हवाई यातायात क्षेत्रको विकास

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

भाइरस काउन्टर विमान सम्म पनि अबतरण र उडान गर्न नसकिने खालको धावन मार्ग भएको हुदा यस्ता विमानहरु एतार्न सकिने किसिमबाट यसको धावन मार्गलाई ६६०० फिट लामो र १५० फिट चौडा गरी विस्तार गर्ने लक्ष्य दोस्रो त्रि–वर्षीय योजनाले राखेको थियो । दोस्रो योजना कालमा प्रारम्भ गरिएको छडके धावन मार्गको निर्माण तथा विस्तार सम्बन्धी बाकी सम्पुर्ण कार्यहरु तेस्रो योजना कालमा सम्पन्न गरिएको थियो । नेपालको बढरदो विदेशी मुलुकहरु सितको सम्पर्क र पर्यटकहरुको बढदो आगमन तथा विकास कार्य आदिलाई दृष्टिगत गर्दै यस विमान स्थललाई आधुनिक अन्तराष्ट्रिय विमान स्थलमा परिणत गर्ने निधो चौथो योजनाले लिएको थियो । यसको ६६०० फिट लामो धावन मार्गमा ३४०० फिट थप गरी कुल धावन मार्ग १०००० फिट पुर्याउने लक्ष्य अनुसार निर्माण कार्य सम्पन्न भैसकेको हुदा अब यस विमान स्थलमा मझौला खालका जेट विमानहरुको उडान तथा अबतरण सजिलैसित हुने गरेको छ । अन्तराष्ट्रिय तथा राष्ट्रिय दृष्टिकोणबाट अति महत्वपुर्ण रहेको त्रिभुवन अन्तराष्ट्रिय विमान स्थल अधिराज्यको एक मात्र क) बर्गको विमान स्थल हो । –क) वर्ग अनुसार हुनु पर्ने भौतीक पुर्वाधार परिपुर्ती गर्दै लैजाने नीती नुरुप हालको अन्तराष्ट्रिय ट्रमिनल भवन अप्रयाप्त हुदै आएको सन्दर्भमा अन्तराष्ट्रिय ट्रमिनल भवनको लागि माटोको काम पुरा गरियो । यस विमान स्थलको हवाई मैदान १०२०० फिट लामो र ४८७ फिट चौडा रहेको छ ।
(ख) विराटनगर विमान स्थल
पुर्वाञ्चल विकास क्षेत्रको मोरङ जिल्लामा रहेको विराटनगर विमान स्थल देशको दोस्रो ठुलो तथा महत्वपुर्ण विमान स्थल हो । पंचायत व्यवस्थाको सुत्रपात हुनुभन्दा अघिसम्म यो विमान स्थलको धावन मार्ग कच्ची सतरको थियो । सो विमान स्थलमा डेकोटा स्तरको विमानहरुको उडान तथा अबतरण मात्र हुन गरेको थियो । यस विमान स्थलको धावन मार्गलाई विस्तार गर्ने कार्य चौथो योजनाकालमा प्रारम्भ गरिएको थियो ।
हाल यस विमान स्थलको हवाई मैदान ६६८८ फिट लम्बाई र ५२३ फिट चौडाई रहेको छ । साथै यसको धावनमार्ग ५००० फिट लामो र २०० फिट चौडा र कालोपत्र स्तरको छ । यसमा एभ्रो स्तरको विमानसम्म उत्रन सक्ने भएको छ । पुर्वाञ्चल विकास क्षेत्रका विभिनन हवाइृ मैदानहरुमा हवाई सेवा संचालन गर्ने यसलाई आधार विमान स्थलको रुपमा प्रयोग गर्ने गरिआएको छ ।
(ग)जनकपुर विमान स्थल
मध्यमाञ्चल विकास क्षेत्र अन्तर्गतको धनुसा जिल्लाको जनकपुर विमान स्थल २०१७।१८ सम्म उक कच्ची स्तरको हवाई मैदान रहेको थियो । यस विमान स्थलको धावन मार्गलाई पक्की गर्ने कार्य २०१७ सालपछि नै भएको थियो । यसको हवाई मैदान ५००० फिट दामो र ५०० फिट चौडा रहेको छ र धावन मार्ग ३३०० फिट लामो र १०० फिट चौडा रहेको छ । यसमा विभिन्न भौतिक सुविधा र संचार तथा उड्यन सुविधा थप गर्ने कार्य पनि भएको छ । विमान स्थल वर्गीकरण अनुसार यो विमान स्थल –ग) वर्ग अन्तर्गत परेको छ ।
(घ) पश्चिमाञ्चल विकास क्षेत्रको रुपन्देही जिल्लामा रहेको भैरहवा विमान स्थल –ग) वर्ग अन्तर्गत रहेको विमान स्थल हो । आ.ब.२०१७।१८ मा यो विमान स्थल कच्ची स्तरको थियो । यसलाई पक्की गर्ने कार्य दोस्रो योजना कालमा प्रारम्भ भएको देखिन्छ । स्तरीय विमानको अबतरण तथा उडानलाई उपयुक्त हुने किसिमबाट यस बिमान स्थलको धावन मार्गलाई विस्तार गर्ने कार्य चौथो योजना कालमा मात्र भएको थियो ।
यस विमान स्थलको हवाइृ मैदान ६१११ फीट लामो र ५१७ फीट चौडा रहेको छ । धावन मार्गको हकमा यसको लम्बाई ५००० mिट र चौडाई १०० फिट रहेको छ । लुम्बिनी विकास परियोजना पुरा भएपछि यस विमान स्थलको महत्व निकै नै बढ्ने देखिन्छ ।
(ङ) नेपालगंज विमान स्थल
मध्य पश्चिमाञ्चल विकास क्षेत्रको बाके जिल्लामा रहेको यो विमान स्थल सुदुर तथा मध्य पश्चिमाञ्चल विकास क्षेत्रका लागि अति महत्वपुर्ण
रहेको छ । शुरुमा यो विमान स्थल नेपालगंजका खजुरामा अबस्थित थियो । यो विमान स्थल कच्ची अबस्थाको थियो र यसमा डी. सी. ३ विमानसम्म उत्रन सक्यो । पाचौ योजनामा मनिकापुरनिर उपयुक्त स्थानमा एक छुटटै एभ्रो स्तरीय विमान उडान तथा अबतरण हुन सक्ने खालको विमान स्थलको निर्माण कार्यको थालनी भएको थियो । मध्य पश्चिमाञ्चल र सुदूरपश्चिमाञ्चल विकास क्षेत्र अन्तर्गत रहेका विभिन्न हवाई मैदानहरुमा हवाई सेवा सञ्चालन गर्न यस विमान स्थललाई आधार विमान स्थलको रुपमा विकसित गर्ने कार्य भएको छ । विमान स्थल वर्गीकरण अनुसार (ख) वर्गमा परेको यस विमान स्थलमा सिभिल मेन्टेनेन्स वार्ड, कर्मचारी आबास गृह, प्रबेश पथ तथा टर्मिनल भवन प्रायः पुरा गरी विमान सेवा समेत संचालन भैसकेको छ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *