निर्माण कामको दयनियता किन हुन्छ

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

नेपालमा मझौला तथा साना ठूला निर्माण कार्यहरु स्वदेशी निर्माण कम्पनिहरुबाट गराउनु राम्रो हो तर देशमा निर्माण काम गर्दा र गराउदा व्यवसायी तथा सरकारले ध्यान दिनु पर्ने कुरामा ध्यान नदिई दुवै पक्षले पैसामा नै ध्यान दिने गरेको पाइन्छ ।
सरकारी पक्ष चाहन्छ नाप जाँच र हेर्दा ल.ई. बमोजिम नै देखियोस तर व्यवसायी पक्षले काम लिदा घटाघट ३५–४० प्रतिशत घटीमा लिएको हुन्छ । व्यवसायीले काम पाए मात्र पनि भैगो भन्ने सोचेको हुन्छ भने काम गर्दा गर्दै निर्माण सामग्रीमा एकै वर्ष भित्र पटक पटक ३०÷४० प्रतिशत मुल्य बृद्धि भएको हुन्छ त्यस्तै मेनपावरको पनि कमी भारतबाट दैनिक ज्याला दोब्बर दिनेगरी कामदार ल्याउनु पर्ने, जिल्लाको दररेट निर्धारण गर्दा इटा, बालुवा, ढुंगा जुन मुल्यमा पाइन्छ त्यो भन्दा घटीको दररेट हुनु पनि एक हो भने हरेक काम ठेक्काबाट गराउदा पनि उपभोक्ता समितिले पनि कमिसनको नाममा घुस माग्ने दिने लिने बालुवा गिट्टी ल्याउदा स्थानीय बासीले पनि रकम लिन खोज्ने र लिने ठेकेदारहरुको अलिखित प्रचलनमा आएको कमिसन कार्यालय प्रमुख प्राविधिक लगायतका अन्य पदाधिकारीहरुले लिनैपर्ने ठेकेदारले काम कमजोर गरेमा कारवाही भई रहने हुँदा बढी मार निर्माण व्यवसायीलाई परेको भए पनि समयमा गर्न सक्दैन । खास गरेर स्वदेशी मजदूरको अभाव खडकिएको
पाइन्छ ।
प्रदेश नं. ७ र ६ मा कर्मठ थारु जातीले मिस्त्री कामदार दुवै काम चलाएका छन् । निर्माण कार्यअधिक भएकोले भ्याउन कठिन भएकोले समयमा ठेक्का लिएको काम गर्न नसकिएका घटनाहरु थुप्रै छन । तसर्थ निर्माण काम गर्न लाग्दा व्यवसायीलाई चौतर्फी मर्कामा परेका देखिन्छन् । अव भ्रष्टाचार केन्द्रदेखि गाउँसम्म पुगेकोले निर्माण व्यवसायी मात्र होइन देशका सम्पूर्ण व्यवसायीहरु मर्कामा परेका छन् ।
स्वदेशी उत्पादनमा सरिया सिमेन्ट र पेन्ट त्यो पनि विदेशी नागरिकहरुको साझेदारीमा भएका छन् भने अन्य सामग्रीमा स्वदेशी उत्पादनमा करिव यो देश रक्सीमा आत्म निर्भर छ तर नून तेल चामलमा छैन ।
कृषि प्रधान देशको बदनाम एकातर्फ भएको छ भने अर्कोतर्फ भ्रष्टाचारीको देशले चिनिदैछ । तसर्थ स्वाभिमान बचाउन सम्पुर्ण नेपालीको सहयोगको आवश्यक देखिन्छ । देशका नेताहरुलाई इमान्दारीता के हो भन्ने कुरा थाहा छैन केवल सत्ताको मादमा चढन खोजेको हुँदा हरेक दुर्घटनाहरु समय समयमा भैरहेका छन् ।
सैनिक तालिमको आवश्यकता
यो देशमा अव सैनिक तालिमको आवश्यकता रहेको छ । १८ वर्ष उमेर पुगेका युवा युवतीलाई सैनिक तालिम दिनुपर्ने
देखिन्छ ।
सैनिक तालिम दिएर नेपालले गुमाएको भूभाग फिर्ता लिन र अन्य लडाई युद्ध गर्नको लागी हामीले तालिम लिन दिन खोजेको नभई देशमा भएका युवा शक्तिहरुमा अनुसाशनको कमी हुदै गएको, इमान्दारिता हराउदै गएको उद्योग धन्दा गर्न आलस्यमा
रहेका युवामा जोश जागरण भर्न पनि सैनिक तालिमको आवश्यकता परेको महसुस हुदै आएको छ ।
सैनिक तालिमले देशमा कम्यूनिष्ट माओवादीको शासन नआई सुशासन आउन सक्ने हुँदा देशलाई मर्यादा पालक त्यस्तै हाम्रा युवायुवतीहरुलाई मर्यादा पालक बनाउनको लागी तथा आत्म रक्षाको लागी अनिवार्य सैनिक तालिम दिनुपर्ने उत्तम देखिन्छ । त्यसो गर्दा हरेक नागरिकले सुख दुःख सहन
गरेर स्वावलम्बी बन्ने छन्, आफ्नो
खेतबारी बाझोराखी भारत तथा अन्य मुलुकबाट खाद्यान्न आयात गर्न छोड्ने छन् र देशमा आई परेका सबै काम युद्धरत तरिकाले लगनशील रही काम गरी आत्म सम्मानका साथ बाँची युवा युवती खाडी देशका खुला व्यस्यालयमा विक्रि हुनबाट समेत बच्ने छन् ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *