तिकंर सडकमा जिलेटिन प्रयोग गर्न नेपाली सेना र सडक योजना बीच सम्झौता

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

दिशानिर्देश समाचार
दार्चुला, २६ साउन
तिन बर्ष बढी समयदेखी विष्फोटक पदार्थ अभावमा निमार्ण कार्य रोकिएको दार्चुला तिङ्कर सडक आयोजनाको काम भदौ १ गतेबाट सुचारु हुने भएको छ । डेढ महिना पहिले दार्चुला आइपुगेको विष्फोटक पदार्थ प्रयोग गर्ने सडक योजना र नेपाली सेनाबिच सम्झौता भएसंगै काम शुरु हुने लक्षण देखीएको हो ।
शुक्रबार दार्चुला तिङ्कर सडक र नेपाली सेना दुर्गादल गुल्म दार्चुलाको बीचमा बिष्पोटक पदार्थ प्रयोग गरेर
कार्य सञ्चालनका लागि आवस्यक पर्ने कार्ययोजना तयार भई काम सुचारु गर्ने सम्झौता पत्रमा हस्ताक्षर भएको दुर्गादल गुल्मका गुल्मपती गणेश रावलले
जानकारी दिनुभयो । तिकंर सडक योजनामा प्रयोग गर्न करिब १० टन बिष्पोटक पदार्थ यसअघि नै आएको भएपनि लामो समयसम्म काम गर्नुपर्ने भएको कारण कार्ययोजना बनाएर अगाडी बढ्दा ढिलाइ भएको उनले बताए । विष्फोटक पदार्थ प्रयोग गर्नु सम्बेदनशील बिषय भएको र नेपाली सेनाले लामो समयसम्म आफै परिचालन भई काम गर्नु पर्ने स्थितिमा विभिन्न प्रक्रियाहरु पूरा गर्नु परेको कारण सम्झौतामा ढीलाइ भएको गुल्मपति रावलको भनाइ छ । दार्चुला जिल्ला सदरमुकामदेखी ब्यास सम्मको सडकको ट्रयाक खोल्नु पर्ने दार्चुला तिङ्कर सडकमा हालसम्म व्याँस गाउँपालिकाको केन्द्र सुन्सेरा सम्मको ४० किलोमिटरमा ट्याक खोल्ने काम भएको दार्चुला तिङ्कर सडक योजनाले जनाएको छ । हाल विष्फोटक पदार्थ अभावका कारण दुहूँ गाउँपालिकाको तङ्ले र व्याँसको गाउँपालिकाको विजयपुर भिरमा काम रोकिएको छ ।
नेपाली सेनासँग एक महिनाको कार्ययोजना अनुसार शुक्रबार हस्तारक्षर भएसँगै दार्चुला तिङ्कर सडक आयोजनाको कामले गतिलिने छ । बिष्पोटक पदार्थ प्रयोग गर्नकोलागी ठाउँठाउँमा प्वालहरु बनाउँने लगायतको तयारी भइसकेकोले नेपाली सेना निमार्ण स्थलमा पुगेर बिष्पोटक पदार्थ प्रयोग गर्न धेरै समय नलाग्ने सडक योजनाले जनाएको छ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *