बादशाहको नयाँ लुगा

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

आज भन्दा ५५ वर्ष पहिले कक्षा ९ मा अंग्रेजी गद्यको शिर्षक थियो बादशाहको नयाँ लुगा Emperors new clothes अंग्रेजी विषय भित्र राखिएको त्यो कथा त्यस बखत यति गहिरो लागेको थिएन, समय सन्दर्भले नेपालमा घटित विविध परिस्थितिहरुले त्यसलाई साकार रुप प्रदान गरेको मात्र छैन नियन्ताहरुले त्यसबाट कुनै अनुशरण गर्न सकेको देखिदैन किनभने सम्भवतः त्यो कथा नसुनेर होला, सार्वभौम घोषित भनिएका आमसर्वसाधारण भारतमा अंग्रेजको शासन हुँदा चलचित्रमा वर्णित लगान भन्ने पात्रता भने प्रत्यक्ष अनुभूति हुने गरी उत्पन्न भएको छ ।
मौलिक हकका रुपमा कुखुराको अण्डा खोला तरेको घाँसको भारी ल्याएको खाएको सुतेको लगायत श्मशान कर लगाउन पनि पछि नपर्ने गरी तिन वटै सरकारहरु घर घरमा सिंह दरबार पुगेको अनुभुति गराई रहेका छन् । सुविधा सहुलियत प्रशस्त प्रदान गरिएको छ किनभने हामीबाट निर्वाचित भएका हाम्रा लागि भत्ता सत्ता गाडी ‘गाट’ मार्सीको भात विदेश सयल समेतका यथेष्ट सुख ऐश्वर्य प्रशस्तै उपलब्ध भइरहेको देख्दा संविधान सार्थक भइरहेको भनि प्राप्त उपलब्धी रक्षा गर्न पर्ने अर्ति उपदेश भाषण दिनहुँ चण्डी पाठ गरे झै विविध माध्यमहरुबाट सुसुचित गराई हक प्रदान गरेकोमा गद गद भएका छौं, खुबै स्वतन्त्रता र ऐश्वर्य मिलि राखेको हुनाले भूतपुर्व लुटेराहरुलाई इश्र्या हुनु पनि स्वभाविकै हो । त्यसैले लोकतन्त्र खतरामा परेको देख्नु ठिकै हो, भागवण्डामा कमि पर्दा यसो त हुनु नै थियो, ब्वाँसाहरुका रंग फेरिए पनि मनोवृत्ति ब्रहमलूटमा अन्तर नहुनु आश्चर्यको विषय छैन ।
भष्मासूर दानवले आफैलाई समाप्त पारेको पौराणिक कथा साकार हुन लागेको छ । परपीडकहरुको जमातले ३ वर्ष देखि प्राकृतिक विपदले दयनीय बनेका निरीह नेपाली माथि पनि भागबण्डा ब्रहमलूटका प्रहार भइरहेका छन् । पाँच वटा सि.ओ. फेरिएर पुनरावृत्ति भएको छ । अभाव ग्रस्त जनताका नाममा आसेपासे नव सामन्तहरुले लाभ पाईरहेको प्रष्ट देखिदैछ ।
गरीव परिचय पत्र भनेर नवधनाड्य हुने खानेहरु गरीव बनेर राज्यकोषबाट वैधानिक रुपमा लूटको माध्यम बनि रहेका हुनाले आफैलाई तहस नहस पारी रहेको देख्दा समेत चेत नहुनु विडम्बनाको विषय छ ।
ठूला ठूला अभिव्यक्ति आउँछन् तर कार्यगत रुपमा एकपछि अर्को गरी असफलताका चित्र प्रष्ट रुपमा प्रदाशित भई रहदा पनि सदाकाल यस्तै चली रहने हो भने झै एक छत्र असंभव भाखा राख्दै आश्वासनमा कमि भने हुन दिएको छैन । त्यस्तै गर्नु स्वभाविक मात्र होइन अनिवार्य समेत भइसकेको छ, जो छ त्यही त बाहिर आउँछ जो छैन त्यो कसरी प्रकट हुन सक्दछ ।
समाजको प्रत्येक वर्ग राज्यका प्रत्यंगहरु एक पछि अर्को गर्दै धराशायी पार्ने काम
भइरहेका हुनाले आउदो निकट भविष्यले यसमा तिव्रता मिल्ने निश्चित छ । तर यस्ता काल्पनिक बोली भाका बचनले धेरै समय धान्न सकिने
छैन ।
अपराधिक गतिविधि निरन्तर बढीरहेका छन् त्यसमा कुनै कार्वाही सक्षम अनुसन्धान संभव नै हुदैन किनभने केन्द्रमा त सूत्रधार भिन्नै
तवरले गतिमान भईरहन्छन्, रक्षा कवचका रुपमा प्रतिगामीहरुले अवरोध गरे भन्दा पुग्छ ६०१ जनताको सार्वभौम संसद भए पनि दुई अंक नबढ्ने सिमित नियन्ताहरुले पूर्ण रुपमा नियन्त्रित र सञ्चालित गरे गराएको हुनाले बाच्नु छ भने जसो यिनले निर्देशन गरे सोही अनुसार चल्ने वा कटंकाकिर्ण मार्ग रोज्ने सार्वभौम अधिकार राखिएकै छ ।
यस मुलुकमा कथित राजनीति सरल र सुविधाजनक पेशाका रुपमा आएको छ त्यसैले कुनै परीक्षामा पास हुन नपर्ने प्रतिस्पर्धाका रुपमा धनुष्टंकार भएर Yes man, non man हुने विज्ञान जानेको स्थितिमा केही समयका लागी सहज भए जस्तो लागे पनि नसीवले साथ दिए नियन्ता भाग्यविधाताको आसन प्राप्त गर्न सक्ने द्वार खुल्ने छन् । त्यसैले त निहित स्वार्थका लागि आत्म सम्मान भन्ने लवजलाई फ्याक्न सकेको खण्डमा त्यही सफलताको विन्दुमा पुर्याउने पक्का छ ।
पछिको सरकारले गलत गरी देश डुवाएको हुनाले सुधारका लागि समय चाहिन्छ भनि गोयवल्सले बताए झै व्यापक प्रचार प्रसार
निरन्तर भईरहेको छ । राम्रा भन्दा पनि आर्यान संस्कृति र सभ्यता उचाईमा पुर्याउने जाति लिइने भ्रमपूर्ण व्यूह यत्ति जर्जर कमजोर बनि सकेको छ कि निष्टावान देशभक्तहरुका लागि आफ्नै देश परदेश हुने क्रममा वैदिक तिव्र रुपमा मानसिक परिवर्तनका संकेत देखा परि रहेका हुनाले ज्वालामुखीको लावा कति गंभीर रुपमा विष्फोटको प्रारुप पृष्ठभूमि बन्दै छ त्यो त कल्पना भित्र नअटाउने गरी विकसित भएको चेत समयमा आउन नसके यी सूत्रधारहरु पनि सहज रुपमा जिवित रहन सक्नेमा आशंका पैदा गराई दिएको छ । अहिलेका नियन्ताहरुले यो तमाम खतरनाक प्रवृत्तिले यो साल पुरा गर्न सक्नेमा विश्वास
भईरहेको छैन । बादशाहको नयाँ लुगा ठगहरुको खाने साधन मात्र रहेछ भनि अवोध बालकले पोल खोलेपछि सबैले ठिक हो भनि बादशाह त लुगा विहिन नांगै रहेछन् भनि समयमा आत्मवोध हुन नसके हाम्रो छाक थलो पनि शिद्धिन बेर लाग्ने छैन । क्रमशः

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *