दुषित पानी पिउन बाध्य

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

बैतडी, २८ फाल्गुन
जब पहाडतिरको बस्ती थोरै थियो त्यति बेला थोरै पानीले भ्याइन्थ्यिो भने अब जनसंख्या बढ्दै पानीको मुहान सुख्दै गएका कारण पहाडी भेगमा समेत पानीको अभाव हुदै गएको छ ।
बैतडीको शंकरपुर गाविस–९ का स्थानीय बासिन्दाहरु पुस्तौंदेखि कुलोको दुषित पानी पिउन बाध्य छन् । नन्दिना, धुलिधार र कुनेटमा खानेपानीको चरम समस्या हुँदा सय भन्दा बढी परिवारले खोलाको दुषित पानी पिउँदै आएका स्थानीय जय राज अवस्थीले जानकारी दिनुभयो ।
बाजेको पालामा सिँचाइका लागि निर्माण गरिएको कुलोबाटै आएको पानी दैनिक रुपमा प्रयोग गर्न बाध्य भएको नन्दिनाका जयन्ती अवस्थीले जानकारी दिनुभयो । यस्तै कुनेटामा पनि खानेपानीको निकै समस्या भएको स्थानीय हरिदत्त अवस्थीले जानकारी दिनुभयो ।
वडा नं ९ कै धुलिधारमा रहेको एउटा मात्र मूहानमा पनि पानी सुक्न थालेको स्थानीय कृष्णदत्त अवस्थीले जानकारी दिनुभयो । वडा नं ९ का झण्डै एकसय घरधुरी वर्षौंदेखि कुलोको दुषित पानी पिउन बाध्य भएपनि गाविस तथा अन्य सरोकारवाला निकायले कुनै चासो नदिएको स्थानीय बासिन्दाले गुनासो गरेका छन् ।
गाउँ विकासहरुको बजेट कहाँ किन खर्च हुन्छ त्यस गाउँका जनतालाई कहाँबाट कसरी निकासा काग गर्ने भन्ने थाहा हुदैन । गाउँ विकास समितिहरुले योजना बनाउँदा सबै वडाका जनतालाई भेला गराई उपभोक्ता समितिहरु गठन गरेर विकास निर्माणका कामहरुको छनौट गर्नुपर्नेमा त्यहाँ त्यस्तो नभई राजनीतिम पार्टीका कार्यर्ताहरु एकान्त ठाउँमा बसी योजना बनाई अन्तमा फर्फारक समेत गरी सकेका हुन्छन् । हालका अवस्थामा सबै पार्टीहरु मिलेर रकम हिनामिना गर्ने हुदा त्यसबारेमा केही बोल्न स्थानियको नाताले पीडित पक्ष बोल्न सक्तैन त्यसैले गाविस सचिवले विशेष ध्यान दिनुपर्ने देखिन्छ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *