न्याय क्षेत्र कर्मनिष्ट तर्फ अग्रसर








दिशानिर्देश समाचार
महेन्द्रनगर, ५ साउन
यहि श्रावण २ गते उच्च अदालत दिपायल बेच्न महेन्द्रनगरले विगत ११ वर्ष सम्मका मुद्दाको लगत फछ्र्याैट र आ.व. ०७४÷०७५ असार मसान्तसम्म छिन्न बाँकी मुद्दाको लगतका साथै ७ नं. प्रदेशका महेन्द्रनगर इजलास क्षेत्र भित्र पर्ने सबै अदालतहरुले कायम रहेको लगतमा फछ्र्यौट भएका र फछ्र्यौट हुन बाँकी मुद्दाको विवरण सार्वजनिक गरेको छ । जस अनुसार महेन्द्रनगर इजलासले जम्मा लगत ५०० मध्ये ४१९ फछ्र्यौट गरी बाँकी डेढ वर्ष म्याद ननाघेका ८१, कञ्चनपुर जिल्ला अदालतले ९६९ मा ७६९ फछ्र्यौट गरी २०० बाँकी त्यस मध्ये डेढ वर्ष नाघेका २ र २ वर्ष नाघेको १ मुद्दा, डडेल्धुरा जिल्ला अदालत लगतले १०५ मा फछ्र्यौट ८१ बाँकी २४, बैतडी जिल्ला अदालतमा लगत ९६ फछ्र्यौट ७७ बाँकी १९, दार्चुला जिल्ला अदालतमा १०६ मा फछ्र्यौट ८० बाँकी २६ छन भने वाणिज्य इजलास तर्फ लगत ४२ फछ्र्यौट ३४ बाँकी ८ वाणिज्य तर्फ सबै मुद्दा चेक अनादरका हुन् ।
श्रावण २ गते उच्च अदालत दिपायल बेच्न महेन्द्रनगरमा पत्रकार सम्मेलन गरी जानकारी गराएका हुन । यहि भाद्र १ गते देखि मुलुकी देवानी (संहिता) ऐन र मुलुकी अपराध (संहिता) फौजदारी कार्यविधि ऐन लागु हुने उच्च अदालत दिपायल महेन्द्रनगर इजलासका न्यायाधीश
डिल्लीराज आचार्यले बताए ।
मुद्दाहरुको लगत हेर्दा अदालतहरुले कर्मनिष्ट रही काम गरेको देखिन्छ । मुद्दाको किनारा गर्न बादी प्रतिबादीहरुको प्रमुख भूमिका रहने
देखिन्छ । कुनै कुनै सेवाग्राही तारेख गुजारेन पेशी सारी माग्ने भएको कारणले पनि मुद्दाको फैसलामा ढिलो हुने भएको जानकारीमा आएको छ ।







