चिकित्सकहरुले उल्टो बाटो समाते

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

आज देशव्यापीहरुमा चिकित्सकहरुको हड्ताल रहेको छ जुन अत्यन्त निन्दनीय रहेको छ । हड्ताल गर्ने राज्य व्यवस्था सञ्चालन गर्ने काम पुर्ण रुपले चिकित्सकको हुदै होईन । राज्य व्यवस्था सञ्चालन गर्ने कामको लागी जनताले छानेर अगुवा पठाएका छन् उनीहरुको काम हो। हरेक पेसेवरले कर्मनिष्ट भएर मात्र काम गरि दिएमा पुग्यो तर यहाँ कर्मनिष्ट होइन कि कम्युनिष्ट मात्र भएर काम गर्न खोजे देशमा आतंकको बादल छाएको छ । सबैको कार्य विभाजन गरिएको छ, विद्यार्थीले पढ्ने, शिक्षकले पढाउने, कृषकले अन्न उब्जाउने र निर्यात गर्ने आयातबाट बचाउने त्यस्तै डाक्टरले विरामीको उपचार गर्ने नजानेको कुरा विश्वभरी रहेको कुनै पनि डाक्टरको सल्लाह लिने स्वदेशमा नै उपचार गराउने गर्ने । महेन्द्रनगरको डाक्टरले विरामीलाई बनबसाको मेडिसेन्टरमा रिफर नगरी आफै उपचार गर्ने व्यवस्था गर्नु । डाक्टरले राजनीति छोडी उपचार गर्नुपर्छ या डाक्टरी छोडी राजनीति गर्नुपर्छ । महादानवको काम गर्नु व्यर्थ हो । राज्य सञ्चालनको जिम्मा पार्टीरुपी, देवगण, मानवगण र राक्षस गणहरुमा आलोपालो गरि लिने गरेको छ तर राक्षस, देवता र मनुष्यको हेर्दा अनार यौटै हुँदा चिन्न गाह्रो भएको छ । हेर्दा मानिस जस्तै छन् सबै राजनीतिक पार्टीहरु तर जसले जनताको लागी प्यारो बन्न सक्यो उही नै देवता मानिने छ । जे काम पनि स्वदेशमा बसेर गर्नु पर्छ । नेपालको क्यान्सर रुपी गिरिजा प्रसाद झै विदेश दिल्ली डरबारमा गई ७ पार्टी सित १२ बुँदे सम्झौता गरे झै गर्नु हुदैन । बरु डा. गोविन्द केसीले जुन रुपबाट भए पनि कर्णालीमा गएर सत्याग्रह भोग हडताल गरे ठिक बेठिक र उनले कर्मनिष्ट काम गरे नगरेको अलग्गै कुरा हो । नेताले मेडिकल डाक्टरको काम गर्न सक्दैन, त्यस्तै मेडिकल डाक्टरले राष्ट्र चलाउन नेतागिरी गर्न केही वर्ष अभ्यास गर्नु पर्दछ तर पनि केपी ओलीको दाजोमा आउन डा.गोविन्द केशीको समय गैसक्यो । त्यस कारण राष्ट्रको व्यवस्थापनको काममा डा. केसी सक्दैनन. डा. र प्रोफेसर भएको नाताले १÷२ दिन स्वास्थ्य कर्मीहरुले साथ दिनु अलग कुरा हो त्यसपछि उनीहरुले महत्वपुर्ण समय वर्वाद कुनै पनि डा. ले गर्दैनन् उनले पनि परिवार पाल्नुछ । त्यसकारण जव भोलिको दिन डा. केसीको बाहानामा गरिएको हडताल बन्द हुन्छ भने को बेवकुफ बन्ला ? डा. केसी कि केसीका अरु अनुवायीहरु ?

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *