बाबुराम दिनानाथ रोल्पा जेलमा रहे भने राजा नारायणहिटी दरवाररुपी जेलमा

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

राजनीति आफ्नो हित भन्दा अरुको हितमा रमाउछ दृढ हुन्छ दिर्घायु हुन्छ राजनीतिज्ञले अर्काको भलो चहानुपर्दछ र आफू दृढ दिर्घायु रहन्छ । शाहवंशले आफ्नो हित कहिले पनि चाहेनन् । पृथ्वीनारायण शाहले देश निर्माणमा जीवन अर्पण गरे यौटा दमाई कामीकै घरमा खाना खाई उनीबाट नै अर्ति लिई प्रति घरबाट एक एक रुपैया उठाई लडाई लड्ने र नेपाल निर्माण गर्ने अर्ति पाए बमोजिम काम गर्दै जाँदा नेपालको निर्माण भयो । बाहुन ठकुरीलाई मात्र नहेरी चारजात ३६ वर्णको फुलवारी हो मेरो नेपाल भन्ने घमण्ड थियो । दमाई र एक बुढीको अर्ति सिरोधार्य गरी यो देश निर्माण भएको हो । बाबुराम र प्रचण्ड पुष्पकमल दाहाल मिलेर शसस्त्र क्रान्ति गरे अन्ततर्फ आएर यी दुवै जना २ गुटमा विभक्त भए त्यस कारण २०६१ माघ २५ गते बाबुराम र दिनानाथ हिसिलालाई रोल्पाको मिकल गाउँ पुर्याई यौटा २ तले काठको घरमा लडाकुको घेरामा सञ्चारका साधन मोबाईल बेगर राखियो दाया बायाको कोठामा बाबुराम हिसिला अर्को कोठामा दिनानाथलाई राखियो । त्यहाको पिडाबोध तिनै जनाले गरेका थिए ।
राजसंस्थाका पुरै सदस्य नारायणहिटीमा बन्दीको जस्तै जीवन विताई रहेका थिए न बोल्न चाहेको कुरा बोल्न पाउथे न मन परेको आफुले चाहेको कसै व्यक्तिलाई भेट्न पाउथे । प्रचण्डले आफै राजासित भेटी वान टु वान कुरा गर्ने सोच राखे सोझै भारत भक्तिवाला सित भन्दा पुष्पकमल सित भेटवार्ता पनि मन्जुर हुने राजाले ठानी भेटवार्ताको इच्छा भयो दुवैलाई तर बाह्य व्यक्तिहरुको षडयन्त्रले भेट हुन दिएन उल्टै आसे पासे राजासित सरकारमा बसेका कपटीहरुले माओवादीलाई आतंककारी बाटो विराएका भन्ने सम्बोधन राजाद्वारा गर्न लगायो भेटवर्ता चुक्यो षडयन्त्रकारीहरुले चुकायो, राजसंस्थालाई खाल्टोमा पार्न गिरिजाले समेत खाल्टो खन्न लगायो प्रचण्ड र राजा विच बार्ता हुन दिएन ।
पुष्पकमल दाहाल र राजा बीच वार्ता भएपछि तथा राजा महेन्द्र र विपि कोइराला बीच भेटवार्ता राम्रो भई मिलाप भएको भए नेपाल पडौसी देशहरुको तुलनामा द्रुत गतिले अगाडी बढने थियो, आज दुई दशक भन्दा बढी समय भयो केही कुराहरु राजाको इच्छा सित मिल्न गएका छन् भने केही
कुराहरु हेर्नै नसकिने दर्दनाक अवस्थामा पुगेका छन् । सबै भन्दा दुखदायी कुरा छ नेपालको स्वाभिमानमा चोट पुग्नु र न्याय क्षेत्र माथि राजनीतिज्ञहरुले हमला गर्नु । नेपाल त छोडौं विश्वमा कतै नभएको अप्राकृतिक गैरकानूनी आक्रमण तैपनि नेपाली जनताको लागी न्याय क्षेत्रले यस्तो अकरमण्यता सहन गरेकै छन् । उहिलेका प्रधानन्यायाधीश रत्न बहादुर विष्टले राजा महेन्द्रलाई जरिवाना गरेका थिए भनिन्छ भने आजका प्रधान न्यायाधीशहरुलाई क्रमै सित प्रधान न्यायाधीश सुशिला कार्की, गोपाल पराजुली र दीपकराज जोशी माथि नेताहरुको आक्रमण भयो । सर्वोच्व अदालत बारहरु तथा वरिष्ठ वकीलहरुले सहनशीलता अपनाएका छन् । यति ठूलो न्याय क्षेत्रको अपमान हुँदा पनि जोगिएका छन्, सुन्य सहनशीलताबाट ।
दुष्ट प्रवृत्ति भएकाहरुले माओवादीका प्रचण्ड त छदै छैन प्रचण्ड भनेका राजा ज्ञानेन्द्र आफै हुन भन्ने हल्ला गिरिजा, माधव मात्र नभनौं तत्कालिनका एमाले हालको कम्युनिष्ट पार्टी र नेपाली कांग्रेसका सबै नेताहरुले फैलाएकै हुन् । अन्तमा गएर प्रचण्ड पुष्पकमल दाहाल रहेछन् भनि सातै पार्टी दिल्ली दरबारमा गई नेपाल र नेपाल सरकार विरुद्ध १२ बुँदे सम्झौता गरि गिरिजाको नेतृत्वमा नेपालमा १९ दिने आन्दोलन गर्यो ।
नेपाली नेताहरुलाई भारतले सहारा निर्देशन दिएको छ भन्ने कुरा थाहा पाई भारतीय सित झु्क्नु भन्दा आफ्नै जनता सित म पनि झुक्छु दाजु विरेन्द्र पनि नेपाली जनता सित झुकेका हुन् । म पनि जनता सित झुक्छु जे तपाई भन्नु हुन्छ त्यही गर्छु तर म मेरो देश छोड्दिन यहि माटोमा मर्छु यही बाच्छु मात्र राज्य सत्ता जनताको हो जनताको नासो हो जनतालाई फिर्ता गर्छु भनि फिर्ता गरेकोमा जनताले समात्न नसकी अन्तै परेको महसुस आज भइरहेको छ ।
निर्विकल्प नासो आज कहा गयो खोजविनको विषय रहेको छ । माओवादीको द्वन्दले जनता मात्र मारिए नेतृत्व लिन सकेन । देशको लागी लागी परेकै हुन् । आफ्नो नेतृत्वमा देशमा नयाँ आयामको सुरुवात गर्ने भए प्रचण्ड, बाबुराम र विप्लब किरणले एकै लाईनमा उभिनु पर्ने थियो तर त्यो मित्थ्या
रहेछन, बाबुरामले आफ्नो रुप देखियो भने दाहाल आफ्नो अलगै रुप देखायो केवल नेपाली कांग्रेसलाई दमन गर्ने वैज्ञानिक तरिका निकाली गिरिजा र त्यसपछि देउवालाई प्रयोग गर्यो खुट्टामा विझेका काडा काडाबाटै झिके झै गर्यो, अन्तमा ओलीको बुईचढी आफूखुसी पनि गर्ने मौका पाएकै छन् देशको आशा त थियो तर गर्न दिएन भनेर चुपचाप बस्नु बाहेक अरु केही देखिएन ।
हामी कल्पना गर्दै जाऔं, नालापानीको युद्ध नदेखेपनि त्यसबेलाको इतिहासले के बताउछ भने नालापानीको किल्लाभित्र लडाकु सैनिक केटाकेटी, बृद्ध सबैले यो माटोको लागि लडिरहेका थिए । त्यस्तै दृष्य नेपालको द्वन्दकालमा एमाले र कांग्रेसले सिर्जना गराई माओवादीलाई द्वन्दको प्रमुख कमाण्डर बनाएका थिए, हालाकी जव आज उ सित सत्ता छैन भने हुन्छ त्यस्तो १० वर्षे द्वन्द माओवादीका लडाकुहरुका लागि झलक अझै रेकर्डिङ भिडियोमा हेर्ने हो भने त्यतिठूलो द्वन्द राजसंस्थाको विरुद्धमा नगरी नेपालका गुमाएका क्षेत्र नालापानी, सतलज, टिष्टा सम्मको आफ्नो भूभाग फिर्ता ल्याउन लडेको भए विश्व जगतमा केही सार्थक हुन्थ्यो, तर संकीर्ण घेराभित्र रहेर धेरै ठूलो जनधनको क्षति गर्नु उपयुक्र थिएन भन्ने कुरा बुझ्न सकेको छैन् । एउटा सानो कलापानीसम्म पनि आफ्नो भएर पनि प्राप्त गर्न सकेको छैन ।
बाहिरको लागि कमजोर भित्रको लागि मात्र बलियो भएर पुग्दैन ।
हाम्रा विचार त्यत्रो जनयुद्धबाट भएको उपलब्धी २०५ जना सभासदहरुले २०४७ को संविधान बमोजिम इमान्दारीपुर्वक यस्तो संरचना बदल्ने कुरा गरेको भए टेबुलबाटै हुने थियो । तर बाह्य शक्तिले नचाहेको हुँदा त्यस्तो गर्न नसकेको प्रष्ट देखिन्छ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *