भ्रष्टाचार

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

वर्तमानको परिवेसमा सबै जनता सामु तथा भ्रष्टाचारी र रोकथाम गर्ने निकाय सम्म पुगोस भन्ने ठानी बलदेव अवस्थीद्वारा रचित २०५९ मा
प्रकाशित स्वाभिमान कविता संग्रहबाट लिएका छौं ः
भ्रष्टाचार आज
सत्ता संघर्षको निहुँमा भइरहेको छ
भ्रष्टाचार आज
मन्त्रि थपघटमा भइरहेको छ
विभाग बाँडफाडमा भइरहेको छ
राजनीतिक नियुक्तिका अक्षरका
मसीमा भ्रष्टाचार लुकेको छ ।
भ्रष्टाचार आज
नेता नामका व्यक्तिहरुका भाषणमा भइरहेको छ
भ्रष्टाचार आज
भ्रष्टाचारी देखाउने नेताबाट भइरहेको छ
भ्रष्टाचार आज
भ्रष्टाचार पचाईसकेकाबाट भइरहेको छ
भ्रष्टाचार आज
भ्रष्टाचार लुकाई माग्नेहरुबाट भइरहेको छ
भ्रष्टाचार आज
भ्रष्टाचार आज कमिला देखि मानिससम्म भइरहेको छ
भ्रष्टाचार आज
भ्रष्टाचारको रोकथाम गर्नेहरुबाट भएको छ
भ्रष्टाचार आज
तिम्रो हाम्रो घर घरमा पुगेको छ,
भ्रष्टाचार आज
गाउँ गाउँ फर्केको छ
भ्रष्टाचार आज
पाटी पौवामा पुगेको छ
कुला कन्दरामा पुगेको छ
बाटो घाटोमा पुगेको छ
भ्रष्टाचार आज
नेपाली माटोमा भिजेको छ
भ्रष्टाचारले आज घर दैलो
अभियान लिएको छ
भ्रष्टाचार आज
पसल पसल थोक थोकमा
चहारिन लागेको छ
भ्रष्टाचार आज
आफ्नो जग बलियो पार्न
प्रत्येकको घर घरमा पुगेको छ
भ्रष्टाचार आज
तिम्रो हाम्रो
आली कान्लामा भिजेको छ
उरवरक बनेको छ
मौलाएको छ
बौलाएको पनि छ
भ्रष्टाचार आज
नसुक्ने अजम्मरी भएको छ
किन भने
भ्रष्टाचार कमिलाबाट होइन
मानिसबाट सिञ्चित भइरहेको छ
भ्रष्टाचार आज
हिरो हिरोईनको पारिश्रमिकले
पालिएको छ
भ्रष्टाचार आज
साच्चै भ्रष्टाचारको बखान
गर्नेबाट संरक्षण भइरहेको छ
भ्रष्टाचार आज जानै सक्दैन
किन भने
तपाई हाम्रो आधारभूत आवश्यकता
भित्र लुकेको छ
भ्रष्टाचार आज
बालुवा मुनि लुकेको छ
पानीमा मिसिएको छ
रुख विरुवाले छोपेको छ
गैर सरकारी संस्थाको पंजामा परेको छ
त्यसैले पनि
भ्रष्टाचार भाग्नै सक्दैन
भ्रष्टाचार भान्दै भाग्दैन
जो भगाउछ उसैको घरमा गई बस्छ
भ्रष्टाचार भगाउने सत्रुको घरमा गई बस्छ
चुम्बन खान्छ अनि
भाग्न खोज्छ तर
पछि भित्र गई दिन्छ
भाग्नै दिदैन
भ्रष्टाचार चन्चले रैछ
उपिया झै उफ्रन्छ
कहिले त्यता उफ्रन्छ
कहिले यता कहिले उता
सबैको चित्त बुझाउने भ्रष्टाचार
भाग्न खोजे पनि
भाग्नै सक्दैन
किन भने
उसलाई हतकडी लागेको छ
मायाको कठघरामा राखिदिएको छ
महाजनको सन्दुसमा बन्दी भएको छ
शासकको संरक्षणमा छ ।
यहाँ भ्रष्टाचार भाग्ने बाटो छैन
चारैदिशा बन्द गरिएका छन्
भ्रष्टाचारलाई
उत्तर तर्फबाट माओवादीले लखेटेको छ
दक्षिणबाट तामेलहरुले
लखेटेका छन्
पुर्वबाट शरणार्थीले घेरेको छ
पश्चिमबाट पृथकतावादीले तर
तम हमले
वडा जतनले हुर्काएका छौ
विचरा कहाँ भागोस्
भाग्ने ठाउँ नै छैन ।
विदेशले दिएको भिख वा ऋण आधा सम्म पनि उपभोगमा आउदैन भन्ने कुरा मात्र भं्रष्टाचार होइन काम विगार्नु पनि भ्रष्टाचार हो । ब्रहमदेव मण्डीको बजार महेन्द्रनगरमा सार्दा वैज्ञानिक रुपले बजारको व्यवस्थापन गर्न गुरुयोजनाको निर्माण भएको थियो । कहाँ पार्क राख्ने कहाँ चौर राख्ने कहाँ गाडी पार्किङको लागी स्थान राख्ने र त्यस्तै खेलकूद मैदान, हवाई मैदान तथा रेजर्व भूमि राख्ने मात्र नभई साना तथा मझौला उद्योगहरु कहाँ राख्ने भन्ने समेत गुरुयोजनामा समेटिएका थिए । आज ति साना
घरेलु तथा मझौला उद्योगहरुको लागी छुट्याएको जग्गामा के भई रहेको छ कति उद्योग चलेका छन् छैन स्थापना सम्म नगरी जग्गा हड्पेका छन् । खरीद विक्रि भई रहेका छन् । अझ पनि दैजीको छेलामा औद्योगिक क्षेत्र छुट्याउने पूर्ण तयारी भएको अवस्थामा त्यहाँ उद्योग स्थापना गर्न दिनु पर्छ तर जग्गाको स्वामित्व नेपाल सरकारले आफै सित राख्नु पर्दछ । उद्योग विभागले हमेशा उद्योगहरुको अनुगमन गर्दै जानु पर्दछ ।
उद्योग र उद्योगीलाई शोषण हैन कि प्रोत्साहन दिने नीति अनुरुप समय समयमा उद्योगको निरिक्षण गर्दै परेको केही कठिनाई छ भने समाधानका उपाय आन्तरिक तथा विदेशमा बजारको खोज गरि दिने कामलाई पनि ध्यानमा राख्नु पदर्छ । मुल्य बृद्धि वर्षमा एक पटक भन्दा बढी गर्न नपाउने र गर्नु नपर्ने माहोल मिलाउनु पर्दछ । निर्माण सामग्री उत्पादित बस्तुको मुल्य पटक पटक बृद्धि गरेमा लागत इष्टमेट बमोजिमको निर्माण कार्य गर्नमा बाधा उत्पन्न मात्र हुने नभई भ्रष्टाचार गर्ने मौका सम्बन्धितले पाउनेछ । हामीसित रेलसेवा नभएकोले ढुवानी सेवा अत्यधिक महंगो भएको तुलना गर्दा भारतको बरेली १०५ किमिबाट बनवसासम्म जुन सामान ल्याउदा २५ रुपैया लाग्छ त्यति सामान धनगढी महेन्द्रनगर ५५÷६० किमि भित्रै ल्याउदा ५ सय रुपैया लाग्छ भने नेपालमा सामान सस्तो हुन सक्दैन । यहाँ यात्रीको अर्थात सवारी टिकट निर्धारण भएको छ तर सामान ढुवानीको भाडा निर्धारण भएको भए
जानकारीमा आएको छैन ।
अव जाउ महेन्द्रनगर नगर विकास समितितर्फ महेन्द्रनगर नगर विकास समिति यस्तो समिति हो शहर बसाउदा के कुन तरिका अपनाउनु पर्दछ र भविष्यमा कस्तो नतिजा आउला भनि सोचेर बनाएको समिति हो जसको अध्यक्ष स्वयम अञ्चलाधीश, नगरपालिकाको मेयर या प्रधान, सदस्य सचिव, शहरी विकासका प्रमुख सदस्य र थप मालपोत भूमिसुधारका अधिकृतहरु सदस्य रहने गर्दथे भने खानेपानी, विद्युतका प्रमुखहरु सित सर सल्लाह समय समयमा हुने गर्दथ्यो । केवल एक भावना सबैमा थियो सुन्दर शहरको निर्माण कसरी गर्ने मात्र । २०४७ मा अञ्चलाधीशहरु हटेपछि प्रजातन्त्रको पुनरवहाली नाम दिएको व्यवस्थासँगै राजनीतिक पार्टीका कार्यकर्ता नगर विकासमा थुपार्ने काम भयो नेपाली कांग्रेस, एमाले, राप्रपाका कार्यकर्ताहरुको जिम्मामा गयो नगर विकास अनायास दोहन गर्यो । समितिका सदस्यहरुले आफ्नो र आफ्ना
नातेदारको नाममा जग्गा राख्यो कसैले बेचे कसैले राखेकै छन् । २०६२ पछि त अत्यधिक अनियमितमा भयो बेच्नसम्म बेचे प्रशासनको अवरोध पछि भाडाको रुपमा थियो समितिबाट पास गराएर त्यसपछि अन्तमा त अध्यक्षको एकल लिखित र मौखिक एकल नीतिबाट मन लागेका अर्थात जसले ठूलो नजराना चढायो र धन खर्च गर्न सक्यो उसैले पायो । नगर विकासका कर्मचारी थाहा छैन अध्यक्षले के गर्दैछ भन्दै चोरी चोरी राती राती अमिन त्यो पनि निजी र अवैधानिक
अमीनद्वारा प्लट छुट्याई २०÷३० वर्षको लागी भनि किटान गरेर बढाबढ नगराई भाडामा दिदै गए । त्यस बारेमा कुनै पनि पार्टीका नेता तथा सभासदहरुले लुटपाटलाई रोक्न खोजेन खोजे पनि सकेन ।
जहाँ जहाँ सभासद् लगायतका पदाधिकारी उतै जान थाल्यो भ्रष्टाचारमा सरकारका पदाधिकारीहरु जुन ओहदामा बसेका भए पनि राती राती भवन बनाउन लगायो विहान रोके जस्तो गरी प्रहरी लगाउने खेल एक वर्ष चल्यो तर यो वेवारिसे महेन्द्रनगरको लुटिदै गयो गई रहेको छ । नमूना महेन्द्रनगरको शहर बनाउने भनिएको स्टक रहेको जमिन लुटाएको छ । एकातर्फ साझा सम्पत्ति लुटाएको छ भने अर्को तर्फ गरिव अवस्थामा रहको महंगो व्याजमा ऋण लिई खोका छाप्रा बनाई बस्न २०५७ सालमा समितिबाट स्वीकृति लिएकाहरु कहिले खोकाछाप्रा कहिले इटाको बनाउदै भत्काउदै गराउदाको क्षेति खास पिडित खोका छाप्रावालाहरुलाई थाहा छ । आज यिनको नाममा पुरा पुरानो वसपार्क क्षेत्र ओपेरा, सब्जीमण्डी उत्तर राजमार्ग सम्म लुटिएको छ यो हामी सबैको साँझा सम्पत्ति हो कसले सुन्ने ?

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *