्थानको नाममा ७ नम्बर प्रदेशका स्थानीय निकायहरुले करोडौं रुपैया खर्च गरिसकेको छ, यसको खर्चको यथार्थ विवरण पनि सार्वजनिक हुनुपर्ने देखिन्छ भन्नुहुन्छ हरिहर पाण्डेय ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *