अख्तियार दुरुपयोग अनुसन्धान आयोग किन मौन ? साझा सम्पत्तिको अतिक्रमण हुँदै

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

दिशानिर्देश समाचार
महेन्द्रनगर, २६ साउन
दुई वर्ष पहिलेदेखि महेन्द्रनगर नगर विकास समिति अन्तर्गत रहेको नेपाली जनताको नासो साझा सम्पत्तिको हिनामिना गैर कानूनी तरिकाबाट भइरहेकोले कानून बमोजिम वितरण प्रणाली अपनाईनु पर्ने हुन्छ तर महेन्द्रनगरको गुरुयोजना अन्तर्गत बनेका स्थानहरुलाई अन्यथा गरिराखेकोले रेखदेख नियन्त्रण व्यवस्थापन, व्यवस्थित जे गर्नुपर्छ कानून बमोजिम हुनुपर्छ । जहाँ जसको मन लाग्यो त्यहाँ अध्यक्षको नाताले सार्वजनिक सम्पत्ति हिनामिना गर्न मिल्दैन ।
महेन्द्रनगर नगर विकास समितिबाट गैर कानूनी तरिकाबाट वितरण गरेका अथवा राती राती चोरी चोरी बनाएका संरचनाहरु कसरी बने जव कि नगरपालिकाहरुलाई शहरी क्षेत्रमा अनिवार्य रुपबाट नक्सा पास नगराई भवन नबनाउने भन्ने प्रत्यक्ष कानूनमा व्यवस्था छ, कानूनमा यति व्यवस्था हुँदा हुँदै पनि आधा जति जमिन गैर कानूनी तवरबाट वितरण गरेको हो अथवा आफु खुसी गरेका हुन, यसबारेमा तुरुन्त छानविन गरी यथाशीघ्र कारवाही हुनुपर्छ भन्ने व्यहोरा राखी २० जना निवेदकहरुले २ वर्ष पुर्वदेखि महेन्द्रनगर सम्पर्क कार्यालयमा निवेदन दिएको र त्यो निवेदन बुझाएको भर्पाइ समेत राखी सकेको अवस्था समेत देखिन्छ । किन सबै क्षेत्र अपराधिक क्रियाकलापमा मौन रहन्छन् यसको जवाफ जनताले मागेका छन् ।
के नगर विकास समितिका अध्यक्षले आफू खुसी चोरी चोरी राती राती भवन बनाउन लगाउने अनि आफूलाई थाहा छैन भन्नु यो कतिको जायज कुरा होला ? अख्तियार, जिल्ला प्रशासनलाई भनेपछि दुवै क्षेत्रमा थाहा नहुनु यो कति गैर कानूनी तथा कानूनलाई ख्याल ठट्टामा उडाउने प्रवृति हावी भएको छ ।
प्रान्तिय सरकारलाई यहाँका जनताको हार्दिक अपिल छ कि अख्तियार दुरुपयोग अनुसन्धान आयोग सम्पर्क कार्यालय महेन्द्रनगर तथा अन्य निकायले समेत यस तर्फ उचित कारवाही नगरेकोले प्रादेशिक सांसदमा यस्ता खालका भ्रष्टाचारी मुद्दाहरु जयाँ जनताका सम्पत्तिहरु लुटिन लागेका छन, कारवाहीको दायरामा ल्याउनुपर्ने देखिन्छ ।
यसबारेमा नेपालका मिडियाहरु कान्तिपुर, गोरखापत्र, नागरिक, अन्नपुर्ण, नेपाल टीभी, सगरमाथि टिभी लगायतका विभिन्न टिभीहरुले समेत यथार्थ रिपोर्टिङ गरी नेपाल सरकारलाई सही सुझाव दिएर २०२८ सालमा बनेको गुरुयोजना अनुसारको महेन्द्रनगर विकास समितिलाई यथास्थानमा राख्ने व्यवस्था गरियोस भनि नागरिक समाजका अगुवा हरिहर दत्त पाण्डेय, कृष्णदत्त भट्ट समेतले दिशा निर्देश कञ्चन साप्ताहिक मार्फत नेपाल सरकारमा अनुरोध गरेको छ ।
यदि यसरी देशमा कही मानव लासहरु बलात्कार गरेपछि गुपचुप रहेका छन्, अपराधिक परिवारले आफ्नो सदस्यलाई प्रहरी समक्ष दाखिला गर्नुपर्नेमा न अपराधी परिवारले दाखिला गर्यो न यस क्षेत्रका जनताले केही सानसुर्को प्रहरीलाई दिन नसक्दा र नगर विकास समिति क्षेत्र भित्रको जमिन रुपी शव पनि आज वेवारिसे बनेको छ । यसको पोष्टमार्टम हुने कि नहुने महेन्द्रनगरबासी जनताको प्रश्न रहेको छ । जताततै हत्या हिंसा लुटपाटमा सरकारले कारवाही गर्नै पर्छ भन्छन् कृष्णदत्त भट्ट ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *