बालिका हत्यकाण्डका दोषिमाथि कारबाहीको माग

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

दिशानिर्देश समाचार/ महेन्द्रनगर
कञ्चनपुरको भीमदत्त नगरपालिका–२ खोल्टीकी १३ वर्षीय निर्मला पन्तको हत्यामा संलग्न दोषिहरु पत्ता लगाई कारबाही गर्न माग गरिएको छ । हत्याराको कडा भन्दा कडा सजाजको माग गर्दै स्थानीयद्वारा बजारमा नाराबाजी समेत गरेका थिए ।
विरोधमा उत्रिएका समूह र प्रहरी बीच झडप समेत भएको थियो । भीडलाई नियन्त्रण गर्न प्रहरीले २२ राउण्ड अश्रुग्याँस फायर गरेको थियो । सो झडपमा परी दुई प्रहरी जवान र एक सर्वसाधारण घाइते भएका थिए । नाराबाजी गर्दै भानुचोकमा नगर प्रमुखको राजिनामाको समेत माग गरेका छन् । नगर भीमदत्त नगरपालिकाका
नगर प्रमुखले हत्याराको खोजी कार्यमा असहयोग गरेको भन्दै स्थानीयले विरोध प्रदर्शन तथा नाराबाजी गर्दै नगर प्रमुखको विरोध गरेका छन् ।
शुक्रवार नगरपालिकाको वडा नं १८ निम्बुखेडामा बालिकाको बालात्कार पश्चात हत्या गरिएको अवस्थामा शव उखु बारीमा फेला परेको थियो । त्यस्तै भीमदत्त नगरपालिकाको कार्यपालीकाको बैठकले दोषी पत्ता लगाई कारबाही गर्न माग गरेको हो । ‘जघन्य अपराधको यस्तो घटनाको जानकारी पाउदा स्तव्ध भएका छौं ।’ नगर प्रवक्ता
राजेन्द्र पाण्डेयले भने, ‘अपराधमा संलग्नको तत्काल खोजी गरी कानुनी कार्वाही गर्न माग गर्दछौं ।’ यसैगरी, युवा संघ नेपाल र वाईसिएलले संयुक्त विज्ञप्ती जारी गरी पीडित परिवारलाई क्षतिपूर्ति दिई दोषिहरु पहिचान गरी कारबाही गर्न माग गरेको छ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *