हवाई यातायात क्षेत्रको विकास

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

(ङ) नेपालगंज विमान स्थल
मध्य पश्चिमाञ्चल विकास क्षेत्रको बाके जिल्लामा रहेको यो विमान स्थल सुदुर तथा मध्य पश्चिमाञ्चल विकास क्षेत्रका लागि अति महत्वपुर्ण रहेको छ । शुरुमा यो विमान स्थल नेपालगंजका खजुरामा अबस्थित थियो ।
यो विमान स्थल कच्ची अबस्थाको थियो र यसमा डी. सी. ३ विमानसम्म उत्रन सक्यो । पाचौ योजनामा मनिकापुरनिर उपयुक्त स्थानमा एक छुटटै एभ्रो स्तरीय विमान उडान तथा अबतरण हुन सक्ने खालको विमान स्थलको निर्माण कार्यको थालनी भएको थियो । मध्य पश्चिमाञ्चल र सुदूरपश्चिमाञ्चल विकास क्षेत्र अन्तर्गत रहेका विभिन्न हवाई मैदानहरुमा हवाई सेवा सञ्चालन गर्न यस विमान स्थललाई आधार विमान स्थलको रुपमा विकसित गर्ने कार्य भएको छ । विमान स्थल वर्गीकरण अनुसार (ख) वर्गमा परेको यस विमान स्थलमा सिभिल मेन्टेनेन्स वार्ड, कर्मचारी आबास गृह, प्रबेश पथ तथा टर्मिनल भवन प्रायः पुरा गरी विमान सेवा समेत संचालन भैसकेको छ ।
(च) पोखरा विमान स्थल
पश्चिमाञ्चल विकास क्षेत्रको कास्की जिल्लामा रहेको यो विमान स्थल पर्यटन उद्योगको विकासको परिपे्रक्ष्यमा महत्वपुर्ण रहेको छ । विमान स्थल वर्गीकरण अनुसार ख) वर्गमा परेको यो विमान सथल हाल कच्ची अबस्थामा रहेको छ । पश्चिमाञ्चल विकास क्षेत्रको केन्द्रको यस विमान स्थलको हवाई मैदान ५१५० फिट लामो र ५०० फिट चौडा र धावन मार्ग ४७०० फिट लमबाई रु १०० फिट चौडा रहेको छ । यो विमान स्थल बजार नजिक रहेको हुदा नया स्थानमा कमतीमा एभ्रो स्तरको विमान स्थलको विमान उत्रन सक्ने ७५०० फिट लामो धावन मार्गको विमान स्थल कार्यक्रम रहेको छ । यस सन्दर्भमा आवश्यक जगगा अधिग्रहण भैसकेको छ । जोमसोम, बाग्लुङ, आदि हवाई मैदानहरुमा हवाइृ सेवा संचालनमा यस विमान स्थललाई आधार विमान स्थलको रुपमा प्रयोग गर्ने गरिअएको छ ।
(छ) सुर्खेत विमान स्थल
सुर्खेत विमान सथल मध्य पश्चिमाञ्चल विकास क्षेत्रको केन्द्रको रुपमा रहेको बीरेन्द्रनगरमा रहेको छ । यो विमान स्थल पनि २०१७ सालपछि नै निर्माण भएकोछ । पाचौ योजनामा प्रशासनिक तथा अन्य दृष्टिकोणबाट बढी भरपर्दो यातायात सेवा उपलब्ध गर्न एभ्रो स्तरको विमानलाई उपयुक्त हुने खालको एक पक्की विमान स्थल नया स्थानमा निर्माण गर्ने कार्यक्रम संचालन गरिएको थियो । तर सुर्खेत उपत्यकामा प्राबिधिक दृष्टिकोणबाट उपयुक्त स्थान प्राप्त गर्न नसक्ने तथा उपत्यकाभित्र नै नया स्थानमा विमान स्थल निर्माण गर्दा खेतकिो प्रयोगमा ल्याइएका भुमि नै पर्ने भएकोले नया स्थानमा विमान स्थल निर्माण कार्यक्रम रद्ध गरिउको उल्लेख भएको छ । यस विमान स्थलको हालको हवाई मैदान ३६८० फिट लामो र ३०० फिट चौडा रहेको छ । यसको धावन मार्ग ३००० फिट लामो १०० फिट चौडा रहेको ट । यहा टर्मिनल भवनको साथै कमैचारी आबास गृह प्रहरी आबास गृह, ढल तथा पानीको व्यवस्था, संचार तथा उडयन सहार उपकरणहरुको सुबिधा पनि उपलब्ध छ ।
(ज) दिपायल हवाई मैदान
सुदुर पश्चिममाञ्चल विकास क्षेत्रको केन्द्रको रुपमा रहेको दिपायलमा एक सानो हवाइृ मैदान निर्माण कार्य २०१७ साल पछि नै भएको थियो । कच्ची स्तरको यो हवाई मैदान तेस्रो योजना कालमा निर्माण गरिएको थियो । यस हवाई मैदानको कुल क्षेत्रफल १७०० फिट लामो र २०० फिट चौडा छ । धावन मार्गको लम्बाई १४०० फिट र चौडाई १०० फिट रहेको छ । सडक यातायात सुबिधाको अभाबमा यस हवाई मैदानले डोटी जिल्लालाई दुर्गम अबस्थाबाट मुक्तगर्नमा महत्वपुर्ण भुमिका खेल्दै आईरहेको छ ।
१०. शाही नेपाल वायु सेवा निगमले विगत ५ वर्षमा खेलेको भुमिका
नेपालका आन्तरिक हवाई मैदानहरुमा नियमित रुपबाट हवाई सेवा पुर्याउने कार्य शाही नेपाल बायु सेवा निगमले गर्दै अएको छ । नेपालको एक मात्र राष्ट्रिय ध्वजा बाहकको रुपमा यसले बाह्य हवाई सेवा पनि प्रदान गर्दै आएको छ । शाही नेपाल वायु सेवा निगमले स्थापना प्रथम योजना कालमा २०१६ सालमा भएको भए तापनि यसको विकास २०१७ सालपटि नै भएको देखिन्छ ।
शुरुमा यस निगमले आफ्नो सेवा १ वटा डेकोटा विमान र ९७ जवान कर्मचारीहरुबाट प्रदान गरेको थियो । यसको विमान सेवामा सुधार ल्याउन डेकोटा २ वटा र भारत सुकारको सहयोगबाछ डी.सी. ३१ व्टा समेत गरी जम्मा ६ वटा विमानहरु ऋा.व. २०१७।१८ मा उपलब्ध भएको देखिन्छ । पञ्चायती व्यवस्थाको प्रादुर्भाव भएको विगत २५ वर्षको अबधिमा अर्थात् आ.ब. २०४१।४२ मा यस नियमित १० वटा टुइनअटर, ३ वटा एभ्रो तथा २ वटा पिलाटस् पोर्टर विमानहरुको साथै २ वटा मझौला खालका जेट विमानहरु रहेको थियो ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *