यो के भएको होला ?

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

अनन्त कालदेखि शोषण उत्पिडन विरुद्धको चित्कार यथावत छ, मौका परे बाँकी राख्न कमै तयार छन्, हाकाहाकी ब्रहमलूट भएको प्रत्यक्ष देखिनाले कुनै ऐन कानून प्रमाण नै आवश्यक रहेन । मूल कानून संविधानको धुजा धुजा पारिएको छ । त्यसको संरक्षण गर्ने निकाय निरीह बनेको आभाष भईरहन्छ । राणा, पंच, कांग्रेस कम्युनिष्ट रुप रंगमा केही भिन्नता प्रदर्शन गर्ने प्रयास देखाउने गरे पनि हामी आम सर्वसाधारणका लागि कुनै सार्थक परिणाम आएन आउन दिईएन ।
विगतमा कथित प्रजातन्त्रबादीका दावेदारहरुले खुलेआम राष्ट्रको दोहन गर्दा निराश भएका जनताले साम्यवादी दर्शनको झलक देखाउनेहरु केही गर्छन कि भन्ने थियो आशाले अभिमत जाहेर गर्दै ठूलो शक्तिशाली सरकार निर्माण भयो तर वर्तमानका क्रियाकलाप हेर्दा दंभ अहंकारले उन्मक्त भएका शासकहरुका गतिविधि अचम्भित पार्ने प्रकृतिका देखिए । श्रोत साधनको कमी भन्दा पनि नियत नै असहज देखिन थाल्यो । एकपछि अर्को गर्दै बेनकाव हुन लागेका घटनाक्रमबाट जनतामा गहन निराशा व्याप्त भई सकेको छ । सिण्डिकेट तोड्ने भनि ठूलै प्रचार गरियो, गृहमन्त्री राम बहादुर थापा शसक्त रुपमा देखा पर्नु भयो तर मन्त्री महासेठ देखिने गरी नांगिए । व्यवसायीहरुलाई आश्वस्त पार्दै सम्पूर्ण कार्वाही रद्द गरे । मन्त्री परिषद्को निर्णय समेतलाई वेवास्ता गर्दै श्रावण १ गते के के न होला भनेको त्यस्तै के के भइसक्यो सिण्डिकेट पुनरजिवित भयो । बैंक खाता फुकुवा भईसके, ठेकेदारहरुका देशहित विरुद्धका काम कार्वाहीमा देखिएको तत्परतामा कुठाराघात गर्दै महासेठ अझ महासेठ बन्ने क्रममा देखिए । मनमा लाग्दथ्यो शक्तिशाली केपी ओलीले त्यस्ता भ्रष्टहरुलाई तह लगाउने छन तर ठीक उल्टो भएछ । सुनकाण्डमा ठूला माछा समाति नै लागे भनि पत्रकार सम्मेलनमा मन्त्री थापाले प्रदर्शन गरेका उत्साह स्रहानिय थियो तर त्यो पनि सेलाउदै गएको छ । मार्सि भात जसले जहाँसुकै खाउन त्यसमा सरोकार राख्ने काम स्वयम खडा गरे । देशमा चिकित्सा लगायतका क्षेत्रमा देखिएको वेथिति विरुद्ध उग्र आवाज उठी रहेका बखर त्यस सम्बन्धित कारक तत्वहरुको आयोजनामा व्यन्जन खाएको प्रत्यक्ष देखिने गरी सामाजिक सन्जालहरुमा प्रमाण सहितका खबर प्रसारित भई रहेका छन्, ठूला माछा यत्ति शक्तिशाली रहेछन् कि गृहमन्त्रीको सामर्थ र सीमालाई अतिक्रमण गर्न सक्ने हैसियत राख्दछन् । प्रत्यक्ष परोक्ष रुपमा व्वासाँहरुका पहिचान खुल्दै गएका छन् । स्वयम गृहमन्त्रीले सरकारबाट नै असहयोग भई रहेको खुलाशा गरी सकेका छन् । सरकारले गरेका निर्णय एकपछि अर्को गरी निष्कृय पर्दै गएका छन् । माइतीघर मण्डला लगायतका निशेधित क्षेत्र अदालतबाट
रोकियो नियुक्तिहरु खारेज गर्ने निर्णय गैर कानूनी भन्दै अन्तरिम आदेश जारी भइरहेका छन् । स्वयम प्रचण्डले २ जनाले रोक्दैमा जनसमर्पित सरकारका निर्णय प्रभावित गर्न मिल्दैन भन्नुको अर्थ न्यायालय र कार्यपालिका बीच द्वन्दको शुरुवात भइसकेको छ । संसदीय सुनुवाई समितिबाट अभूतपुर्व निर्णय आएमा कुनै आश्चर्य नमान्नु पर्ने स्थिति देखा पर्दैछ ।
दुई तिहाईको शक्तिशाली सरकार अवश्य छ तर उसलाई समर्थन गर्ने दलहरुमा नै विरोधका स्वर उठि सकेका छन् । श्रावण २ को साँझ वीवीसी नेपाली सेवामा नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्टको असन्तुष्टी झल्कने स्वर असामान्य थियो । स्वयम प्रधानमन्त्रीले सभामा नै शुसाशनको काममा आवाज उठाउनु पर्ने आफ्नो दलबाट समेत मौनताप्रति आक्रोश पोखेकै हुन् । त्यो सहज अभिव्यक्ति कुनै हालतमा मान्न सकिदैन । उपकुलपति जस्तो पदाधिकारीलाई बेइज्जत गरी विमानस्थलबाट पक्राउ गर्नु चिकित्सकलाई गृह मन्त्रालयमा पुर्याई धम्काउनु विदेश भ्रमणमा रोक लगाउने निर्देशन अवज्ञा गर्दै सैकडौं कर्मचारी विदेश भ्रमणमा जानु कर माथि कर थप्दै सास्ति दिने काम महंगी वेरोजगारीको मारमा पिल्सिएका आम सर्वसाधारणको बारेस कोही देखिएन र विकल्प पनि छैन । चिकित्सकहरु आम हड्तालमा छन् आफ्नो विश्वसनयिता अहंकारबाट लुप्त हुन लागेको थाहा नपाएको हो कि यो के भएको होला ? भारतीय राजदूतमा नीलकण्ठ उप्रेतिको चयन अचम्भित पार्ने किसमको छ । पुर्व मुख्य निर्वाचन आयुक्त त्यस्ता नियुक्तिका लागि संविधान अन्तर्गत ग्राह्य हुनै सक्दैनन् यसरी बहुमतले मात्र अहंकर तुष्टीकरण कसरी संभव होला ? दुर्भाग्य वश प्रतिपक्ष लाचार निरीह र “कोमा” मा पुगेको छ उसको आवाज निर्जिव जस्तै छ, नेतृत्व नैतिक सामाजिक राजनैतिक रुपमा असक्षम शिद्ध भएकोले पुर्व राजा ज्ञानेन्द्रले २ पटक
भिराएको असक्षमको पदवी सत्य नै रहेछ भनि आम सञ्चार चर्चा गर्छन ।
यो तमाम पृष्ठभूमिमा असफल हुन लागेको शासन तन्त्र निकट भविष्यमा कहाँ पुग्ने होला ? आजको प्रमुख सन्दर्भ यहि देखिन्छ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *