भन्सार बृद्धि गर्दैमा व्यापार घाटा हटदैन

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

भारतबाट आयात हुने कृषि जन्य र केही अरु औद्योगिक उत्पादनमा भन्सार लगाउने सहमति नेपाल मागि रहेको छ । त्यो केही हदसम्म त ठिक छ तर नेपाल भारतको व्यापार घाटा त्यतिमा मात्र सिमित छैन । जव नेपालका उद्योगहरु विक्रि गरी बन्द गरिए त्यसपछि पनि निर्माण सामग्रीका केही उद्योगहरु खोलिए पनि कच्चामाल बाहिर बाटै ल्याउनु पर्ने उत्पादन बस्तु निकासी मूलको नभई घरेलुमा खप्ने गरेकोले नेपालले व्यापार घाटा कम गर्न सकेन । भारतबाट आयात हुने उल्लेखित बस्तुमा भन्सार लगाउने हो भने भारतले पनि उत्पादित बस्तु निकासी बन्द गराई दियो भने झन अपठ्यारो पर्न जाने छ । बन्द नगरे पनि नेपाल तर्फ आउने सामानमा केही कमि गरेमा फेरी उस्ताको उस्तै । नेपाल भारतको व्यापार घाटाको लगत पुर्ण रुपले राख्न सकिदैन झोलीझुम्टा तथा सिमा वर्ति जनताले केही सामग्री भन्सार न तिरेर पनि ल्याउने गरेका छन् । नेपाल सरकारले व्यापार नीति त्यति राम्रो छैन । नेपाली जनताको उत्पादन निकासी सुविधाजनक नहुने, जस्तो कि नेपालबाट अदुवाको कारोबार बढी भएका समाचार हमेशा सुनिने गर्थे, अलैची अदुवा, जडीबुटी निकासी भई रहन्छ तर सबैमा अवरोध उत्पन्न गरी भारतीयहरु जान दिदैनन् ।
हामी आफ्ना खेत बाझा राखी भारतबाट र अन्य क्षेत्रबाट अन्न आयात गर्छौ जव नेपाल कृषि प्रधान देश मात्र होइन जलश्रोतको पनि नेपाल धनी छ तर पानी खोलामा जान्छ भारतले त्यही पानी प्रयोगमा ल्याई विजुली उत्पादन गरी नेपाल सित विक्रि गरेको छ । नेपालमा जलविद्युत आयोजनाको लागी नेपाली जनता लगानी लगाउन तयार छन शेयर खरीदको लागी १० लाख दिएमा ५०÷६० राखी बाकी रकम फिर्ता दिने गरेका घटनाहरु हामी सित रहेका छन् । नेपालका पहाड कुना कन्दरा सबै रित्ता छन फलफुल खेतीद्वारा प्रसस्त आम्दानी हुन्छ निकासी गर्न लायक नभएका होईनन् तर यहा“का किसानलाई कुनै सुविधा दिएको पाईदैन ।
कहिल्यै न सडने नगल्ने खेती नेपालको लागि अति उत्तम कपास खेती रहेको छ । कपास विश्वभरीका जनता व्यापारीहरुले चाहेका छन् । आपुर्ति हुन सकेको छैन । सुति धागोबाट बनेका कपडाको ठूलो डिमाण्ड रहेको छ । त्यसकारण कपास पहाडी तराई पहाडी सबै भागमा हुन्छ तसर्थ यसको कपास उत्पादनमा जोड गर्न कपास विकास कम्पनी अथवा नेपाल सरकारकै कपास विकास अनुष्ठान खडा गरी सजिलै सित खेती गर्न सकिने हुनाले विदेशीका हाम्रा युवाहरुलाई स्वदेशमा बोलाई उनीहरुलाई तथा देश भित्रै रहेका नेपालीहरुलाई समेत संलग्न गराई खेती योग्य जमिन छानेर उपलब्ध गराई तुरुन्त कपास खेतीको साथै देशका एक दुई ठाउमा धागो कारखानाको स्थापना गरी विश्व बजारमा धागो तथा कपास पुर्याउन सरकारले बजारको खोज समेत गरी विदेशी राष्ट्रहरु सित धागो निकासीको लागि खरिद गरिदिने भन्ने सम्झौताहरु गर्नुपर्ने जरुरी देखिन्छ । यदि यो हिसाबले सुविधाजनक ठानेर आफूलाई उपभोग गर्नलाई चाहिने सामग्री विदेशबाट आयात गर्ने र अन्तमा आफैपनि विदेशिने हो भने नेपालमा बसेको कुनै अर्थ हुदैन । विश्वसामु हामीले हाम्रो शीर ननिहुरिने गरी आत्मनिर्भर बन्नुपर्ने बाध्यता रहेको छ । आज भन्दा २÷३ सय वर्ष पुर्व नेपाल आत्म निर्भर थियो, स्वतन्त्र थियो । तर आज उही देश हरेक कुराको परतन्त्रमा गएको छ । न आत्म निर्भर गर्न सक्यो, न आफ्नो स्वाभिमान बचाउन सकेको छ । तामा, सुन, फलाम फल्ने आज बाझो भएको छ भन्ने कुरालाई हाम्रा जिम्मेवार नेताहरुले सोच्नुपर्ने आजको आवश्यकता रहेको छ ।
साझा देशको साझा सम्पत्ति समेत विक्रि गरेर भाडामा लगाएर या विदेशीबाट दानमा लिएर, विश्व बैंकहरुबाट ऋण लिएर नेपाल भित्रिएको रकममा देश निर्माणको नाममा ठेका पट्टाको अथवा निर्माण सम्बन्धि काम गरेको देखाई त्यसैको कमिशनमा राष्ट्र रमाउने हो भने हाम्रो भन्नु केही छैन नत्र कसै राष्ट्रबाट भीख मागेर होइन बरु विश्व बैंकहरुबाट या कुनै मित्र राष्ट्रबाट ऋण लिएर विकास निर्माणको काम गर्दा नेपालको शीर झुक्ने छैन, तसर्थ यी साना साना कुरामा पनि महत्वपुर्ण तरिकाले नेपाल सरकारले विश्लेषण गरि हेर्नुपर्ने हुन्छ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *