हवाई यातायात सेवा बिकास

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

माथि उल्लेखित लक्ष्य तथा कार्यक्रम अनुसार त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलतर्फ १२०० मीटर उत्तरतर्फको र दक्षिणतर्फको १०४५ मीटर धावनमार्गको सुदृढीकरण तथा निर्माण कार्य, पोखरा विमान स्थलतर्फ नया स्थान छिने डाडामा विमान स्थल निर्माण सम्बन्धी संभाव्यता अध्ययन तथा अधिग्रहण भएको ३१०६ रोपनी जग्गाको मआब्जा बितरण कार्य,नेपालगंज विमान स्थलमा प्रहरी तथा कर्मचारी आबास गृह फेन्सीङ्गको निर्माण कार्य र सुर्खेत बिमान स्थलमा कर्मचारी तथा प्रहरी आबास गृह भवन, पानी वितरण व्यवस्था, ढल निर्माण कार्यहरु पुरा गरिएको थियो । सानो हवाई मैदानतर्फ बाजुरा र दार्चुला सानो हवाई मैदानको निर्माण कार्य पुरा भै बाग्लुङ र जुम्ला हवाई मैदानहरुको धावन मार्ग विस्तार तथा सुधार कार्य पुरा गरियो । साथै योजनामा समावेश नरहेको रुम्जाटार सुकेटार र मासे हवाई मैदानहरुको धावन मार्ग विस्तार तर्फ पनि निर्माण सम्बन्धी कार्यहरु गरिएको थियो ।
८. बिगत २५ वर्षको हवाई सेवा विकासको समीक्षा
पंचायत व्यवस्थाको विगत २५ वर्षको अबधिमा हवाई यातायातको विकासमा महत्वपुर्ण उपलब्धि भएको तथ्य स्पष्ट छ । यस अबधिमा हवाई मैदानहरुको संख्यात्मक बृद्धि मात्र भएको होईन हवाइृ मैदानहरुको सुबिधामा पनि बिस्तारगर्दै लगिएको थियो । बिकास क्षेत्र अनुसार हवाई मैदानहरुको संख्याको वितरणमा पनि सन्तुलन कायम हुन आएको छ । निर्दलिय पंचायत व्यवस्थाको सुत्रपात भएको आर्थिक वर्ष २०१७।१८ मा अधिराज्यभर कुल १२ वटा हवाई मैदानहरु रहेका थिए भने २०४१।४२ मा सो संख्यामा ३० वटा थप भै कुल हवाई मैदानहरुको संख्या ४२ पुगेको थियो । आ.व. २०१७।१८ मा पक्की हवाई मैदान ११ वटाबाट हवाई सेवा उपलब्ध गर्ने गरेकोमा आ.ब. २०४१।४२ मा पक्की ५ वटा, कच्ची १३ वटा र साना हवाई मैदान २४ वटाबाट हवाई सेवा पुर्याउने कार्य भएको थियो । यी सबै तल प्रस्तुत तालिकाबाट स्पस्ट हुन्छ ।
नेपाल अधिराज्यको कुल हवाई मैदानहरुमध्ये २०१७।१८ मा पुर्वाञ्चल विकास क्षेत्रमा २ वटा, मध्यमाञ्चल विकास क्षेत्रमा ४ वटा, पश्चिमाञ्चल विकास क्षेत्रमा ३ वटा, मध्य पश्चिमाञ्चल विकास क्षेत्रमा २ वटा र सुदुर पश्चिमाञ्चल विकास क्षेत्रमा १ वटा रहेको थियो । २०४१।४२ मा पुर्वाञ्चलमा ११ वटा मध्यमाञ्चलमा ८ वटा पश्चिमाञ्चलमा ७ वटा, मध्य पश्चिमाञ्चलमा ८ वटा र सुदुरपश्चिमाञ्चलमा ८ वटा हवाई मैदानहरु पुगेका थिए । हवाई मैदानहरुको अंचल अनुसार वितरणलाइ विशेष गरी हेरेमा २०१७।१८मा मेची, धोलागिरी, कर्णाली र महाकाली अंचलहरुमा हवाई मैदानहरु
रहेका थिएननर । विगत २५ वर्षको
दौरानमा त्यस स्थितीमा सुधार भै १४ अंचलमा हवाई निर्माण भै हवाई यातायात सेवा उपलब्ध गराइएको थियो । जिल्ला अनुसार हेर्दा ७५ जिललामध्ये २०१७।१८ मा १२ जिल्लाहरुमा हवाई मैदान भएकोमा २०४१।४२ मा ३६ जिल्लाहरुमा हवाई मैदानहरु निर्माण गरी सेवा उपलब्ध
गरिएको छ ।
आ.ब. २०१७।१८ मा पुर्वाञ्चलमा मोरङ र सप्तरी जिल्लाहरुमा मध्यमाञ्चलमा धनुषा, काठमानडौ,पर्सा र चितवन, पश्चिमाञ्चलमा कास्की, गोरखा र रुपन्देही, मध्य पश्चिमाञ्चल दाङ, बाके र सुदुर पश्चिमाञ्चलमा कैलालीमा हवाई मैदानहरु रहेका थिए । तर आ.ब. २०४१।४२ मा हवाई मैदानहरु भएको जिल्लाहरुको संख्यामा तीन दोब्बरले बृद्धि भएको छ । यस आर्थिक वर्षमा पुर्वाञ्चलमा संखुवासभा, मोरङ, भोजपुर, ताप्लेजुङ र झापा जिल्लाहरु, मध्यमाञ्चलमा धनुसा, दोलखा, रामेछाप, काठमान्डौ, रसुवा, पर्सा र चितवन जिल्लाहरुमा, पश्चिमाञ्चलमा कास्की, गोरखा, बाग्लुङ, भुस्ताङग
मनाङग र रुपन्देही जिल्लाहरु, मध्य पश्चिकमञ्चलमा दाङ्ग, रोल्पा,रुकुम, बाके,सुर्खेत, जुम्ला,डोल्पा र हुमला जिल्लाहरु र सुदुर पश्चिमाञ्चलमा कैलाली, अछाम, डोटी, बझाङ,बाजुरा, कन्चनपुर बैतडी र दार्चुला जिल्लाहरुमा हवाई मैदानहरु रहेका छन् ।
उल्लिखित हवाई मैदानहरु मध्ये आ.ब.२०१७।१८ मा १२ वटामा ९ वटा हवाई मैदानहरु तराई प्रदेशमा थिए र बाकी ३ वटा मात्र पहाडी भेकका जिल्लाहरुमा थिए । आ.ब २०४१।४२ मा कुल ४२ वटामध्ये १२ वटा तराईमा र बाकी ३० वटा पहाडी तथा हिमाली प्रदेशका दुर्गम जिल्लाहरुमा समेत रहेका छन् ।
९. प्रमुख तथा महत्वपुर्ण विमानस्थलहरु
विगत २५ वर्षका अबधिमा निर्माण गरिएका केही महत्वपुर्ण विमान स्थलहरुको विवरण तल प्रस्तुत गरिएको छ ।
(क) त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल
नेपाल अधिराज्यको राजधानी काठमान्डौमा रहेको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल देशको सबैभन्दा पुरानो र सबैभन्दा ठुलो बिमानस्थल हो ।
गौचर विमानघाटको नामकरण बाट शुरु गरिएको यस विमान स्थलको पहिलेको धावन मार्ग ३७५० फिट लामो र ४० फिट चौडा रहेको थियो । क्रमशः

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *