कञ्चनपुरका सबै स्थानीय तहमा अनुकुलन परियोजना सुरु

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

दिशानिर्देश समाचार
महेन्द्रनगर, ४ साउन
कञ्चनपुरका सबै स्थानीय तहमा अनुकुलन परियोजना (लापा) सुरु गरिने भएको छ ।
ब्रेस्ड–अनुकुलन परियोजनाले शुक्रबार बेलौरीमा निड्स नेपालले आयोजना गरेको जनप्रतिनिधि तथा विषयगत शाखा एवं सरोकारवाला निकाय सगं अनुभव आदान–प्रदान तथा परियोजना गोष्ठी कार्यक्रममा कञ्चनपुरका नौ वटै स्थानिय तहहरुमा अनुकुलन परियोजनाले कार्यक्रम गर्ने जनाइएको हो । बेलायत सरकारको आर्थिक सहयोगमा निड्स नेपालले ब्रेस्ड–अनुकुलन परियोजना पश्चिम नेपालका कञ्चनपुर, कैलाली, डडेल्धुरा, डोटी, बाँके र बर्दिया लगायतका जिल्लामा कार्यान्वयन गरिरहेको छ । परियोजनाले सम्बन्धित क्षेत्रको आवश्यकता अनुसार खाद्य सुरक्षा, खानेपानी निर्माण र सरसफाई, कृषि बाली विमा, पानीका मुल सरक्षंण लगायतका क्षेत्रमा आर्थिक र प्राविधिक रुपमा काम गरिरहेको अनुकुलन परियोजनाका जिल्ला संयोजक भरत दवाडीले बताउनु भयो । त्यस्तै बाढीपहिरोको जोखिम न्युनीकरण गर्न र खाद्य सुरक्षाका साथै वित्तिय संस्थामा समेत विगतका वर्षदेखि नै अनुकुलन परियोजनाले काम गरिरहेको छ ।
त्यस्तै, निड्स नेपालले सुरक्षित क्षमता विकास, आप्रवासन, स्वास्थ्य, शिक्षा, पोषण, पानी र स्वच्छता आदि जस्ता आधारभूत आवश्यकतामा लक्षित समुदायको पहुँच बढाउने, कृषि र गैरकृषि दुवैको आधारमा सहयोगी कार्य गर्ने, मानवीय सहायता र जलवायु परिवर्तन अनुकूलनको माध्यमबाट जोखिममा परेका समुदायका लागि सहयोगी कार्यक्रम ल्याउने, प्रजनन स्वास्थ्य, सुरक्षित मातृत्व र स्वास्थ्य सेवा सहित एचआईभी एड्स न्युनीकरणका लागि शिक्षा, औपचारिक र अनौपचारिक शिक्षा तथा प्राविधिक र व्यावसायिक शिक्षामा समुदायको पहुँचमा सहयोग गर्ने कार्य गरिरहेको निड्स नेपालका कार्यकारी निर्देशक भवराज रेग्मीले बताए ।
अनुभव आदान–प्रदान तथा परियोजना गोष्ठी कार्यक्रमको अध्यक्षता समेत गर्नुभएका बेलौरी नगरपालिकाका नगरप्रमुख पोतिलाल चौधरीले अनुकुलन परियोजना किसानहरु संग बढी सम्बन्धित रहेको उल्लेख गर्दै जनप्रतिनिधि मात्रै नभई सम्बन्धित क्षेत्रमा कार्य गर्ने सरोकारवाला निकाय र लक्षित समुदाय संग पनि यसका बारेमा छलफल गरी योजना कार्यान्वयन गर्नुपर्ने धारणा राख्नु भयो ।
कार्यक्रममा बेलौरी नगरपालिकाका उपप्रमुख चित्र कुमारी चौधरी, वडा अध्यक्ष तथा कार्यपालिका सदस्यहरु, योजना शाखा र कृषि शाखाका प्रमुख, रेडक्रसका जिल्ला प्रतिनिधि, सामुदायिक बनका पदाधिकारी लगायतको पनि सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन मनराज उपाध्यायले गर्नुभएको थियो ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *