पाटन नगरपालिकाद्वारा छाडा पशुको व्यवस्थापन सुरु

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

दिशानिर्देश समाचार
बैतडी, १९ साउन
बैतडीको पाटन नगरपालिकाले छाडा पशुचौपायाको व्यवस्थापन गर्न थालेको छ । छाडा पशुचौपायाका कारण पाटन बजार दुगन्धित हुन थालेपछि नगरपालिकाले छाडा पशु चौपाया व्यवस्थापनको काम शुरु गरेको नगरप्रमुख केशवबहादुर चन्दले बताऐ ।
पाटन नगरपालिकाले छाडा पशुचौपायलाई व्यवस्थापन गर्नका लागि तेश्रो पक्षसंग सम्झौता गरेर जिल्ला बाहिर पठाएको नगरप्रमुख चन्दले बताउनुभयो । बजारमा छोडिएका छाडा पशुचौपाया संकलन गरेर ४२ ओटा पशुचौपायालाई शुक्रबार जिल्ला बाहिर पठाइएको नगरपालिकाले जनाएको छ ।
त्यसैगरी कञ्चनपुरमा पनि छाडा पशु चौपाया व्यवस्थापनमा ढिलाई भएको छ । भीमदत्त नगरपालिका बजार क्षेत्रमा रहेका छाडा पशु चौपाया सडककै छेउछाउमा हुने हुदा दुर्घटना हुने गरेका छन् । यसलाई न्यूनिकरण गर्न नगरपालिकाले छिटो भन्दा छिटो व्यवस्थापन गर्नुपर्ने देखिन्छ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *