धार्मिक स्थल वा पवित्र मानिएको स्थानलाई क्षती पुर्याउन नहुने

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

परिच्छेद–९
१५५. धार्मिकस्थल वा पवित्र मानिएको स्थानलाई क्षती पुर्याउन नहुने ः १) कसैले कुनै जात, जाति, समप्रदाय वा वर्गको धार्मिक आस्था वा धर्मको घृणा गर्ने वा अपमान गर्ने नियतले वा सो हुन सक्छ भन्ने जानीजानी कुनै धार्मिक पुजा, प्राथना वा कर्म गर्ने स्थान वा पवित्र मानिएको कुनै स्थान, वस्तु, मशानघाट वा चिहानलाई हानि, नोक्सानी वा क्षति पुर्याउने वा कुनै किसिमले दुषित गर्न, बिगार्न, फोहोरमैला गर्न वा यस्तै अन्य कार्य गर्न हुदैन ।
२) उपदफा १) बमोजिमको कसुर गर्ने वा गराउने व्यक्तिलाई तीन वर्षसम्म कैद र तीस हजार रुपैयासम्म जरिवाना हुनेछ ।
३) बिदेशीले उपदफा १) बमोजिमको कसुर गरे वा गराएको रहेछ भने उपदफा २) बमोजिमको कैद भुत्तान भएको सात दिनभित्र निजलाई नेपालबाट बाहिर पठाउनु पर्नेछ ।
१५६. धार्मिक भावनामा आघात पुर्याउन नहुने ः १) कसैले लेखेर, वचनले वा आकार वा चिहनद्धारा वा अरु कुनै किसिमबाट कुनै जात, जाती सम्प्रदाय वा वर्गको धार्मिक भावनामा आघात पुर्याउन हुदैन ।
२) उपदफा (१) बमोजिमको कसुर गर्ने वा गराउने व्यक्तिलाई दुई वर्षसम्म कैद र बीस हजार रुपैयासम्म जरिवाना हुनेछ ।
१५७. धार्मिक रीतिस्थितीमा बाधा पुर्याउने नहुने ः १) कसैले सनातनदेखी अपनाउदै वा चली आएको अरुको धार्मिक रिती स्थितीमा जानीजानी बाधा पुर्याउन हुदैन ।
२) उपदफा १) बमोजिमको कसुर गर्ने वा गराउने व्यक्तीलाई एक वर्षसम्म कैद वा दश हजार रुपैयासम्म जरिवाना वा दुबै सजाय हुनेछ ।
१५८. धर्म परिवर्तन गराउन नहुनेः १) कसैले कसैको धर्म परिवर्तन गराउन वा सो कुराको उद्योग गर्न वा दुरुत्साहन दिन हुदैन ।
(२) कसैले कुनै जात, जाति वा सम्प्रदायमा सनातनदेखी चली आएको धर्म, मत वा आस्थामा खलल् पार्ने कुनै काम वा व्यवहार गर्न वा गराउन हुने गरी कुनै प्रलोभन देखाई वा नदेखाई अन्य कुनै धर्ममा परिवर्तन गराउन वा धर्म परिवर्तन गराउने नियतले त्यस्तो धर्म वा मत प्रचार गर्न हुदैन ।
(३) उपदफा (१) वा (२) बमोजिमको कसुर गर्ने वा गराउने व्यक्तिलाई पाच वर्षसम्म कैद र पचास हजार रुपैयासम्म जरिवाना हुनेछ ।
(४) उपदफा (१) वा (२) बमोजिमको कसुर गर्ने वा गराउने व्यक्ति विदेशी रहेछ भने त्यस्तो व्यक्तिलाई यस दफा बमोजिम भएको कैद भुक्तान गरेको सात दिनभित्र नेपाल बाहिर पठाउनु पर्नेछ ।
१५९. हदम्याद ः दफा १५८ अन्तर्गतको कसुरमा त्यस्तो कसुर भएको थाहा पाएको मितिले छ महिना र यस परिच्छेद अन्तर्गतको अन्य कसुरमा त्यस्तो कसुर भएको मितिले तीन महिना नाघेपछि उजुर लाग्ने छैन ।
परिच्छेद–१०
भेदभाव तथा अन्य अपमानजन्य व्यवहार सम्बन्धी कसुर
१६०. भेदभावपुर्ण व्यवहार गर्न नहुनेः (१) कानुनमा अन्यथा व्यवस्था भएकोमा बाहेक कानुन बमोजिम अधिकार प्रयोग गर्ने अधिकारीले त्यस्तो अधिकार वा सामान्य कानुनको प्रयोग गर्दा उत्पत्ति, धर्म, वर्ण, जात, जाति, लिङ्ग, शारिरीक अबस्था, अपाङ्गता, स्वास्थ्य स्थिती, वैवाहित स्थिति गर्भावस्था, आर्थिक अबस्था, भाषा वा क्षेत्र, बैचारिक आस्था वा यस्तै अन्य कुनै आधारमा कुनै पनि नागरिकमाथि जानीजानी भेदभावपुर्ण व्यवहार गर्न हुदैन ।
(२) उपदफा (१) बमोजिमको कसुर गर्ने वा गराउने व्यत्तिलाई तीन वर्षसम्म कैद वा तीस हजार रुपैयासम्म जरिवाना वा दुवै सजाय हुनेछ ।
१६१. भेदभाव गरी वस्तु वा सेवा खरिद बिक्री वा वितरण गर्न नहुनेः १) कसैले कुनै वस्तु वा सेवाको खरिद वा बिक्री वितरण गर्दा गराउदा कुनै खास जात, जाती वा समप्रदायको व्यक्तिबाट मात्र वा त्यस्ता व्यक्तिलाई मात्र खरिद वा बिक्री वितरण गर्ने वा कुनै खास जात, जाति वा सम्प्रदायका व्यक्तिलाई उपलब्ध नगराउने वा बिक्री वितरण नगर्ने कार्य गर्न हुदैन ।
तर आर्थिक, सामाजिक वा शैक्षिक दृष्टिकोणले पिछिडिएको वर्गको हित
संरक्षण वा विकासका लागि कानुन बमोजिम अधिकार प्राप्त अधिकारीको स्वीकृत लिई कुनै खास वस्तु वा सेवा कुनै खास जात, जाति वा सम्प्रदायका व्यक्तिलाई मात्र उपलब्ध गराएकोमा वा विक्रि वितरण
गरेकोमा यस दफा बमोजिम कसूर गरेको मानिने छैन ।
(२) उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई एक वर्षसम्म कैद वा दश हजार रुपैयासम्म जरिवाना वा दुवै सजाय हुनेछ ।
१६२. जवर्जस्ती काममा लगाउन नहुने ः (१)कसैले कसैलाई निजको इच्छा विरुद्ध काममा लगाउन हुँदैन । तर सार्वजनिक कामको लागि कानून बमोजिम श्रममा लगाउन यस दफाले बाधा पुर्याएको मानिने छैन ।
(२) उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई तीन महिनासम्म कैद वा पाँच हजार रुपैयासम्म जरिवाना वा दुवै सजाय हुनेछ ।
१६३. दास बनाउन नहुने ः
(१) कसैले कुनै व्यक्तिलाई दास वा
कमारा, कमारी बनाउन, त्यस्तो हैसियतमा राख्न, काममा लगाउन वा सो सरहको अन्य कुनै पनि व्यवहार गर्न वा गराउन हुँदैन ।
(२) दपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई पाँचदेखि दश वर्षसम्म कैद र पचास हजारदेखि एक लाख रुपैयाँसम्म जरिवाना हुनेछ ।
१६४. बन्धक बनाउन वा बाँधा राख्न नहुने ः (१) कसैले कुनै व्यक्तिलाई कुनै पनि प्रकारको प्रतिफल बापत कमैया राख्न वा बन्धक बनाउन वा बाँधा राख्न वा बाँधाको हैसियतमा काम लगाउन वा सो सरहको अन्य कुनै पनि प्रकारको व्यवहार गर्न वा गराउन
हुदैन ।
(२) उपफदा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई तीन वर्षदखि सात वर्षसम्म कैद र तीस हजार रुपैयादेखि एक लाख रुपैयासम्म जरिवाना हुनेछ ।
१६५. सामाजिक रीति स्थितिमा खलल् पार्न नहुने ः (१) कसैले कसैको सामाजिक रीति स्थितिमा खलल् पर्ने वा खलल् हुने गरी झुक्याई वा जवर्जस्ती गरी कुनै काम गर्न वा गराउन हुँदैन ।
स्पष्टीकरण ः यस दफाको प्रयोजनको लागि जातीय भेदभाव हुने
रीति स्थितिलाई सामाजिक रीति स्थिति मानिने छैन ।
(२) उपदफा (१) बमोजिमको कसूर गर्ने व्यक्तिलाई एक वर्षसम्म कैद वा दश हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ ।
१६६. जातिपातिको आधारमा छुवाछुत वा अन्य भेदभावपूर्ण व्यवहार गर्न नुहने ः (१) कसैले कसैलाई प्रथा,
परम्परा, धर्म, संस्कृति रीतिरिवाज, जात, जाति, समुदाय, पेशा, व्यवसाय, शारीरिक अवस्था वा सामाजिक सम्प्रदायको उत्पत्तिको आधारमा छुवाछुत वा अन्य कुनै किसिमको भेदभाव गर्न वा सार्वजनिक स्थलमा उपस्थित हुन वा कुनै सार्वजनिक प्रकृतिका धार्मिक स्थल प्रवेश रोक्न वा सार्वजनिक प्रयोगमा रहेको पानी, पधेरो प्रयोग गर्न वञ्चित गर्न वा अन्य कुनै निजी वा सार्वजनिक उपयोग वा सुविधाका कुराको प्रयोग गर्नबाट बन्चित गर्न हुदैन ।
(२) उपदफा (१) बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई तीन वर्षसम्म कैद वा तीस हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ र
राष्ट्रसेवकले यस दफामा लेखिएको कसूर गरेमा थप तीन महिनासम्म कैद सजाय हुनेछ ।
१६७. यातना दिन नहुने ः
(१) प्रचलित कानून बमोजिम कसूरको अनुसन्धान गर्ने, अभियोजन गर्ने, कानूनको कार्यान्वयन गर्ने वा कानून बमोजिम नियन्त्रण हिरासत वा थुनामा राख्ने अधिकार प्राप्त अधिकारीले कसैलाई शारीरिक वा मानसिक यातना दिन वा दिन लगाउन वा क्रुर, निर्मम, अमानवीय वा अपमानजनक व्यवहार गर्न वा गराउन हुँदैन ।
स्पष्टीकरणः यस दफाको प्रयोजनका लागि पक्राउ परेको, नियन्त्रणमा रहेको, हिरासत, थुना, कैद वा नजरबन्द वा आफ्नो सुरक्षामा रहेको कुनै व्यक्ति वा त्यस्तो व्यक्तिको कारणले अन्य कुनै व्यक्तिलाई देहायको उद्देश्यले जानीजानी शारीरिक वा मानसिक पीडा वा कष्ट
पुर्याएमा वा निर्मम, अमानवीय वा अपमानजनक व्यवहार वा सजाय दिएमा त्यस्तो व्यक्त उपर याता दिएको वा क्रुर निर्मम, अमानवीय वा अपमानजनक व्यवहार गरेको मानिनेछ ः–
(क) कुनै विषयमा जानकारी हासिल गर्ने ,
(ख) कुनै कसूरमा सावित गराउने,
(ग) कुनै कार्यको लागि दण्ड दिने,
घ) जोर जुलुस वा त्रास देखाउने, वा
(ङ) कानुन विपरीतका अन्य कार्य गर्ने ।
(२) उपदफा (१) बमोजिमको कसूर गर्ने व्यक्तिलाई कसूरको गम्भीरता हेरी पाँच वर्षसम्म कैद वा पचास
हजार रुपैयासम्म जरिवाना वा दुवै सजाय हुनेछ ।
राणाकालमा बनेको मुलुकी ऐनलाई राजा महेन्द्रको पालामा २०२० सालमा पुर्ण रुपले नयाँ बन्यो समयानुसार मुलुकी ऐनलाई अव पुर्ण रुपले मुलुकी अपराध (संहित) ऐन २०७४ फौजदारी दिवानी संहिता कार्यविधि ऐन २०७४
गरी २ भागमा बाडेको छ । उक्त ऐन २०७५ भाद्र १ गतेबाट लागु हुने
हुँदा हामीले सर्वसाधारणको जानकारीको लागी प्रकाशित गरेका छौं । यो अंकमा मुलुकी फौजदारी कार्यविधिबाट लिएका छौं ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *