पुर्व युवराज पारस शाह महेन्द्रनगरमा

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

दिशानिर्देश समाचार
महेन्द्रनगर, ५ साउन
पुर्व युवराज पारस शाह तथा योगी नरहरिनाथका अनुयायी सन्त ब्याग्र वेदनाथ एक साथ यहि श्रावण १ गते महेन्द्रनगरमा आएका थिए ।
योगी ब्याग्र बेदनाथले कर्मनिष्ट सन्देश नामक सानो पुस्तिका जुन राष्ट्र योगी नरहरिनाथद्वारा २०२२ चैत्र १ गतेका दिन स्थापित बृहत अध्यात्मिक परिषद्को योगी नरहीनाथ स्मृति पुस्तकालय तथा संग्रहालयमा रहेका सामग्रीको आधारमा तयार पारिएको थियो ।
पहिलो संस्करण कर्मनिष्ट सन्देशको विस्तृत रुपमा व्याख्या गर्न खोजे पनि एक घण्टाको अनौपचारिक कार्यक्रममा नभ्याएकोले मूलभूत सारतत्व, नेपालको संस्कृति, सभ्यता भेषभुषामा आघात नपर्ने गरी सबै हामी नेपालीले आ–आफ्नो क्षेत्रमा कर्मनिष्ट भई काम गरेमा यो देश विश्वसामु पवित्र गौरवशाली भएर
रहन सक्ने हुँदा कर्मनिष्ट भएर रहौं भन्ने सन्देश दिएका थिए भने केही युवाहरुको अनुरोधमा पुर्व युवराज पारस शाहले भन्नुभयो म के भनु हामीले जुन शिक्षा पछि पाउनु पर्ने थियो त्यो पहिले पायौ र पहिले पाउनुपर्ने शिक्षा पछि पायौं पाईरहेका छौ मात्र भन्दै अनौपचारिक एक घण्टाको कार्यक्रमको अन्त गरियो । सो कार्यक्रमको अन्त तर्फ सामान्य तरिकाले योगी व्याग्र वेदनाथको साथ साथै रहनु भएका थिए ।
ओपेरा होटलको सभाकक्षमा सयौंको उपस्थितिमा उक्त कार्यक्रम भएको थियो कर्मनिष्ट सन्देश फैलाउन योगी जीको साथ साथै पुर्व युवराज पारश शाह पनि ४ः३० बजे तर्फ धनगढीको लागि हिडेका थिए ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *