भ्रष्टाचारका सामान्य परिभाषा सरकारलाई चुनौती

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

देशमा यौटा प्रमुख संस्था हुन्छ त्यो हो सरकार । सरकारको सामु ठूलो चुनौती रहेको छ । सरकार भ्रष्टाचार निर्मुल पार्न खोज्दछ तर सहयोगी सभासदहरुले निर्वाचनमा अथाह खर्च गरेकाले पनि भ्रष्टाचार त गर्दैनन् तर बन्च व्यापारीहरु सित दान मागेकै हुन्छन्, कोही कोही सम्पन्न व्यापारीले नमागेर पनि दिएको हुन्छ धनराशी । हाम्रो नजरमा भ्रष्टाचार बढी वर्तमानमा शिक्षा क्षेत्रको विश्व विद्यालयमा भैरहेको छ । दादागिरी पनि विश्व विद्यालयले नै गरी राखेका छन् । वि.वि.लाई त भ्रष्टाचार भनेको थाहा छैन भ्रष्टाचारलाई अधिकार सोचिरहेको छ ।
भ्रष्टाचार बहुरुपी छ (क) एक रुपैया पनि कसैबाट नलिने तर काम समयमा नगर्ने त्यो काम समयमा नगर्दा लाखौं करोडौं र अरवौको क्षति भएको हुन्छ त्यो पनि भ्रष्टाचार हो । जस्तै चमेलिया जलविद्युत आयोजना, मेलम्ची खानेपानी आयोजना, विश्वमा एकै योजना २५ वर्षसम्म चलेको इतिहास नमूना छैन । महाकाली सिचाई आयोजनाले पनि त्यतिवर्ष लगाएन जवकि नहर निर्माण गर्दा टाउकोमा माटो बोकी खनेको नहर महाकालीबाट बेलौरी सम्म पुग्यो । (ख) निर्वाचनको बेला चुनाव जित्न फलानो योजना म बनाई दिउला काम पुरा गरौला सामाजिक सुरक्षा भत्ता, कर्मचारीहरुको तलब बढाई दिउला फलानो पार्टीलाई मत दिनु भनेको पनि भ्रष्टाचार हो । आज काठमाडौंमा सडक विगारेका छन्, तर बनाएका छैनन् ति पनि भ्रष्टाचार हुन, वर्तमानमा स्थानीय निकायहरु मनपरी रुपले प्राकृतिक न्यायको विरुद्धमा रही कर निर्धारण गर्दछन् । उनीहरु त्यो हेर्दैनन् कि सेवाग्राहीले तिर्न सक्छ सक्दैन । स्थानीय
सरकार भैसकेपछि कर्मचारीलाई भ्रमणमा खटाई अनाआवश्यक खर्च गराउनु ।
नेताहरु विना काममा विदेश भ्रमण गर्नु गराउनु देश दर्शनमा जानु उपलब्धी केही नगर्नु, सजिलै सित हुने कामलाई कठिन बनाई दिनु ठूलो रकम लगाई निर्माण गरिदिएका निर्माण कार्यहरुको संरक्षणको व्यवस्था नगर्नु, टुटफुट भएका सार्वजनिक संरचनाको मर्मत नहुनु, स्मारक र स्मारक स्थल सार्वजनिक पार्कको मर्मत सम्भार नगर्नु । जस्तै महाकालीमा निर्मित झोलुङ्गे पुल पुर्व पश्चिम महेन्द्र राजमार्गले मर्मत सम्भार पाएको छैन । परापुर्वकाल देखि चलिआएको सनातन हिन्दुराज्यको विघटन गर्नु, जनताको साझा सम्पत्तिमा आघात
पुर्याउनु । जनताका भावना विपरित जानु पनि जघन्य भ्रष्टाचार हो । भीमदत्त नगरपालिका होस् वा अरु कुनै पनि नगरपालिकाले आफ्नो क्षेत्र भित्र घर बनाउन नक्सा पास गराउनु पर्छ तर गराउदैनन् घर बनाई रहेपनि नगरपालिकाको विरोध हुदैन । खासगरी शहरी क्षेत्रमा भने अवश्य निगरानी हुनुपर्दछ भएको छैन ।
देशमा हजारौं हजारको ज्यान लिई देश आतंकित भयो त्यस्तो अवस्थाको सुरुवात गरी साँझा सम्पत्ति वितरण गर्नुपर्ने बाध्यता जस्ले पुर्यायो त्यहाँ
भ्रष्टाचारी र भ्रष्टाचार । आज महेन्द्रनगर विकास समितिले नेपाल सरकारको मिलोमतोमा साँझा जनताको जमिनमा राती राती भवन बनाउन लगाएको छ । जती कराए जति सुनाए पनि कारवाही भैरहेको छैन त्यो हो भ्रष्टाचार ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *