सर्वसाधारणले सेवा पाउन कठिन हुदैछ

Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

वर्तमानको नेपालमा जो उच्च तहमा पदाशीन छन्, सत्ता पक्ष र प्रतिपक्षमा बफादार साथ लागी परेका छन् । उनीहरुलाई सेवा लिन सुलभ देखिन्छ । सिदा अर्थात सर्वसाधारणले सेवा सुविधा प्राप्त गर्न सजिलो छैन । सडक यातायात, सिचाई कुला बाटाघाटाको सुविधा लिन समेत दुर्लभ छ । जसको पहु“च छ त्यहाका सडकहरु कालोपत्रे भईरहेका छन् । योजनाबद्ध तरिकाबाट कुनै काम भएको छैन । जसको जे मन लाग्यो त्यही गरी राखेका छन् । उदाहरणको लागी हेर्ने हो भने टाढा र गहिरो जानै पर्दैन, महेन्द्रनगर नगर विकास समिति र त्यसका पदाधिकारीहरुलाई हेरे पुग्छ । समितिमा जो जो सदस्य रहने हुन हरेक पार्टीबाट सामेल भएका सबै समितिका पदेन पदाधिकारीहरुले समेत आफ्नो या आफ्नो परिवारको नाममा औद्योगिक क्षेत्रमा समेत औद्योगिक घडेरी प्राप्त गरेका छन् ।
कारागार क्षेत्रको उद्योग लाईन होस वा बनखेतको उद्योगलाईन होस यी दुवै ठाउमा हाल हेर्दा २० प्रतिशतले पनि उद्योग स्थापना गरेको छैन । केवल आफन्तलाई जग्गा वितरण गर्नको लागी मात्र यी खेलहरु खेलेको आभास गरिएको छ । त्यस्तै सवारी तर्फ हेरौं ठूला सवारी बस समितिहरुले जे भन्यो त्यो हुन्छ र भैरहेको छ तर अटोरिक्साहरु रोइरहेका छन् । दिनको १ सय नगरपालिका कर लागे पनि महिनाको ३ हजार हुन्छ फेरी आफ्नो रिक्सा नभएर भाडामा लिनेहरुको संख्या पनि अधिक छ । गरिव मजदूरहरुले दोहोरो मात्र होइन भीमदत्त नगरपालिकाको अर्को वडामा जादा वडा वाईज नगरपालिकाका ठेकेदारले कर लिने गरेको कुरा भुक्तभोगीहरु सुनाई रहेका छन् । नगरपालिका, प्रान्तिय र केन्द्र सरकारले योजनाबद्ध विकास तथा सेवा दिन सकि रहेका छैनन् । डाक्टरहरुमा धेरै जसो स्थानहरुले अझै प्राथमिकता पाएको छैन । महाकाली अञ्चल अस्पताल रिफर सेन्टर त छदैछ तर समयमा नै
रिफर गरेमा राम्रो हुने थियो त्यो पनि छैन । नगर क्षेत्र भित्रका सडक बन्न ढिलो भए पनि सडकहरुको जग्गा छुट्याई राखेको भए कसैले पनि स्थायी संरचना बनाउने थिएन समयमा काम नगर्दा सरकार र जनता दुवैलाई दुःख हुने देखिन्छ ।
साझा संरचनाहरुको निर्माण हुन्छ तर मर्मतको कुनै ज्ञारेन्टी छैन । कञ्चनपुर जिल्लाको झोलुङ्गे पुल छ हेर्दा हेर्दैै जिर्ण भई सकेको छ । त्यहा“का जनताले निक्लेका किलाकाटा समेत लगी सकेका छन् । त्यस्तै थप सार्वजनिक सम्पत्ति पंचायत रजत जयन्ती स्तम्भ, पंचायत पार्कमा प्रखाल लगाई सुरक्षित रहेकोमा हाल स्तम्भका प्लेट झिक्न थाले ४÷५ वर्ष भैसक्यो नगरपालिकाले बौन्ड्रीवालको रंगरोगन सम्म गरेको छैन ।
नगर विकास समितिले जसबाट लाभ प्राप्त गर्यो राती राती पुरानो बसपार्क क्षेत्रमा भवन निर्माण गर्न लगायो त्यसको टाजोपाजो मिलाउनेमा खोकाछाप्रा उद्धार नामको समितिलाई सरकारी कार्यालय झै ठानी त्यहा“ बसेका समितिका पदाधिकारीहरुका मन परेका मानिसलाई विना योजना गैर अनधिकृत अमीनलाई ल्याएर नगर विकासको गुप्त सहमतिमा निर्माण गरायो जनताको आखा“मा छारो हाल्न मात्र निर्माण काम रोके जस्तो गर्यो जो निर्वल छ उसलाई मात्र बनाउन दिएन बा“की बलवालाहरुले सटर निर्माण गरी रंगरोगन पनि लगाई धमाधम पसल थामी रहेका छन् ।
आरन सानो कारखाना हो
नेपालको स्वाभिमान आरनले बचाएको छ
परापुर्वकालदेखि नेपालको स्वाभिमान बचाई राख्नेमा आरन पेशा र पेसेवार छन् । जव पृथ्वीनारायण शाहको एकिकरण अभियान चलेको थियो त्यो बेला देखि मात्र नभई त्यस भन्दा हजारौ वर्ष पहिले देखि आरन पेशेवारहरुले कृषकहरको लागी कृषि सामग्री तथा सुरक्षाको लागी सामरिक सामग्री हात हतियार बनाउने काम आरनबाट नै हुने गर्दथ्यो । आरनमा काम गर्नेले ज्यादै मेहनत गर्नु पर्ने भएकोले आरनमा काम गर्ने घन हतौडा चलाउनेलाई पोषण युक्त भोजनको आवश्यक पर्ने तर खाद्य सामग्री उत्पादन गर्न उनलाई समय नमिल्ने हु“दा आफ्ना देलतीले जे दियो त्यही खान पाइने भएकोले खासै पोष्टिक भोजन पाउन कठिन हुने हु“दा वर्तमानमा आरन पेशा छोड्ने युवाहरुमा बृद्धि भएको छ ।
कुनै बेलाको सरकारले पनि आरन पेशालाई हौसला दिएन । अझै नेपालका आरन र आरन व्यवसायीलाई नेपाल सरकारले तथा स्थानीय सरकारले सहयोग गरी हौसला भर्नु पर्दछ । नेपालका नेताहरुले यस्ता पेसेवारहरुलाई सुकुम्बासी बनाउने काममा प्रोत्साहन दिए पनि जग्गा घर घडेरी पनि दिएन केवल सुकुम्बासीको दर्जा दिएको छ बेरोजगारीको होईन । रोजागरी दिन नसकेपनि स्वरोजगारीलाई प्रोत्साहन गर्नु पर्दछ । नेपालमा त्यस्तो छैन उल्टा स्वरोजगारीहरुको शोषण गर्ने गरेको छ । हरेक बाहाना बाजीमा राजश्वको नाममा स्वरोजगारीलाई ठग्ने काम सरकार तथा स्थानीय सरकारले गरेको छ । आजसम्म आरन व्यवसायीहरु स्वच्छ स्वाबलम्बी इमान्दार कर्मनिष्ट रहेको कारणले कृषि पेशेबारलाई ठूलो सहयोग पाईएको छ ।

Please follow and like us:
0
Facebooktwittergoogle_plusredditpinterestlinkedinmailby feather

Leave a Reply

Your email address will not be published. Required fields are marked *