स्वरोजगारी यूवा युवतीलाई किन सताइन्छ

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

दिशानिर्देश समाचार
महेन्द्रनगर, ५ साउन
हाम्रा युवा युवतीहरुलाई नेपाल सरकारले रोजगारी दिन नसकि खाडी मुलुकहरुमा रोजगारीको लागी गएर अमानवीय व्यवहारका साथ दुःख भोगी
रहेका छन् । नेपालमा नेपालीहरुबाट र नेपाल सरकारबाट चलाएका सरकारी उद्योगहरुमाथि नेपाली नेताहरुबाट हमला गरिएको मात्र नभई निजी उद्योगहरुलाई ताला लगाई कब्जा गरी विक्रि गर्यो भने सरकारी उद्योगहरु कौडीको भाउमा विदेशीलाई समेत विक्रि गरे पनि सञ्चालनमा आएन ल्याएनन् ।
कारण थियो विदेशी उद्योग फस्टाउने र कमिसनको खेलमा नेपाली उद्योगहरुलाई धरासायी पार्ने अझै यस्तो खेल चलिरहेको छ भन्दैछन् टेम्पो रिक्सा चालकहरु ।
यहि श्रावण ३ गते विद्युतिय रिक्सा तथा टेम्पोहरु आन्दोलित रहे, श्रावण २ गते देखि नै टेम्पोहरुबाट अचाकली असुली चलेको हुँदा ३ गते महेन्द्रनगर बजार बन्द गराउन टेम्पो बोकेर चालकहरुले स्थानीय सरकारको कडा निन्दनिय विरोध गरिरहेका थिए । टेम्पो चालकमा कसैले बैंकबाट ऋण लिएर आफ्नै बनाएर चलाउछन् भने धेरै जसो विद्युतिय रिक्साहरु भाडामा लिएर चलाई रहेको कुरा खुल्न आएको छ । आफूले रोजागारी दिन नसक्ने स्थानीय सरकारले स्वरोजगारवाला युवाहरुलाई सताउने काम गरिराखेको हुँदा यसरी सताउनु हुदैन ।
एकदम राम्रो सेवा दिई रहेको बेला अटो रिक्सा चालकहरुलाई सताउने काम छोड्नु पर्दछ । बसपार्कमा यौटा बस आउदा ४÷ ५ वटा रिक्साहरु सवारी खोज्न भित्र जान्छन् किन कि बाहिर तर्फ खोका छाप्रा रहेका र सडक विस्तार नभएकोले ठाउँ छैन ।
भित्र छिर्दा एक सवारी यात्री पाउछन्, त्यो पनि बजार जाने अर्थात रु २० भाडा लिनुपर्ने ठाउँको तर चालकले ५० रुपैया ठेकेदारलाई दिनुपर्छ । हाम्रो हामीले तिर्ने कर दैनिक एक ठाउँमा तिर्न पाउने व्यवस्था हुनु पर्यो हामी तिर्न तयार छौं तर नगरका जति वडामा हामी सवारी लगेर जान्छौं ठाउँ ठाउँमा पटक पटक तिर्न सक्दैनौ । अटो पनि भाडामा हुन्छ झोलुङ्गे जादा आउदा उता पनि पैसा लिन्छ बजार आउदा बसपार्क त्यसमा भीनपाको
ठेकेदारले अलग पैसा लिन्छ भन्नु हुन्छ टेम्पो चालक मदन नाथ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *