हवाई यातायात सेवा बिकास

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

(ङ) छैटौं योजना (२०३७÷३८–२०४१÷४२)
छैटौं योजनाको हवाई यातायात विकासको उद्देश्य पाँचौं योजनाका उद्देश्यहरु सित मल्दिो जुल्दो भए तापनि यसका उद्देश्यहरु पर्यटन उद्योग तथा वैदेशिक व्यापारको विकासलाई टेवा पुर्याउने दृष्टिकोणबाट पनि निर्धारित गरिएको देखिन्छ ।
यसका प्रमुख उद्देश्यहरुमा (१) अधिराज्यको पर्यटन उद्योगको विकासलाई टेवा दिने र वैदेशिक व्यापारलाई छिटो छरितो हवाई ढुवानी सुविधा पुर्याउने दृष्टिकोणले अन्तराष्ट्रिय हवाई सेवाको विकास गर्ने तथा (२) पर्यटन उद्योगलाई सघाउ पुर्याउने र अन्य यातायात सुविधा पुगेका देशका विभिन्न स्थानहरुका बीच यात्रु सृेवा तथा मालसमानहरुको ढुवानी पुर्याउने दृष्टिले आन्तरिक हवाई सेवाको विकास गर्ने रहेका थिए । यिनै उद्देश्यहरुलाई मध्यनजर राखी यस योजनाले नयाँ विमान स्थलहरुको निर्माण गरी आन्तरिक सेवाको विस्तार गर्नुको सट्टा निर्माण गरिएका हवाई मैदानहरुको अधिकतम उपयोग गर्न आवश्यक सुविधाहरु उपलब्ध गर्ने तथा थप साना विमानहरु उपलब्ध गरी आन्तरिक यात्रु तथा सामानहरुको ढुवानी सेवालाई सुगम र भरपर्दो बनाउने विदेशी पर्यटकहरुको संख्यामा बृद्धि गर्न विदेशी चार्टर कम्पनीहरु मार्फत बाह्य चार्टर सेवा चलाउन प्रोत्साहन दिने, त्रिभुवन अन्तराष्ट्रिय विमान स्थललाई अन्तराष्ट्रिय विमान स्थल सुहाउदो बनाउन आवक्य सुविधाहरुको बृद्धि खगर्ने शाही नेपाल वायु सेवा निगमको आन्तरिक सेवालाई अरु बढी सक्षम र सुदृढ गर्ने मध्यम तथा निम्न स्तरीय प्राविधिक जनशक्तिको बढ्दो मागलाई स्वदेशमा नै उत्पादन गर्ने जस्ता नीतिहरु अपनाईएको थियो । यस योजनामा पनि अधिराज्यमा सबै विमान स्थलहरु समान महत्वको नरहेको महसुस गर्दै कुन विमान स्थललाई कतिसम्म सुविधा उपलब्ध गराउने हो कुन प्रकारका संचार उड्यन उपकरणहरु उपलब्ध गराउने, कुन स्तरको विमान सम्मलाई उत्रन दिने आदिको व्यवस्था गर्नु आवश्यक सम्झिएको थियो यसैले पाँचौं योजनाबाट यस्तै सम्पूर्ण विमान स्थलहरुलाई प्राविधिक तथा प्रशासनिक दृष्टिकोणबाट क,ख,ग, र घ गरी ४ वर्गमा वर्गीकरण गरिएको थियो र तिनीहरुमा उपलब्ध हुने न्यूनतम सुविधानहरुबारे स्पष्ट उल्लेख गरिएको थियो ।
छैटौ योजनाले योजना अवधिमा त्रिभुवन अन्तराष्ट्रिय विमान स्थल, नेपालगंज विमान स्थल, पोखरा विमानस्थल, सुर्खेत विमान स्थल र धनगढी विमान स्थल गरी ५ वटा विमान स्थलहरुको धानवमार्ग निर्माण तथा सुदृढिकरण र आवश्यक थप भौतिक सुविधा उपलब्ध गर्ने लक्ष्यका साथै बाजुरा साना हवाई मैदान र गोकुलेश्वर साना हवाई मैदान गरी दुई वटा हवाई मैदान निर्माण गर्ने तथा सोलुखुम्बु, लाम्टाङ, बलेवा(बाग्लुङ), रामेछाप र जुम्ला साना हवाई मैदान गरी ५ वटा हवाई मैदानहरुमा धावनमार्गमा आवश्यक सुधार एवं विस्तार गरी ट्रइनअटर विमान सेवाका लागि उपयुक्त गर्ने लक्ष्य पनि निर्धारण गरिएको थियो ।
यसका अतिरिक्त पर्यटन, गुरुयोजना अनुसार आवश्य देखिएको पहाडी जिल्लाहरुमा हेलिकप्टरको सेवा उपलब्ध गर्न हेलिपेटहरुको निर्माण गर्ने कार्यक्रमहरु समेत समावेश गरिएको थियो । क्रमशः

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *