देशमा बैंक र जग्गा मात्र लुटिएन अरु थोक पनि लुटिएको छ

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

जनभावनाको उपहाँसद्वन्दकालमा सरकारको इसारामा माओवादीद्वारा बैंकहरु लुटायो । बैंकको नगद धन हो जिन्सीतर्फ खर्च नहुने सम्पत्ति जग्गा अचेल लुटिदैछ । जनताको माग कोही सुन्दैन, भोक हडताल गर्ने हिम्मत कसै सित छैन । जनताको सम्पत्तिको संरक्षण गर्ने काम सरकारको भएपनि ठाउ ठाउमा भूमाफियाहरुले जग्गा कब्जा गरिरहेकै छन् ।
उद्योगको नाममा औद्योगिक क्षेत्र प्रस्तावित गरि पहिलो चरणमा कारागार उत्तर पश्चिमको जग्गा वितरण गरियो, दोस्रो चरणमा बनखेतलाई औद्योगिक क्षेत्र घोषणा गरी जग्गा वितरण भयो । समितिले निर्णय गरेकाले मात्र जग्गा नपाई अरुले पनि भाडामा जग्गा लिएका छन् । हामी कुनै पनि कार्यालयको पदाधिकारी होस् वा अरु कुनै नागरिक समाजलाई सोयौ कति उद्योगहरु त्यहा“ स्थापना भई सञ्चालन गरिएका छन् । एक कामको लागी जग्गा लिने अरु कामको लागी प्रयोग गर्नु ठिक छैन् ।
त्यस्तै बैंकबाट उद्योग पशुपालनको लागी ऋण लिएर अन्य काममा खर्च गर्यो अन्तमा उत्पादन केही भएन । बैंकको लोन तिर्न बाकी नै रह्यो ।
नेपालको सम्पत्ति संरक्षण गर्ने काम सरकारले उदासीनता देखिएको छ । प्रमाण खोज्ने हो भने पनि महेन्द्रनगरलाई भीमदत्त बनाएपछि भीमदत्त नगरपालिकाको सहमतिमा महेन्द्रनगर नगर विकास समितिका अध्यक्षहरुले केही जग्गा अनधिकृत तरिकाले समितिको निर्णय गराई भाडामा दिएको छ भने केही जग्गा अध्यक्षले सोझै एकल आदेशबाट भाडामा दिएको छ । यो नेपाली जनताको साझा सम्पत्ति हो भन्ने धारणा नगर विकासका अध्यक्षलाई भएन गैर कानूनी व्यक्तिहरुको सल्लाह सुझाव र संलग्नतामा जिल्ला प्रशासन, ट्राफिक कार्यालय पश्चिम महेन्द्र स्मारक उत्तर मूल सडक साल्ट ट्रेडिङ मञ्चदेखि पुर्व तर्फको ओपेरा क्षेत्रमा वदनियत तरिकाले २०÷३० वर्षको लागी भनेर केही घडेरीहरु भाडामा दिएको छ भनि केही ठाउ“मा अनधिकृत रुपबाट व्यक्तिगत लाभ लिई वितरण गरेको छ, राती राती भवन बनाउन लगाउने दिउसो प्रहरी लगाएको निहु गर्दै महेन्द्रनगर नगर विकास समितिको गुरुयोजना नै मनपरी व्यक्तिगत रुपले विगारी दिएको छ । खोका छाप्रा व्यवस्थापन गर्ने भन्ने निहुमा पनि व्यापक भ्रष्टाचार भई रहेकै हुदा नियम बमोजिम गुरुयोजनामा आ“च नपुग्ने गरि दिईयोस भनि केही व्यक्तिहरुले अख्तियार दुरुपयोग अनुसन्धान दिपायल सम्पर्क कार्यालय महेन्द्रनगरमा कारवाहीको माग राखी २०÷२५ व्यक्तिहरुले विगतमा नै निवेदन दर्ता गराए पनि किन कारवाही भएन् । राजनीतिक पार्टीहरुको दवाव पर्यो वा के भएको हो कारवाहीको जानकारी जनताले पाएका छैनन् ।
त्यस्तै सालघारी जहा“ आर्मी व्यारेक छ सुप विश्वविद्यालयका भवनहरु बन्दै छन् त्यो क्षेत्र पुरैमा कतै मजदूर कलौनीको रुपबाट अतिक्रमण गरिएको छ भने कतै सुकुम्बासीको नामले कब्जा गरिएका छन् । सरकार तथा जनता सबै नागरिकले ऐन कानूनको पालना गर्नुपर्छ, यदि पालना भएन भने देशमा दुर्घटना हुन्न भन्नेकुरालाई सोझा साझा जनताले बुझ्न नसकेपनि सरकारका कर्मचारी पदाधिकारीहरुले आफ्नो जिम्मेवारीलाई पुरा गर्नुपर्ने थियो तर
गरेको पाईएन । मिडियाहरुले जतिसुकै लेखेपनि सम्बन्धित अधिकारीहरुका आ“खा खुल्दैनन् या उनीहरु पनि भागबण्डामा पर्छन भन्ने कुरा बुझ्न सकिएको छैन । महेन्द्रनगरलाई समेत स्मार्ट सिटीको रुपमा विकसित गर्ने भनेर कार्यक्रम सुरु भएको छ, स्मार्र्ट सिटिकै लागि भईरहेका काम कारवाहीहरु ढिलो चाडो जस्तो भएपनि स्वागत योग्य छ तर यहाका जनताहरुको माग के छ भने महेन्द्रनगर बजारमा एउटा पनि आधुनिक तरिकाको व्यापारिक भवन बनेको छैन, भारतबाट महेन्द्रनगर प्रवेश गर्दा समेत प्रमुख स्थानमा रहेको पुरानो बसपार्क एरिया सिटिहल सम्म केही आधुनिक व्यापारिक भवन बनुन भन्ने व्यापारीहरुको चाहना रहेको छ । एकातर्फ नियमित रुपले व्यापार गर्नको लागि स्थान सटरहरु छैनन् भने अर्को तर्फ चोरी चोराई जग्गा अतिक्रमण गराई राति राती भवन निर्माण गराई सम्बन्धित पदाधिकारीहरुले लाभ लिने गरेको बुझिन्छ । यदि होइन भने कानूनको बर्खिलापमा देशको प्रशासन संयन्त्र किन चुकेको छ ? यदि राजनीतिक पार्टीहरुबाट अनैतिक दवाव आएको भए त्यो सार्वजनिक हुनुपर्दथ्यो भएको छैन् । बैंक तथा जमिन मात्र लुटिएका छैनन् यहा“का सम्पदाहरु पनि लुटिएका छन् । ठूलो लगानी लगाएर बनाईएको पंचायत रजत जयन्ती पार्क रजत स्तम्भ महेन्द्र स्मारकमा रहेको राजा महेन्द्रको शालिक जस्ता सम्पदाहरुमा आक्रमण गरिएको छ, यस्ता सम्पदाको संरक्षण गर्ने र पुनरनिर्माण गर्ने जिम्मा कसको ? यस्तै अमूल्य सम्पदाहरु ब्रहमदेव मण्डीको पुरानो बजारका अवसेव (भवनका गाजरा) अझै जिवित छन्, ति पनि भत्काई निजी बनाउने साहश गरिरहेको पाइन्छ । जहा“ भीमदत्त पन्तले भारतीय व्यापारीहरुबाट नून लुटेर नेपाली जनतालाई वितरण गरियो भनिन्छ, जहा“ भन्सारका नासु, कर्मलाई बोरामा बाधी महाकालीमा फालेको थियो त्यो ऐतिहासिक स्थानलाई संरक्षित गरि राख्नुपर्ने हु“दा त्यता तर्फ भीमदत्त नगरपालिको ध्यान जानु अत्यन्त जानु जरुरी छ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *