सबैको आ–आफ्नै इज्जत र गरिमा हुन्छ

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

देशमा सबैको आ–आफ्नै इज्जत र गरिमा हुन्छ त्यसलाई स्वयमले बचाई राख्न सक्नुपर्छ । यौटा बाहुनको आफ्नै गरिमा इज्जत जोगाउन सकेन भने उ बाहुन रहदैन । वैश्यको होस या ठकुरी दमाई कामी सबै समान हुन । अलगै विचित्रको गरीमा र इज्जत हुन्छ जोगाउने काम आफ्नै हातमा छ । बाहुनले अनैतिक काम गर्यो भने त्यो गिर्यो, त्यस्तै दमाई कामी वर्गहरुले हिनता बोध गर्नु हुदैन, गर्यो भने त्यो पनि गिर्यो दमाई हाम्रो समाजको ऐना थियो हो छ । आदिकालमा हामी कहा“ इतिहास लेख्ने कोही थिएन भएपनि डराउथे तर दमाई (भडाहा)को रुपमा इतिहास सुनाउथे त्यो इतिहास पाईक पैकेला राजा महाराजाहरुको हुने गथ्र्यौ या अनाथ गरिव असहाय बालकहरुको लेखिने ठाउ“मा मौखिक इतिहास समाजलाई सुनाईन्थ्यो । सांकेतिक भाषामा लडाईमा जिताउने हराउने काम पनि गरिन्थ्यो । अचेल इतिहास लेखनतर्फ गयो लिखित भएको छ जस्तो कि डोटी र कुमाउ“का पाईक पैकेला (योद्धा)हरुको भाडाहाका रुपमा बृतान्त मौखिक थियो त्यहीलाई सहारा लिएर अचेल लिपीबद्ध गरेका छन् । कुमाउको इतिहास लखक बद्रीले पनि त्यसकै सहारा लिएको छ । हाम्रो यहा“ पनि आत्मराम ओझाद्वारा लिखित डोटीको इतिहास लेख्दा त्यसकै सहारा लिएको छ । आज त्यो वर्ग नै दलित वर्गमा पर्न रुचाउछ परेको छ । त्यस्तै कामीहरुको छ कामी कर्मठ कामदार थिए र देशभरका कृषक उनी विना बाच्न सक्दैन थिए कृषि औजार फलाम खोज्न उत्खनन् सम्म गर्दथे । ढुङ्गा गलाई फलाम उत्पादन मात्र होइन सामरिक हतियारको पनि निर्माण स्वयम आफै गर्दथे । धेरैपछि सम्म आज पनि कामीको आरनमा लाईन लागेको हुन्छ । तर सरकारले यी दुवैलाई माथि पुर्याई आत्मनिर्भर बनाउन सकेन त्यो अलग कुरा हो । देशमा हरेक मन्त्रालय कार्यालय कर्मचारी पदाधिकारी छन्, न्यायालय तर्फ न्यायाधीश छन् प्रशासन तर्फ जिल्ला प्रमुख दुवैको अलग पहिचान छ अलग अस्तित्व अलग मान सम्मान छ दुवै बराबर छन् । आ–आफ्नो अलग अस्तित्व गरीमा छ, यी यौटा रथका दुई पाङ्ग्रा हुन । कर्मनिष्ट रहनु पर्दछ । आफ्नो ओहदाको प्रमाणपत्र प्रमुख जिल्ला अधिकारीलाई चढाउन कुनै न्यायाधीश जादैन भने प्रधानमन्त्री कहा“ आफ्ना् ओहदाको प्रमाण पत्र जीवनका शैक्षिक प्रमाण पत्र चढाउन कुनै पनि प्रधान न्यायाधीश जादैन, बरु कृत्य काम गरी प्रमाणपत्र बनेका भए कृतेकागज गर्ने गराउने दुवै माथि कारवाही हुनु पर्ने हुन्छ ।
हरेक नागरिक, हरेक समाज, हरेक वर्गले कर्मनिष्ठ भएर रहनुपर्छ । यदि कुनै व्यक्ति पढदाखेरी परिक्षामा फेल भएर नक्कली प्रमाण पत्र बनाई राष्ट्रसेवक बन्दछ भने त्यो व्यक्ति राष्ट्रको दुष्ट हो सेवक होईन । त्यसकारण राष्ट्रसेवकले आफ्नो गरिमा उचो राख्न जे जति पढ्न सक्यो त्यतिमै सिमित रही अनुशासित भएर मात्र योग्यता बढाउनु पर्छ । नक्कली प्रमाण पत्र बनाएर कसैले पनि जनता समाजलाई झुक्याउनु मुर्खता हुन्छ । आज हामी फलानो राष्ट्र सेवकको प्रमाणपत्र नक्कली भएको छ भन्ने शंका लागे पञ्चायत कालदेखि नै जुन शिक्षण संस्थामा पढी परिक्षा दिएको हो त्यहा“को विश्वविद्यालयबाट छानविन गरिन्थ्यो भने अचेल त्यो गर्न सम्भव नभएकोले एकातर्फ कर्मनिष्टको आवश्यकता परेको छ भने अर्कोतर्फ सुक्ष्म निगरानी यन्त्रको आवश्यकता देखिन्छ ।
आज एक न्यायाधीशमाथि एउटा सामान्य समूहको दवदवा हुन्छ भने त्यसबाट नेपाली जनतामा आउने नैराश्यताको कुरा गर्न हामी सक्दैनौ र यस्ता न्यायमुर्तिबाट न्याय पाउन कठिन हुने हुदा जनप्रतिनिधि, नेपाल सरकार कसैले पनि अन्तमा गएर जनता राष्ट्रलाई नोक्सानी हुने काम र देशको बेइज्जती हुने काम कुनै पनि सरकारले गर्नु हुदैन । समयमा नै सचेत हुनुपर्ने हाम्रो राय रहेको छ । देश तथा देश सञ्चालक सम्पूर्ण नेपालीको साझा सम्पत्ति हो । यो साझा सम्पत्तिले हामी सबै मिली जोगाई राख्नु पर्छ । नेपालीको इमान्दारीता वीरता न्यायिकता विश्वभरी परिचित भईरहेको बेला अविश्वास फैलाउने काम कही कसैबाट हुनु भन्दा बरु मर्नु बेस छ । भावी पिढीहरुले राम्रा् सिकुन नराम्रो नसिकुन भनि अन्याय बदनीयत कर्तालाई सजाय दिनुपर्छ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *