पत्रकार महासंघ अध्यक्षमा अवस्थी

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

महेन्द्रनगर, २६ फाल्गुन
देशका कुनै पनि अङ्ग निष्पक्ष छैनन् । स्वतन्त्रतापूर्वक रहन सक्ने हैसियत नभएका पत्रकार संगठनहरु तथा कर्मचारी, विद्यार्थी, ट्रेड युनियन यी सबैमा राजनीतिक पार्टीको निगरानी रहेको मात्र नभई आफ्नो पार्टीमा चुर्लम्म डुबेकाले केवल पार्टीको हित बाहेक अन्य कुनै थोक स्वतन्त्रतापूर्वक लेख्न र गर्न पाएका छैनन् । पत्रकारहरु स्वतन्त्र भएर पनि यस देशमा बाँच्न सक्ने अवस्था छैन । पत्रकार महासंघको निर्वाचनमा पनि स्वतन्त्र व्यक्तिको कुनै औचित्य रहेन । जुन पत्रकार खुलेर राजनीतिक पार्टीहरुको हित गर्छ केवल उसले नेतृत्व लिन खोज्छ र स्वतन्त्र व्यक्ति हमेशा यस्ता निर्वाचनमा कृष्णप्रसाद भट्टराई झै पछाडि नै रहेको महसुस हुन गएको छ ।
नेपाल पत्रकार महासंघ कञ्चनपुर शाखाको अध्यक्षमा विष्णुदत्त अवस्थी निर्वा्चित भएका छन् । महासंघ कञ्चनपुरको नवौँँ जिल्ला अधिवेशन तथा १७ औँ वार्षिक साधारण सभाबाट अध्यक्षमा अवस्थी निर्वा्चित भएका हुन् ।
मङ्गलबार राति अबेर घोषित परिणाम अनुसार अवस्थीले १ सय ३१ र उहाँका प्रतिद्वन्द्वी सुरेश सिंह धामीले १ सय ४ मत प्राप्त गरेका छन् ।
निर्वाचन समितिका प्रमुख निर्वाचन अधिकृत लक्ष्मीराज जोशीका अनुसार उपाध्यक्षमा केशव सावद निर्वा्चित भएका छन् । महिला उपाध्यक्षमा दुर्गा उपाध्याय तथा सचिवमा अमरबहादुर चन्द निर्वा्चित भएका छन् ।
यस्तै, खुल्ला सह–सचिवमा मोहन विष्ट, समावेशी सह–सचिवमा सङ्गीता शाही र कोषाध्यक्षमा चुडामणि अर्याल निर्वा्चित भएका छन् ।
यस्तै, महिला सदस्यमा निर्मला बोहरा र दलित सदस्यमा सुरेन्द्र पाल्पाली निर्वा्चित भएका छन् । खुल्ला सदस्यतर्फ ईश्वरदत्त बडू, कुन्दन पाण्डे, भाष्कर केसी, धनञ्जय अवस्थी, धर्मराज कठायत, रञ्जित लामा, वासुदेव धामी र वासुदेव भट्ट निर्वा्चित भएका छन् ।
३४ जना प्रदेश पार्षद पनि निर्विरोध निर्वा्चित भएको निर्वाचन समितिले जनाएको छ । २० खुल्ला र ६ महिला केन्द्रीय पार्षदका लागि उम्मेदवारी दिएका ४५ जना मध्ये विजयी हुनेमा अधिकांश प्रेस सेन्टर नेपाल र प्रेस युनियनका उम्मेदवार रहेका छन् । निर्वाचनमा कुल २ सय ६० मतदाता मध्ये २ सय ३७ ले सहभागिता जनाएका थिए ।
पत्रकारहरुको जिल्लास्थित एउटै स्वतन्त्र अङ्ग हुनुपर्नेमा स्वतन्त्र नभई पार्टीगत भएको कारणले विभिन्न हाँगामा बाडिएका पत्रकारहरुबाट न आफ्नो हित हुन्छ न अर्काको । यदि यस्ता संगठनहरु भातृ संगठनको रुपमा रहने हो भने आफ्नो हकहितको लागि केही गर्न सक्तैनन् केवल अर्काको लागि बाँच्न र गर्नु परेको देखिन्छ । तैपनि अदृश्य रुपमा भएपनि आफ्नो हकहित तर्फ विचलितरहेका छैनन् । तैपनि निर्वाचनको बेला अवश्य भेदभाव भएको पाइन्छ । आफ्ना संगठनको हित भन्दा राजनीतिक पार्टीहरुको हितमा यस्ता संगठनहरुले बढी काम गरेको देखिन्छ भने विज्ञापनको हकमा स्वदेशको विज्ञापनले नपुगी विदेशी विज्ञापनको लािग गुहार मागी रहेका छन् ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *