बलजफति लिएको सत्ताको अल्यायूमा मृत्यु्

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

तालिवानको तोराबोरोमा अमेरिका बम वर्षक विमानले पहाडलाई नष्ट पारी दिए किनकि त्यो पहाडमा तालिवान लडाकु लुकेको आशंकाको खबर थियो । अफगानमा नयाँ लडाई होइन भक्तिथापा वीर अमरसिंह थापा, वीर बलभद्र कुँवरको समय देखिको हो । अफगानलाई संसारले छोयो । अफगानलाई ध्वस्त पारी आज मित्र भनिने अमेरिका ब्रिटिस राष्ट्रहरु नष्ट पारिएका संरचनाहरुको पुनरनिर्माणाधिनमा छन् ।
नेपालको कुरा गर्दा अधुरो आन्दोलनको नाममा बन्दुकको नोकबाट बनेको नेपालको नयाँ राज्य व्यवस्था माथि विप्लव समूह जसले यो राज्य व्यवस्थालाई स्वीकार्न सकेको छैन । त्यो माओवादीकै हांगा र सिके रावत जस्ता लागी परेका छन् । जनताको सोचाई के छ भने के आफै पनि हामी शान्ति सित बस्न पाउदैनौं ? के गिरिजा प्रसाद कोईरालाको नेतृत्वमा नेपाली कांग्रेस र एमाले सरकारमा भएको बेला मिलोमतोमा राज्य कोषलाई माओवादीद्वारा लुटायो भारतबाट हतियार ल्याउन सघायो ।
राष्ट्रको जनधनको क्षति नेपाली कांग्रेस र एमालेको सहमतिले भयो अझै पनि विप्लव माओवादीलाई अगाडी सारी वर्तमानको सरकारले सहयोग त गरि रहेको छैन ? कृपया त्यस्तो हो भने जनतालाई भनि दिनु पर्यो हामी पनि पासपोर्ट राहदानी लिन्छौं, विप्लव के भन्छन् सुन्नु पर्यो जसरी माओवादी गिरिजाको कुरा सुनी राजा ज्ञानेन्द्र शाहले दरबार परित्याग गर्यो त्यसै गरी तपाईहरुले पनि सत्ता परित्याग गरी सबै पक्ष सित वार्ता गर्ने आँट गर्नु पर्यो । देशमा भएको हत्या हिंसा भ्रष्टाचारलाई कहिले सम्म पाली राख्ने हो संविधान नै फेर्नु पर्ने भए पनि सर्वमान्य बनाई दिनु पर्यो अन्यथा वर्तमानलाई हेर्दा राम्रा लक्षण छैनन् ।
विप्लव नेपाल कम्युनिष्ट सत्ताधारी गठबन्धन, राजा ज्ञानेन्द्र सबैले गोलमेच सम्मेलन गरी नेपालको राज संस्थालाई पुनरजिवित गरेर भएपनि देशको परम्परागत, सनातन धर्म, इज्जत स्वाभिमान, आत्मगौरवका मार्ग बचाई राख्नु पर्यो देशमा एकथरीलाई सत्रुपक्षको आखाले यदि हेर्ने हो भने नेपाल नष्ट भ्रष्ट हुन्छ । एक हजार वर्ष पुर्वको स्थितिमा आउने छ निश्चय पनि हतियार मात्र चलाउन आउने आफगानी तालिवान जस्तै नेपाली जनता हुनेछन् र भुटानी शरणार्थीको जस्तै बाधा मजदूरको जिन्दगी ज्यून बाध्य हुनेछन् । नेपाली जनता हामी निश्चय पनि जति बलवान भए पनि निरिह हुनेछौ । हामी विलाउन बेर लाग्ने छैन ।
आज हामीले हाम्रा परम्परागत मित्र अधिकांश दलित भनिने वर्ग आदिवासी थारु जाती मध्ये केहीलाई हामीले गुमाई सक्यौं १०÷१५ पुस्ता सम्मको इतिहास सर्वत्र थाहा छ थारु तथा अन्य दलितका पुर्खाहरु कोही पनि क्रिश्चियन थिएनन् । आज मकै बोएर कोदो वा फापर कसरी उम्रियो । मानव अधिकार भन्दैमा कसैले प्रलोभनमा दिएर धर्म परिवर्तन गराउनु अपराध हो । ९÷१० वर्ष की बालिकालाई चकलेटको लोभ देखाई बलात्कार गरेझै हुँदा त्यस्तै सजाय धर्मपरिवर्तन गर्ने र बालिका बलात्कार गर्ने दुवै अपराधीलाई बरावर सजायको व्यवस्था हुनु पर्दछ भन्नु हुन्छ, रामदत्त भट्ट । हुन पनि हो उनको कुरामा निकै दम छ थारुहरु चाहे राना होउन या डगौरा कोही पनि क्रिश्चियन थिएनन् आज थारुका नावालकहरुलाई कसले धर्म परिवर्तन गरायो खोज गरौं ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *