नेपाली कांग्रेस दिगभ्रमित भएको छ,विज्ञहरुले सहयोग गर्नुपर्छ








हरेक युगमा पनि समय परिस्थिति एकनास रहदैन । ध्रुवसत्य कुरा हो । राजा हरिचन्द्र, राजानल, मर्यादा पुरुष श्रीरामले व्यहोरेका दुःख पीडा आज सम्म चित्रण गरिएका छन् तर जनताको अवस्था कस्तो रहेको थियो भन्ने कुराको चित्रण गरिएको छैन । केवल राम बनबास जादा लक्ष्मण, भरत र रामप्रति जनताको विलापसम्म चित्र गरियो त्यसपछिका जनताको के हाल भए थाहा छैन ।नेपालको अवस्थाको चित्रण गर्ने हो भने २००७ सालमा जवाहरलाल नेहरुले ठूलो र छिमेकी देशको नाताले नवउदयको उमंगमा नेपालमाहात हाल्यो बन्धनरुपी दरबार भित्र रहेका राजा त्रिभुवनलाई राणाहरुकोजहानिया शासनबाट मुक्त गराउने निहुँमा प्रपन्च रचियो न त्यो राणा सरकारले बुझ्यो न राजा त्रिभुवनले । युवराज महेन्द्रले पनि दिल्ली पुगी नेहरु र राजा त्रिभुवनको सहमतिपछि बुझ्यो के गर्थे उनी सकेसम्मको सबैथोक गर्यो नेपाल भारतकै अंग हो भन्ने संयुक्त राष्ट्र संघमा भएका बहसको चीरफार गर्यो नेपालको पहिचान चौतर्फी रुपले राख्ने काम गरेका हुन, अन्तमा विश्व सामु नेपाललाई चिनाएर गए उनी साच्चै देश भक्तराजा थिए ।
२००७ सालदेखि २०१७ साल मंसिरसम्मको अवस्थालाई अध्ययन गरी त्यसपछि पनि २०१७ देखि २००३३ सालसम्म नेपालका राजाले गरेका हरेक कामको गहन अध्ययन गरी २०३६ सालको जनमत संग्रह गराउने तर्फ किन लागे भने जनमत संग्रह नगराएरै सत्ता, व्यवस्था परिवर्तन गरेमा बलजफती जनभावना विपरित गर्यो भन्ने मुद्दा रहने एक तर्फ थियो भने राजा महेन्द्रको कदम सहि थियो ।
अन्तमा राजा महेन्द्र र विपी कोईराला दुवैको कदम सर्वोपरी रहे पनि नेपालको हित देख्न नचाहने वर्गहरुबाट राजसंस्था र वीपीको नीति अनुसार ने.का. तथा अन्य नेताहरुलाई चल्न दिएन । प्रजातान्त्रिक भन्ने कि कमजोर कुटनितिज्ञहरुको नेतृत्वमा फसेको ने.का. भन्ने अन्तमा गिरिजा प्रसाद कोईरालालाई एमाले माओवादीले प्रयोग गरी देशको अवस्था आतंकित भ्रष्टाचार भई मात्र होइन कि कानूनको धज्जी उडाई आफैले बनाएको संविधान आफैले जलाएर जादा एमाले लगायतका सात पार्टीहरुले हासी हासी समर्थन गरे ।
त्यही दिनदेखि मात्र होइन कि २०४७ को संविधानले निर्देशित गरेको निर्वाचित प्रथम प्रतिनिधि सभालाई विघटन गरेकै मितिमा अस्थिरताको विउ रोपी चरम विन्दुमा भने प्रधानमन्त्री शेर बहादुर देउवाद्वारा सांसद भंग गराई आफूले रत्नपार्कमा सांसदको बैठक बसाल्नु नै यस देशको दुर्भाग्य हो । आज अन्जानहरु तथा योजनाकारहरु जैजैकार गर्दैछन् ।
नेपाली कांग्रेसमा पनि अरु राप्रपा जस्तै अन्य पार्टीमा भएको घृणित फुटझै ने.का.मा पनि छ केवल शेर बहादुर देउवालाई तल पारी सके हुन्थ्यो भन्ने काल्पनिक सोचमा डुवेका छन् त्यो गलत हो । राजनीति मात्र यौटा संस्था हो कसैको विश्वास नगर्नु पर्ने । चारैतर्फबाट ने.का. लाई सिध्याउने खेल भई रहेको कुरा बुझ्नु पर्ने देखिन्छ ।
लापरवाही केही नयाँ कुरा गर्न नसक्ने हिम्मत हारा पार्टी भए पनि अवश्य पनि प्रजातान्त्रिक पार्टी थियो केवल जनतालाई नसोधी जनताको आस्थाको केन्द्र हिन्दु राष्ट्र तथा राजसंस्था निलम्बन गरेको काम नै असह्य भएको छ । जनता के गर्न सक्छन प्रजातान्त्रिक हुँ भन्ने पार्टी नै हतियारधारी क्रान्तिकारी पार्टीको गुलाम बन्न पुग्यो । जनताको भावनाको कदरको ठाउँमा चोट पुर्यायो । सरकारमा भएको बेला वा नभएको बेलामा जनताको रक्षा गर्न नसकेको कारणले आज देश र जनताको अवस्था दर्दनाक भएको छ । दिगभ्रमित भएको छ । दिगभ्रमित भएको ने.का.लाई बाटोमा ल्याउन राजनीतिक विज्ञहरुको आवश्यक परेको छ । क्रान्तिकारी पार्टीहरुले कर्मनिष्ट हुन नसके पनि आफ्नो लक्ष्यमा डगमगाएको छैन । जे गर्न मन लाग्यो त्यो गरेकै छ । नेपाली कांग्रेस सित रहेका विज्ञहरु केवल भए पनि नेपाललाई स्वाभिमानका साथ बाच्न नपाउने षडयन्त्रमूलकका विज्ञहरु हुन्छन् । त्यसमा पनि जो सही खालको दिशानिर्देश गर्न चाहन्छ उ सित नेपाली नेताहरु वास्ता गर्दैनन् ।
जसले आफ्नो विस्तार नीति देखाउछ उसको कुरा बुझ्दैनन् । राजीव गान्धी तथा मोदीको नीति नेपालप्रति अलग धारणा छ तर बुझ्न सकेको छैनन् ।
नेपालको बारेमा मोदीले केही बोलेमा हस्तक्षेप भनिने नभनेर नबुझ्ने । हिन्दुराष्ट्र र धर्मको बारेमा मुस्लिम लेखिका तसलीमा नसलीनले लेखेकी छन् हिन्दु धर्म ५ हजार वर्ष भन्दा पनि पुरानो हो । यो नष्ट हुनेछैन यो धर्म हमेसा रहनेछ । हिन्दुधर्मबाट नै अरु धर्मको उत्पत्ति भएको मनसाय व्यक्त गरेकी छन् भने नेपाली कांग्रेसले हिन्दुराष्ट्रलाई नष्ट गरी राजसंस्था हटाउनमा जून निर्णायक भूमिका खेल्यो त्यो देश र जनताको हितमा थिएन छैन
रहने छैन । त्यस्तै राज संस्था माथि जुन संहार भयो त्यो गिरिजा प्रधान मन्त्रि, प्रजोल समशेर जवराको पालामा भएको थियो दर्दनाक घटनाले आज सम्म देशलाई सर्ताइ रहेको छ ।







